Hamro Kuti Foundation,

Hamro Kuti Foundation, यो हिन्दु धर्म संस्कृति तथा मानव धर्म?

02/08/2022
02/08/2022

Bol bam

Bol bam samanya...
29/07/2020

Bol bam samanya...

08/05/2020

हिन्दु धर्मका बारेमा यहाँलाई थाहा भएको कुरा भनुम त ।

पशुपतिनाथले हामी सबैको रक्षा गरून् ।लाइक अनि शेयर पनि गर्नु होला ।
22/04/2020

पशुपतिनाथले हामी सबैको रक्षा गरून् ।लाइक अनि शेयर पनि गर्नु होला ।

अक्षरधाम मन्दिर, दिल्ली- भारत========================विश्वकै सबैभन्दा सुन्दर धार्मिक स्थलअन्तर्गत गणना गरिने नयाँ दिल्ली...
14/04/2020

अक्षरधाम मन्दिर, दिल्ली- भारत
========================
विश्वकै सबैभन्दा सुन्दर धार्मिक स्थलअन्तर्गत गणना गरिने नयाँ दिल्लीमा अवस्थित यस ‘अक्षरधाम मन्दिर’ले प्राचिन कलाकृति र आधुनिक प्रविधिको समिश्रणलाई सुन्दर ढङ्गले प्रस्तुत गर्न सफल भएको छ। सन् २००५ मा उदघाटन गरिएको यस मन्दिरको क्षेत्रफल ८ हजार वर्ग मिटर रहेको छ।

पशुपतिनाथ मन्दिर लाई लाइक अनि शेयर गरौ । आत्म शान्ति तथा सुख प्राप्त गरौ ।
14/04/2020

पशुपतिनाथ मन्दिर लाई लाइक अनि शेयर गरौ । आत्म शान्ति तथा सुख प्राप्त गरौ ।

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाटJump to navigationJump to searchसंस्कृत भाषाको कोश, अमरकोशमा अर्थ शब्दका पर्याय ...
14/04/2020

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigationJump to search
संस्कृत भाषाको कोश, अमरकोशमा अर्थ शब्दका पर्याय यस प्रकार दिइएका छन्- द्रव्यं वित्तं स्वपातेयं रिक्थमृक्थं धनं वसु । हिरण्यं द्रविणं द्युम्नमर्थरैविभवाऽपि अर्थात् द्रव्य, वित्त, स्वापतेय, रिक्थ, धन, वसु, हिरण्य, द्रविण, द्युम्न, अर्थ, रा, विभव आदि ।[१]
यी मध्ये प्रत्येक शब्दको एउटा अभिधेय अर्थ धन हो यस बाहेकका तात्पर्य कोष्ठमा उल्लेख गरिएको छ– द्रव्य (बहुमूल्य पदार्थ), वित्त (आय स्रोत), स्वापतेय (व्यक्तिगत धन), रिक्थ (उत्तराधिकारमा पाएको धन), ऋक्थ (प्रभाव), धन, वसु (मूल्यवान्, असल), हिरण्य (सुन र सुनले बनेको), द्रविण (बल, सार), द्युम्न (आभा, कीर्ति, उत्साह), अर्थ (तात्पर्य), रा (शान, शौकत), विभव (सम्पन्नता) । यीमध्ये १० वटा नपुंसकलिंगी र तीनवटा पुल्लिंगी छन् ।
संक्षेपमा अर्थका पर्यायलाई तीन भागमा विभाजन गर्न सकिन्छ– १. धन, २. भावार्थ, र ३. शक्ति ।
अमरकोशको नामार्थ वर्गमा भने स्व र सत्व यी धनवाची बताइएका छन् । अर्थ शब्दको शब्दार्थ भने यस प्रकार उल्लेख छ– अर्थोSभिधेयरैवस्तुप्रयोजन निवृत्तिषु, अर्थात् कुनै पद वाक्यको अभिप्राय जस्तै, घट भनेको घडा, धन, कुनै वस्तु, लक्ष्य, प्रयोजन, उद्देश्य, निवृत्ति, कार्य सम्पन्न हुनु ।
स्व शब्दको सन्दर्भमा अमरकोशको पंक्ति यस्तो छ– स्वो ज्ञातावात्मनि स्वं त्रिष्वात्मीये स्वोद्sस्त्रियां धने (अर्थात् स्व भनेको दाजुभाई, आफू, धन, र आत्मीय गरी चार नाम हुन्)। स्व शब्दको सन्दर्भमा पाणिनीय सूत्र यस प्रकार छ – स्वमज्ञातिधनाख्यायाम् ।

