22/03/2022
✝️❤️परमेश्वरको प्रेमले संसारको सबै प्रकारको प्रेमलाई उछिनेको छ
यदि तपाईं प्रभु येशूलाई प्रेम गर्नुहुन्छ भने, के तपाईं "Amen" भन्न सक्नुहुन्छ❓
📖 परमेश्वर भन्नुहुन्छ, “किनकि परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो कि, उहाँले आफ्नो जन्माइएको एक मात्र पुत्रलाई दिनुभयो, उहाँमा विश्वास जोकोही नाश नहोस्, तर अनन्त जीवन पाओस्” (यूहन्ना ३:१६)।
“हाँको कामको सुरुदेखि क्रूसमा काँटी ठोकिनुभएको समयसम्म, अनुग्रहको युगमा प्रभु येशू ख्रीष्टले भोग्नुभएको कष्ट आजका मानिसहरूले व्यक्तिगत रूपमा देख्न सक्ने कुरा नहुन सक्छ, तर के तिमीहरूले बाइबलका कथाहरू पढेर कम्तिमा पनि यसको बारेमा अन्दाज लगाउन सक्दैनौ? यी अभिलिखित तथ्यहरूमा जतिसुकै विवरणहरू भएता पनि समग्रमा यस समयमा परमेश्वरको काम पूर्ण रूपमा कठिन र कष्टकर थियो। भ्रष्ट मानवको लागि, साँढे तेत्तिस वर्ष लामो समय होइन; थोरै कष्ट सानो कुरा हो। तर पवित्र, निष्कलङ्क परमेश्वर, जसले सारा मानवजातिको पापहरू बोक्नुपरेको थियो र पापीहरूसँग खानु, सुत्नु र बस्नुपरेको थियो, उहाँको लागि यो पिडा अविश्वनीय रूपले ठुलो थियो। उहाँ सृष्टिकर्ता हुनुहुन्छ, सारा कुराहरूका सार्वभौम र हरेक कुराका शासक हुनुहुन्छ, तथापि जब उहाँ संसारमा आउनुभयो, उहाँले भ्रष्ट मानवहरूको थिचोमिचो र क्रूरता सहनुपर्यो। उहाँको काम पूरा गर्न र मानवजातिलाई दुःखको सागरबाट उद्धार गर्न, उहाँ मानिसबाट निन्दित हुनुभयो र उहाँले सारा मानवजातिका पापहरू बोक्नुपर्यो। उहाँले भोग्नुभएको कष्टको मात्रा साधारण मानिसहरूले सम्भवतः बुझ्न सकिंदैन र यसलाई सराहना गर्न सक्दैनन्। यो कष्टले केको प्रतिनिधित्व गर्छ? यसले मानवजातिप्रति भएको परमेश्वरको अनुरागको प्रतिनिधित्व गर्छ। मानिसका पापहरूको छुटकाराको निम्ति र यस चरणको आफ्नो काम सम्पन्न गर्नको निम्ति उहाँले भोग्नुभएको अपमान र मानिसको मुक्तिको लागि उहाँले तिर्नुभएको मूल्यको प्रतिनिधित्व यसले गर्छ। यसको यो पनि अर्थ हुन्छ कि परमेश्वरले मानिसलाई क्रूसद्वारा छुटकारा दिनुहुने थियो। यो रगतमा, जीवनमा तिरिएको मूल्य हो र यो मूल्य सृष्टि गरिएका कुनै पनि प्राणीले तिर्न सक्दैन। किनकि उहाँमा परमेश्वरको सार छ र परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबै स्वामित्व गर्नुहुन्छ, उहाँले यस्ता किसिमका कष्टहरू सहन र यस्ता किसिमका कामहरू गर्न सक्नुहुन्छ। उहाँद्वारा सृष्टि गरिएका कुनै पनि प्राणीले उहाँको साटोमा यो कुरा गर्न नसक्ने थियो। यो अनुग्रहको युगमा परमेश्वरको कार्य र उहाँको स्वभावको प्रकाश हो।”
साथीहरू, परमेश्वरको वचन पढेपछि, तपाईलाई परमेश्वरको प्रेमले छोएको हुनुपर्छ। के तपाई परमेश्वरको बारेमा थप जान्न चाहनुहुन्छ? लिङ्क क्लिक गर्नुहोस् र हामीसँग परमेश्वरको वचन सिक्नुहोस्।