26/08/2025
पशुपति शिक्षा प्रसार समिति, नेपालका राष्ट्रिय अध्यक्ष तथा स्वधर्म संस्कृति संरक्षण अभियानका राष्ट्रिय संयोजक आदरणीय डा. रामकृष्ण तिमल्सेनाज्यूकी परमपूज्या आमा श्रीमती इन्द्रकला देवी ८३ वर्षको उमेरमा दिवङ्गत हुनुभएको दुःखद समाचारले सम्पूर्ण प्रसार समिति परिवार अत्यन्त मर्माहत र शोकाकुल भएको छ।
यस दुःखद घडीमा समितिको तर्फबाट दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य, धारण शक्ति प्रदान गरिदिन पशुपतिनाथसँग हार्दिक प्रार्थना गर्दछौं।
गतात्माको वैकुण्ठवासको कामना सहित
ॐ शान्तिः शान्तिः शान्तिः।