संस्थाका उदेश्य हरु .......................................................धर्म, सस्कृति तथा सनातन चाल चलनको संरक्षण गर्...
14/04/2020

संस्थाका उदेश्य हरु .......................................................
धर्म, सस्कृति तथा सनातन चाल चलनको संरक्षण गर्ने ।
दुःखी, गरिव, असक्त तथा अनाथ बालबालिकाको पालन, पोषण तथा संरक्षण गर्ने ।
आश्रमण निर्माण तथा सन्चालन
महिला आश्रम, वृद्धा आश्रम, बाल आश्रम, असक्त आश्रम तथा उपचार आश्रम
आश्रममा रहने अशक्तलाई सामान्य उपचारको लागि आश्रममै ब्यवस्थापन गरि सहज बनाउने ।
हिन्दु धर्म तथा यस सगं सम्बन्धित संघ सस्थालाई सहयोग गर्ने ।

14/04/2020

भियतनाममा हिन्दू धर्म किन संकटमा?
जुबैर अहमदबीबीसी संवाददाता
दक्षिण-पूर्वी एसियाली मुलुक भियतनाममा केही परम्परागत कुरा बाँकी रहे पनि धेरै थोक बदलिसकेको छ।
२,००० वर्ष लामो इतिहास भएको चम समुदाय बाँकी छ। तर त्यहाँ हिन्दू धर्म सकिने संघारमा पुगेको छ।
चम्पा क्षेत्र प्राचीन समयमा हिन्दू राज्य र हिन्दू धर्मको केन्द्र थियो।
चम्पा क्षेत्रमा बाँकी रहेका केही मन्दिरहरू यो कुराको प्रमाण हुन् कि त्यहाँ कुनै समय हिन्दू धर्मको वर्चस्व थियो।
भाषा
त्यहाँको स्थानीय चम समुदायको शासन दोस्रो शताब्दीदेखि १८ औँ शताब्दीसम्म थियो।
चम समुदायका अधिकांश मानिस हिन्दू थिए। कालान्तरमा उनीहरूमध्ये कतिपयले बौद्ध धर्म र कतिपयले इस्लाम धर्म अपनाए।
यहाँको हिन्दू समुदाय खुम्चिँदै गएको देखिन्छ। हामी सो समुदायका मानिसहरूलाई भेट्न मीन्गेप गाउँ पुग्यौँ।
जहाँ हिन्दु र शिखले मस्जिद बनाउँदैछन्
राजमार्गदेखि केही किलोमिटरभित्र पर्ने उक्त गाउँ निकै सानो थियो।
दिउँसोको समय थियो। एउटा घरबाहिर टाउकोमा कपडा बाँधेका र कुर्ता लगाएका एकजना युवा इनरा जाका फोनमा कसैसँग कुरा गरिरहेका थिए।
भान्सामा खाना पाकिरहेको थियो।
उनको भाषा भियतनामी भाषाभन्दा फरक थियो। फोनमा कुराकानी सकेपछि ती युवकले हाम्रो स्वागत गरे।
उनले आफ्ना बुबासँग चम भाषामा कुराकानी गरिरहेको बताए।
कला र साहित्य
घरबाहिर खाना खाने तयारी थियो। ढोकामा एक-दुईवटा मूर्ति थिए।
इनरा जाका र उनका बुवा इनरा सारा हिन्दू धर्मावलम्बी हुन्, जसका पूर्वजहरू सदियौँ पहिलेदेखि त्यहाँ बसेको उनीहरू बताउँछन्।
रोहिंज्या संकटमा मोदीको हिन्दु कार्ड!
यी बुबा-छोराको काम हिन्दू धर्मलाई बाहिरी प्रभावबाट बचाउनु र चम संस्कृतिलाई जोगाउनु मात्रै होइन, यो प्रक्रियामा चम समुदायको गुमेको कला र साहित्यको खोज गर्नु पनि हो।
इनरा सारा चम भाषाका कवि र उपन्यासकार पनि हुन्।
उनले निकै मेहनतका साथ चम साहित्यका पुराना कविहरूको खोजी गरेका छन् र उनीहरूका कविता छपाएका छन्।
उनी भन्छन्, मैले आफ्नो समुदायको स्वर्णिम कालबारे निकै सुनेको छु, जसमा केही वास्तविकता छ भने केही कल्पना।
