श्री दुर्गा भवानी

श्री दुर्गा भवानी श्री दुर्गा भवानी को महिमा उजागर गर्ने उद्देश्यका साथ यो पेज निर्माण गरिएको हो।

ॐ नवकुलाय विद्महे विषदंताय धीमहि तन्नो सर्पः प्रचोदयात् !!नागपंचमीको हार्दिक शुभकामना सम्पूर्णमा  !!"अनंतं वासुकिं शेषं ...
16/08/2026

ॐ नवकुलाय विद्महे विषदंताय धीमहि तन्नो सर्पः प्रचोदयात् !!
नागपंचमीको हार्दिक शुभकामना सम्पूर्णमा !!

"अनंतं वासुकिं शेषं पद्मनाभं च कम्बलम्।शंखपालं धृतराष्ट्रं च तक्षकं कालियं तथा॥एतानि नव नामानि नागानां च महात्मनाम् ।सायं काले पठेन्नित्यं प्रात काले विशेषतः ।तस्य विषभयं नास्ति सर्वत्र विजयी भवेत्॥"

नाग पञ्चमी विशेष पूजा सामाग्रीहरू ..
१) नागकाे प्रतिमा
२) गाईकाे गाेबर
३) चामलकाे पिठाे
४) अविर
५) चन्दन-केशरी
६) जाै
७) तिल
८) दुवाे
९) कुश
१०) गंगाजल
११) प्रसाद मिठाइँ
१२) धुप

नाग सम्बन्धी केही प्रसंगहरू :-
१. राजा परीक्षित एक दिन शिकार खेल्दै जाँदा समीक ऋषिको आश्रममा पुगेको र तपस्यारत समीक ऋषिसँग पानी माग्दा नदिएको रिसमा मृत सर्प ऋषिको घाँटीमा राखी दिन्छन् । समीक ऋषिको पुत्र श्रृंगी ऋषि आएर हेर्दा आफ्नो बुबालाई अपमान गरेको देखेर उनले राजा परीक्षितलाई आजको सात दिनमा तक्षक नाम गरेको नागको टोकाईबाट मृत्यु होस् भनी श्राप दिए र राजा परीक्षितको मृत्यु भए पछी उनका पुत्र जनमेजय पृथ्वीबाट नागको विनाश गर्न यज्ञ गर्न थाले र नाग यज्ञ कुण्डमा आएर जलन थाले, त्यसै क्रममा सबै नाग मिलेर प्रार्थना गरे पछि यज्ञ रोकेर छोडेको हुनाले यो दिन देखि नाग पूजा चलिआएको मान्यता छ । नाग पूजा गर्नाले नागको भएबाट बच्ने विश्वास छ । जुन हाम्रो जन्मकुण्डलीमा पनि यसको प्रभाव छ ।
२. नेपालको कूल देवता भगवान् शिव देवताको पनि देवता महादेवको घाँटीको शोभा माला (हारको) रुपमा प्रयोग गरेको देखिन्छ । यसको अर्थ हामी जीवनमा सचेत र सजग भएर बस्नुपर्छ । नागले पनि वर्षौ लगाएर संकलित गरेको विष जुन हामीलाई स्वस्थ वातावरण दिन मद्दत गर्छ । वातावरणमा भएको विष नै संकलन गरेर हाम्रो भलाईको काम गर्ने भएकोले पूजा गरिएको हो । सर्प प्रजाति मध्ये सबैभन्दा उत्तम जाति नाग जाति हो । जस्तै: बाघहरुमा सिंह, जल प्राणीमा गोही आदि ...
भनिन्छ ...
भोले नाथको सबैभन्दा प्यारो नाग देवता,
गर्नुहुन्छ संबैको मनोकामना पूरा ,
तपाईनहरू सबैको हुन्छ सबै काम पूरा,
यदि तपाईंको छ शुद्ध भावना !

३. नाग र श्रावण महिना - यो महिना अत्याधिक वर्षा हुने शिवजीको प्रिय महिनाको रुपमा पनि लिइन्छ । यो वेला धर्ती भित्र भएका नाग बाहिर निस्कने हुँदा यिनको प्रकोपबाट बच्न श्रावण महिनाको शुक्ल पक्षको पंचमी तिथि बिशेष रुपमा यसको पूजा गरिन्छ । यो सँगै १२ महिनाको शुक्ल पक्षको पंचमी तिथिमा यसको पूजा गर्ने चलन छ ।

४. हाम्रो पूर्वीय संस्कार, संस्कृति, परम्परामा सबैले सबैलाई सम्मान गरिने भएकोले यसको विशेष उदार संस्कृतिको द्योतक मानिन्छ ।

५. भगवान् विष्णु सृष्टिका पालनहारको शैया (ओछ्यान) नागको रहेकोले विशेष महत्व छ ।
श्री विष्णु भगवान् को छ ।
शेष नाग सिंहासन,
आफ्नो फणा जसले पृथ्वी उठायो ,
यस्तो नाग देवता को मेरो वंदन !

