Swoyambhu

Swoyambhu Swoyambhu Temple
(1525)

Goodmorning 2026We are proud to announce our new information portal for our valued visitors.https://www.swoyambhu.com/
31/12/2025

Goodmorning 2026
We are proud to announce our new information portal for our valued visitors.

https://www.swoyambhu.com/

Happy New Year 2026
31/12/2025

Happy New Year 2026

यो:मरि पूर्णिमा (य:मरि पुन्हि) Yomari Purnimaनेवार समुदायमा कृषि सम्बन्धी धेरै चाड पर्वहरु हुने गर्दछन । यस मध्य एक य:मर...
04/12/2025

यो:मरि पूर्णिमा (य:मरि पुन्हि) Yomari Purnima

नेवार समुदायमा कृषि सम्बन्धी धेरै चाड पर्वहरु हुने गर्दछन । यस मध्य एक य:मरि पूर्णिमा पनि रहेको छ । नेपाल सम्बत अनुसार थिंलाथ्व पुर्णिमा (मार्ग शुक्ल पुर्णिमा) का दिन मनाइने यो पर्वमा विशेष प्रकारको रोटीको भोग गर्ने गर्दछ जसलाई य:मरि भनिन्छ । योमरी खाने दिन भएको कारण यस दिनलाई य:मरि पुर्णिमा भनिएको हो । नयाँ धान भित्र्याएको खुशीयालीमा हर्षोल्लासका साथ यो चाड मनाउँदछ । यसरी भित्र्याइएको नयाँ धानको चामलबाटै य:मरि बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा य:मरि लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गरिन्छ । य:मरिलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ । यसरी चढाएको य:मरि चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँधेर खाने चलन रहेको छ । साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई य:मरि माग्ने प्रचलन पनि रहेको छ। यो एक प्रकारले देउसी, भैलो जस्तै प्रचलन हो । य:मरि माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो जसलाई "त्यसिंत्य" भन्ने गरिन्छ । यसरी योमरी माग्न गै सबैको भलोको कामना समेत गर्दछ ।

यस पुर्णिमाका रात सबै भन्दा लामो रातको रुपमा पनि लिइन्छ । यस रातका सुत्न नपुग्ने मान्छेहरुलाई जिन्दगीमा कहिले पनि सुत्न पुग्दैन भन्ने गरिन्छ । यस पुर्णिमाको भोलि पल्ट देखि य:मरिको चुच्चो जति दिन लम्बिन्दै जान्छ भन्ने गरिन्छ । ईस्बी सम्बत अनुसार पनि सबै भन्दा लामो रात December 22 का दिन हो । य:मरि पुर्णिमा पनि लगभग यसैदिन पर्न आउँदछ । य:मरि बनाउदा भित्र चाकु राख्ने गर्दछ । बैज्ञानिक कथन अनुसार जाडो महिनामा चाकु खानाले शरिरमा न्यानोपन बढ्छ जसले रुघाखोकी लाग्न दिन्दैन । यसरी चाकुका साथ मायो, बायो, सुरुजु, त्वयजु पनि राख्ने गर्दछ । य:मरि बिशेषत दुई प्रकारको आकारमा बनाइने गर्दछ । १. लाम्चो आकार २. चेप्टो आकार ।
य:मरि पुर्णिमा बारे एक ऐतिहासिक कथा रहेको छ । जस अनुसार पाञ्चाल देश (हालको पनौती) मा सुचन्द्र महाजन नाम गरेका एक दानी र धर्मात्मा दम्पति बस्दथे उनीहरुको दयालु स्वभाव संसारभर फैलिएको थियो । एक दिन कुबेरलाई सुचन्द्र महाजन दम्पति कतिको दानी रहेछन् भनि बुझ्न मन लागेछ । कुबेरले एक दरिद्र रुप धारण गरी उक्त महाजनको घरमा माग्न पुगेछन् । महाजन दम्पतीले दरिद्र रूपी माग्नेलाई स्वागत सत्कार गरी पकाएर राखेको य:मरि सहित खानेकुरा खुवाउनुको साथै श्रद्धा गरेकाले कुबेर खुसी भै आफ्नो सक्कली रुपको दर्शन दिएछ र ति महाजन दम्पतिलाई य:मरिको गुण र धानको भकारीमा गणेश, कुबेर र तिनका बाहन सहितको प्रतिमा बनाई पूजा गरी योमरि चढाउने विधि बताएर अन्तर्ध्यान भएछन् । त्यस दिन मंसिर शुल्क पूर्णिमा अर्थात् थिंलाथ्व पूर्णिमाको दिन थियो । कुवेरले दिएको महाजन दम्पतिले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको रोटी (य:मरि) बनाई अन्न राख्ने भकारीमा विधिपूर्वक स्थापना गरि ४ दिन सम्म छोपेर राखी पूजा गरेछन् । अनि अन्न, धान र य:मरि दान पनि गरेछन् । भकारीमा चढाएको चार दिनपछि दिइसकेका छोरीचेली समेतलाई माइतमा बोलाइ सपरिवार बसेर योमरि प्रसादका रुपमा बाधेर खाने/ख्वाउने गरिन्छ । योमरि खाएकाले शरीरसमेत हृष्टपुष्ट हुन थालेछ । धन सम्पत्तिको बृद्धि हुन थालेछ र आम्दानी पनि बढ्न थालेछ । विस्तारै यो कुरा जताततै फैलिए । त्यही समयदेखि नेवार समुदायमा य:मरि पूर्णिमाको संस्कृति विकास भएको विज्ञहरु बताउँछन् ।
य:मरि माग्ने जानेबेला गाउने गीत:
त्यछिं तिय
बछि सां तिय
थाबले या समा वल
य:मरि न्यग तिय
बिउम्ह ल्यासे
मबिउम्ह सितिकुति