अभियान
"बाल्यकालमा मैले मेरा शिक्षक तथा आफन्तबाट धेरै कुरा सुनेको छु। ठूलो हुँदै गएपछि मेरा सम्झनाका दुईथरीका दुनिया समानान्तर रूपमा अघि बढे- एउटा कल्पनामा आधारित र अर्को तथ्यमा आधारित।"
बुबा चम समुदायको साहित्यलाई पुनर्जीवित गर्न लागिपरेका छन् भने छोरा चाहिँ हिन्दू धर्म बचाउने अभियानमा जुटेका छन्।
यो प्रयासमा उनीहरूले कैयौँ पटक भारतको भ्रमण समेत गरिसकेका छन् र एक पटक विश्व हिन्दू सम्मेलनमा भाग पनि लिइसकेका छन्।Image captionहिन्दू साहित्यकार इनरा सारा
इनरा जाका भन्छन्, "भारतबाट प्रेरणा लिएर म हिन्दू धर्मबारे यहाँ जानकारी दिने काम गर्छु। तर यहाँको हिन्दू धर्म भारतमा भन्दा फरक छ।"
हिन्दू धर्मका कुन कुन परम्परा र रीतिरिवाज त्यहाँ अझै बाँकी छन् त भन्ने जिज्ञासामा इनरा जाकाले भने, "हामीले शिवलिङ्ग आकारको चट्टानको पूजा गर्थ्यौँ भन्ने कुरा हजुरआमाबुबा र आमाबुबाबाट सुनेको हो। हामी अहिले पनि शिवभक्त हौँ। हाम्रो मन्दिर शिव मन्दिर नै हो।"
ग्रन्थ
भियतनामका तीनवटा प्रान्तमा गरी चम समुदायको जनसंख्या १ लाख ७० हजार छ र त्यसमध्ये एक लाखभन्दा बढी हिन्दू छन्।
चम्पा क्षेत्रमा जम्मा चारवटा मन्दिर छन्, जसमध्ये दुईवटामा अझै पूजाआजा हुने गर्छ।
रामायण, भागवत गीता वा महाभारत पढ्नुभएको छ भन्ने जिज्ञासामा इनरा जाकाले भने, "हाम्रो समुदायमा ती धार्मिक ग्रन्थहरू अहिले पाइँदैनन्। तपाईँ भन्न सक्नुहुन्छ हामीले ती ग्रन्थहरू गुमाइसक्यौँ। ती ग्रन्थहरू हाम्रा पूजारीहरूसँग पनि छैनन्।"
उनले थपे, "हाम्रो समुदायको युवा पुस्ता हिन्दू धर्मको अस्तित्वसँग खासै परिचिति छैन।"
एउटा जमाना थियो मिन्ह जस्तो भियतनामको दक्षिणी शहरमा हिन्दूहरूको ठूलो संख्या थियो।
बिहेवारी
त्यहाँ केही पुराना र केही फरक समुदायका आमा वा बुबाबाट जन्मिएका हिन्दूहरू अहिले पनि छन्।
१८ औँ शताब्दीमा निर्मित मन्दिरको रेखदेख गर्दै आएका मुतैय्याका पूर्वजहरू भारतको तमिलनाडुबाट भियतनाम गएका थिए र त्यतै बिहेवारी गरे।
उनको परिवार अहिले पनि हिन्दू धर्म मान्छ।
मुतैय्याले भने, "मलाई मेरो बुबाले पूजा गर्न सिकाउनुभएको हो। उहाँले मलाई श्लोकहरू पनि कण्ठ गराउनुभयो। मलाई मन्दिरबारे सबैकुरा थाहा छ।"

यो शहरमा अरू पनि दुइटा मन्दिर छन्, जहाँ भारतबाट आएका मानिसहरू पूजा गर्छन्।
उनीहरूमध्ये कतिपय चम हिन्दूबारे आफूहरूले सुनेको बताउँछन्।
चम समुदायका मानिसहरू अहिले आफ्नो धर्म र संस्कृतिलाई बचाउन प्रयासरत छन्।

Address

Kathmandu
00977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97771544340

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Kuti Foundation, posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share