चंद्रविनायक स्थान चावहिल, काठमाडौँ

  • Home
  • Nepal
  • Kathmandu
  • चंद्रविनायक स्थान चावहिल, काठमाडौँ

चंद्रविनायक स्थान  चावहिल, काठमाडौँ Place of lord Ganesh....

जय श्री गणेश।।।
28/08/2018

जय श्री गणेश।।।

जय गणेश! सबकाे रक्षा गर।
20/03/2018

जय गणेश!
सबकाे रक्षा गर।

श्री गणेशाय नम:
19/09/2017

श्री गणेशाय नम:

।।श्री गणेशायः नमः।।
30/06/2017

।।श्री गणेशायः नमः।।

||ॐ श्री गणेशाय नम:||
29/06/2017

||ॐ श्री गणेशाय नम:||

श्री गणेशाय नम: सबकाे जय हाेस्।
16/06/2017

श्री गणेशाय नम: सबकाे जय हाेस्।

19/07/2016
17/05/2016

श्री गणेशाय नमः ।।
रक्तो रक्ताङ्गरागांशुककुसुमयुतस्तुन्दिलश्चन्द्रमौलि-
र्नेत्रैर्युक्तास्त्रिभिर्वामनकरचरणौ बीजपूरान्तवासः ।
हस्ताग्राक्लृप्तपाशाङ्कुशरदवरदो नागवक्त्रो हि भूषो
देवः पद्मासनो वो भवतु नतसुरो भूतये विघ्नराजः ।
जो रक्तवर्णको शरीरयुक्त हुनुहुन्छ, जसले रातै रङ्गका अङ्गराग, वस्त्र र पुष्पहार धारण गर्नुहुन्छ, जो लम्बोदर हुनुहुन्छ, जसको मस्तकमा चन्द्रमुकुट छ, जसका तीनवटा आँखा छन् र हातखुट्टा ससाना छन्, जसको सूँडको अग्रभागमा पाश, अङ्कुश, दन्त तथा वरद मुद्रा सुशोभित छन्, जसको मुखमण्डल हात्तीजस्तो छ एवं सर्पमय आभूषण धारण गर्नुभएको छ, ती कमलको फूलको आसनमा विराजमान, समस्त देवगणका आराध्य विघ्नराज भगवान् गणपति हजुरहरूका निमित्त सदैव कल्याणकारी हुनुहवस् ।

श्री गणेशाय नम:सबकाे मनाेकामना पूरा हाेस्।।।
30/03/2016

श्री गणेशाय नम:
सबकाे मनाेकामना पूरा हाेस्।।।

16/01/2016
16/01/2016

उपत्यकाको चार विनायक मध्ये एक चावहिल गणेश यस मन्दिरमा कार्तिकमा मनाइने ‘धुनि जगाउने’ जात्रा काठमाडौंको महत्वपुर्ण जात्रा मानिन्छ। यस क्षेत्रकै ठूलो पर्वका रूपमा रहेको नेवार समुदायमा प्रचलित यस जात्रा नेपाल संवत ८००/८०४ देखि भुपालेन्द्र मल्लकै पालाबाट मनाउन थालिएको इतिहास तथा संस्कृतिविद्हरूको ठम्याई छ |

कात्तिक पूर्णिमादेखि कात्तिक कृष्णपक्षको तृतियासम्म काठमाडौंको चाबहिल गणेश मन्दिरमा हरेक वर्ष ४ दिन मनाइने चन्द्रविनायक तथा भैरवनाथको जात्राको पहिलो दिन कात्तिक पूर्णिमाको साँझ मन्दिर परिसरमा ठूलो धुनि बाल्ने गरिन्छ। जसलाई ताप्दा स्वास्थ्यलाभ र पुण्यलाभ मिल्ने धार्मिक मान्यता रहँदै आएको छ। यसै दिन चाबहिल, कुटुवहालमा शाक्यहरूले कुल देवताको पूजागरी त्यहाँ रहेको जम्बक राजा (स्याल देवता)को प्रस्तर मूर्तिलाई भातले मोडी पूजाआजा गरेर मूर्तिका अगाडि धुनि जगाई रातभर जाग्राम बस्ने चलन रहँदै आएको छ। त्यस्तै जात्राको दोस्रो दिन गणेश र भैरवको रथहरू सजाउने र साँझ जात्रा सम्बन्धी विशेष पूजा गर्ने गरिन्छ। सिन्दूर जात्राको रूपमा पनि चर्चित यस जात्राको तेस्रो दिनलाई मूख्य दिनका रूपमा मनाउँदै आएको छ। उक्त दिन विहान चन्द्रविनायक र भैरवनाथको खटहरू सरसफाई गर्ने, साँझ साँस्कृतिक द्धारेले पूजा गर्ने, गुठियारहरूले गजुर, गणेश र भैरवनाथको प्रतिमा ल्याई रथारोहण गराउने गरिन्छ। त्यस्तै सोही दिन बेलुकी द्वारेद्वारा गणेश र भैरवको रथमा सिन्दूर चढाएपछि स्थानीय बाजागाजा सहित गणेश र भैरवको उठाउने र नचाउने गरिन्छ। यस दिन रातभर रथहरूलाई मन्दिर वरपरका घर तथा चोकहरूमा राखेर पूजाआजा गर्ने गरिएको स्थानियवासीहरू बताउँछन्। जात्राको अन्तिम दिन रथहरूलाई विभिन्न चोक र स्थानहरूको परिक्रमा गराई राति द्धारेले गणेश र भैरवको मूर्तिमा पुनः सिन्दूर चढाई विधिवत रूपमा जात्राको समापन गर्ने गरिन्छ। यसैदिन जात्रा समापन गर्न दिनभर सिन्दूर जात्रा गर्ने प्रचलन रहि आएको जात्रा समन्वय समितिले बताएको छ।

चार विनायक
जलविनायक
सूर्यविनायक
कार्यविनायक

Address

Chabahil
Kathmandu
977

Telephone

9849047760

Website

Alerts

Be the first to know and let us send you an email when चंद्रविनायक स्थान चावहिल, काठमाडौँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category