त्यछिं तिय
बछि सां तिय
लाटापाटा कुलेचाँ
जुसिं तिय
बिउम्ह ल्यासे
मबिउम्ह बुरिकुती

य:मरि च्वामु
अकि दुने हामु
बिउम्ह ल्यासे
मबिउम्ह बुरिचा

छिमी नं चिकु
जिमि नं चिकु
हामु दु योमरी
याकनं बीउ

लेख: GR Ranjit
Source: FB POST

स्वयम्भू दर्शन
07/11/2025

स्वयम्भू दर्शन

Sakimina PunhiPooja going live
05/11/2025

Sakimina Punhi
Pooja going live

26/10/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

18/10/2025
बडा दसैं २०८२ को हार्दिक मंगलमय शुभकामना, माता दुर्गा भवानीले सम्पूर्ण नेपाल तथा नेपालीहरूलाई रक्षा गरुन, छिट्टै नेपालमा...
29/09/2025

बडा दसैं २०८२ को हार्दिक मंगलमय शुभकामना, माता दुर्गा भवानीले सम्पूर्ण नेपाल तथा नेपालीहरूलाई रक्षा गरुन, छिट्टै नेपालमा शान्ति र सद्धभाव कायम होस। शुभ दशैं। ❤️🇳🇵

20/08/2025

यस वर्षको गुँला अब आईतबार सम्म, भाद्र ८ गते सम्म मात्रै बाकी, एकपटक भएपनि गुँलामा स्वयम्भू भगवानको दर्शन गर्नुपर्ने पुरानो जनश्रुति हाम्रा बाबु - बाजेहरुले भनिरहेका हुन्छन्, तसर्थ आफूले पनि सम्पूर्ण परिवारजनका साथ स्वयम्भू महाचैत्य को दर्शन गर्न नछुटाउनु होला। साधु साधु साधु। धन्यबाद। ,🇳🇵🇳🇵🇳🇵

20/08/2025

आज राती स्वयम्भू महाचैत्यको आकाशमा स्वयम्भूको छाँया दर्शन हुन्छ भन्ने मान्यता रहेको छ।सो छाँयाको दर्शन गर्न धर्मावलंबीहरू राती स्वयम्भू महाचैत्यमा आउँछन्। आज विशेषगरि ललितपुरको बाहिरी भेगका (लुभु,हरिसिद्धि,बज्रवाराहि,वा ) धर्मावलंबीहरू स्वयम्भू महाचैत्यमा बास बसी आफ्ना दिवंगत आफन्त हरूको नाममा वत्ती बाल्छन्, भजन किर्तन गर्छन् र विहान स्वयम्भूका बुद्धाचार्य गुरूज्यूहरूलाई श्रदापूर्वक दान दिएर घर फर्कन्छन्।आजको रातलाई जुग चा पनि भनिन्छ ।

Today the shadow of the Swayambhu Mahachaitya appears in the sky above Swayambhu Mahachaity itself. Devotees from far and wide gather at Swayambhu Mahachaitya on this auspicious night, hoping to witness this celestial sign. Today, devotees ,pilgrims especially from the outer regions of Lalitpur (Lubhu, Harisidhi, Bajravarahi, Va) travel to Swayambhu Mahachaitya ,and spend the night there in reverence.They light butter lamps in the memory of their departed loved ones, perform bhajan kirtan and in the dawn the pilgrims offer alms (Panchadan) to the priests of swoyambhu the Buddhacharya’s before returning back to their respective places.The night is also known as juga cha.

Source : Swoyambhustupa

Address

Swoyambhu Temple
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Swoyambhu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Swoyambhu:

Share