25/07/2026
#आजको_संगति ❤️
🗓️ मिति: २०८३ श्रावण ९ गते (शनिबार)
❤️ आजको वचन: #अनन्तताको_लगानी
📖 १ इतिहास २९:९
"मानिसहरूले आफ्ना अगुवाहरूले यसरी राजीखुशीसित दिएकामा आनन्द मनाए, किनकि तिनीहरूले आफ्ना हृदयको भक्तिसाथ परमप्रभुको निम्ति राजीखुशीसित ती दिएका थिए। दाऊद राजा पनि साह्रै आनन्दित भए।"
📖 १ कोरिन्थी १६:२ (NNRV)
"प्रत्येक हप्ताको पहिलो दिन तिमीहरू हरेकले आ-आफ्नो कमाइअनुसार केही धन छुट्ट्याएर जम्मा गर्दै राख्नू, ताकि म आउँदा भेटी संग्रह गर्नु नपरोस्।"
❤️ वचनको छोटो मनन
#परमेश्वरले हामीले कति दियौँ भन्नेभन्दा पनि कस्तो हृदयले दियौँ भन्ने कुरा हेर्नुहुन्छ। दाऊद र इस्राएलीहरूले बाध्य भएर होइन, तर आनन्द र भक्तिभावका साथ परमेश्वरलाई #अर्पण गरे। त्यसैले #सम्पूर्ण समुदाय आनन्दित भयो।
#प्रेरित पावलले पनि विश्वासीहरूलाई नियमित रूपमा आफ्ना आशीषअनुसार अलग राखी परमेश्वरको काममा सहभागी हुन सिकाए। जब हामी आफ्नो समय, प्रतिभा, सम्पत्ति र जीवन परमेश्वरलाई समर्पण गर्छौँ, त्यो खर्च होइन— #अनन्तताको लागि गरिएको लगानी हो। यस्तो समर्पणले परमेश्वरको राज्य विस्तार गर्छ र हाम्रो विश्वासलाई पनि बलियो बनाउँछ।
#मुख्य_सन्देश
उदार, विश्वासयोग्य र आनन्दसाथ गरिएको समर्पण परमेश्वरलाई प्रसन्न पार्ने अनन्तताको लगानी हो।
🙏 प्रार्थना
"हे प्रभु, हामीलाई उदार, विश्वासयोग्य र आनन्दसाथ दिने हृदय दिनुहोस्। हाम्रो जीवन, समय, प्रतिभा र सम्पत्तिलाई तपाईंको महिमाका लागि प्रयोग गर्न सिकाउनुहोस्। हाम्रो समर्पणले अनन्त फल ल्याओस्। येशू ख्रीष्टको नाममा प्रार्थना गर्दछौँ। आमेन।"
❤️ हार्दिक स्वागत सहित निमन्त्रणा
📍 स्थान: शान्ति मण्डली, कावासोती–३, नवलपुर
🕗 समय: बिहान ८:०० बजे – १०:०० बजे
📅 अन्य संगतिहरू
🔹 मङ्गलबार: दिदीबहिनीको संगति — १०–१२ बजे
🔹 शुक्रबार: उपवास प्रार्थना संगति — बिहान १०-१२ बजे
आउनुहोस्, सँगै आराधना गरौँ, प्रार्थना गरौँ, परमेश्वरको वचनमा बढौँ, र अनन्तताको लागि फलदायी जीवन जिउँ। ❤️