23/08/2025
भोटमार्फत फाइनल यात्रामा पुर्याउनका लागि अनुराेध...
प्रणाम म संस्कार सापकाेटा ।। म हजुरहरूलाई विनम्रता पूर्वक अनुराेध गर्न गइरहेको छु । म नेपालको चर्चित गायन रियालिटी सो सारेगमप लिटल च्याम्स सिजन २ को टप ८ मा पर्न सफल भएकाे छु उक्त प्रतियोगितामा सहभागी भइरहेकाे मलाई निर्णायक चरणमा पुर्याउनका लागि आइतबार दिउँसो १२ बजेसम्म मात्र भोट गर्ने समय बाँकी रहेको हुदाँ मेरा सम्पूर्ण समर्थक, शुभेच्छुक बुवा आमा दाजुभाई दिदिबहिनी साथीभाइहरू सबैलाई भाेट गरिदिनुहुन प्रेमपूर्वक अपील गर्दछु ।
“मलाई यहाँसम्म पुर्याउन हजुरहरूले अहिलेसम्म निरन्तर माया, प्रेम र आशीर्वादसहित भोट दिनुभएको छ भन्ने कुरामा म पूर्ण रूपले विश्वस्त छु। यसपटक पनि धेरैभन्दा धेरै भोटको माया स्नेह र वात्सल्यता प्रदान गरी मेरो सांगीतिक यात्रालाई सफल बनाउनु हुनेछ भन्ने दृढ विश्वास लिएको छु।”
नीतिमा भनिएकाे छ
“सत्यमेव जयते नानृतं
सत्येन पन्था विततो देवयानः।”
अर्थात सत्यकाे नै सधैं विजयी हुन्छ, असत्य कहिल्यै सफल हुदैन सत्यमार्गले नै दिव्य गन्तव्यसम्म पुर्याउँछ। त्यसैले हजुरहरूकाे सत्यकाे कमाई मलाई भाेट मार्फत प्रदान गरी मेराे गायन यात्रालाई सफल बनाउनु हुन्छ भन्ने अपेक्षा गरेकाे छु ।
म बारम्बार हजुरहरूलाई विन्ति गर्दछु । हजुरहरूकाे अमुल्य प्रत्येक भोट मेरो लागि केवल समर्थन मात्र होइन, यो त मेराे सांगीतिक लक्ष्य हासिल गर्ने आशीर्वादको परिपक्व फल हो। जस्काे माध्यमबाट मेराे संगितकाे यात्रा सफल बनाउनका लागि मद्दत पुग्नेछ । त्यसैले हजुरहरूले प्रतियोगिताभन्दा माथि उठेर , श्रद्धा ,प्रेम सदभावका साथ धेरैभन्दा धेरै स्नेह गरि भाेट दिनुहुन अपरिहार्य छ । तसर्थ आइतबार १२ बजेसम्म निरन्तर भोट गरेर फाइनल प्रतियोगिताकाे मेराे मार्ग प्रशस्त पारिदिनुहुन सबै सबैमा प्रेमपूर्ण प्रणाम गर्दछु प्रणाम ।।
~सस्कार सापकोटा