६. भगवान् श्रीकृष्णसँग पनि यसको विशेष प्रसंग जोडिएको छ ।
महाभारत कालमा श्रीकृष्णको ठूलो दाई बलराम शेषनागको अवतार मानिछ ।
सबै नागहरूमा वासुकि नाग सर्वश्रेष्ठ मानिन्छ ।
अर्जुनले नाग कन्या उलुपीसँग विवाह गरेका थिए ।

७. अथर्ववेदमा सर्पविषनाशन सूक्त अनुसार १८ प्रकारका नागको वर्णन गरिएको छ | कैरात, पृश्नि, उपतृथ, बभ्रु, असित, अलीक, तेमात, अपोदक, सात्रासाह, मन्यु, आलिगी, विलगी, उरुगुला, असिक्नी, दद्रुषि, कर्णा, श्वावित्, खनित्रिमा हुन् ।

८. नाग पूजा आफ्नो राशि अनुसार गर्नू लाभदायक मानिन्छ ।
मेष : अनंत नाग
वृष : कुलिक नाग
मिथुन : वासुकि नाग
कर्कट : शंखपाल नाग
सिंह : पद्म नाग
कन्या : महापद्म नाग
तुला : तक्षक नाग
वृश्चिक : कर्कोटक नाग
धनु : शंखचूर्ण नाग
मकर : घातक नाग
कुंभ : विषधर नाग
मीन राशि : शेषनाग
ॐ कुरुकुल्ये हुं फट् स्वाहा जप गर्नाले नाग दोष हट्ने छ ।

साधना गर्नेहरूले यी मन्त्र जप गर्नु राम्रो छ ।
१. ॐ अनन्तेशाय विद्महे महाभुजांगाय धीमहि तन्नो नाथः प्रचोदयात ”
२.ॐ नवकुलाय विद्महे विषदंताय धीमहि तन्नो सर्प प्रचोदयात ”

#नागपंचमी #नाग #देवता

ॐ महालक्ष्म्यै नमो नमः ॐ विष्णुप्रियायै नमो नमः ॐ धनप्रदायै नमो नमः  !!              जय श्री लक्ष्मी माता ,कोटी कोटी प्र...
24/07/2026

ॐ महालक्ष्म्यै नमो नमः ॐ विष्णुप्रियायै नमो नमः ॐ धनप्रदायै नमो नमः !!
जय श्री लक्ष्मी माता ,कोटी कोटी प्रणाम !!
्री_लक्ष्मी_माता

ॐ नमः पार्वती पतये, हर हर महादेव!!ॐ साम्ब सदा शिवाय नमःशिवं शान्तं शाश्वतमप्रमेयम्, निर्मलं निर्विकल्पं निराकृतिम्। निर्...
20/07/2026

ॐ नमः पार्वती पतये, हर हर महादेव!!
ॐ साम्ब सदा शिवाय नमः
शिवं शान्तं शाश्वतमप्रमेयम्, निर्मलं निर्विकल्पं निराकृतिम्। निर्गुणं निर्विकारं निराभासं, नमामि शम्भुं निरानन्द रूपम्।

ॐ  नमः शिवाय !!  जय श्री बूढासुब्बा तथा बूढासुब्बेनी,कोटी कोटी बन्दना !!Jay Shree Budha S***a 🙏 Jay Shree budha Subbeni ...
11/07/2026

ॐ नमः शिवाय !! जय श्री बूढासुब्बा तथा बूढासुब्बेनी,कोटी कोटी बन्दना !!
Jay Shree Budha S***a 🙏 Jay Shree budha Subbeni 🙏 Koti Koti Pranam 🙏🙏

बुढा सुब्बा मन्दिर नेपालको पूर्वमा अवस्थित सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको बिजयपुरमा रहेको छ। काठमाडौबाट झण्डै २२० कि मी रहेको यस मन्दिरका नजिक दन्तकाली मन्दिर तथा पिण्डेश्वर बाबा धाम पनि रहेको छ । पूर्व सेउती खोलाको डिलमाथि रहेको मन्दिर परिसरमा टुप्पा नभएका बाँसहरू पाइन्छन् । किराती तथा गैरकिरातीहरूका लागि महत्त्वपूर्ण मन्दिर मानिन्छ। बूढासुब्बा मन्दिरभित्र दुईवटा माटाका ढिस्काहरु छन् जसलाई बूढासुब्बाको रूपमा पूजा आजा गर्ने चलन छ। त्यी ढिस्का नै बुढासुब्बाको समाधीस्थल हो। बूढासुब्बा मन्दिरमा प्रत्येक शनिवारका दिन ठूलो भिडभाड हुने गर्दछ।

नेपालका विभिन्न स्थानमा बसोबास गर्ने जाति जनजति आफ्नो मनोकामना सिद्धिका लागि भाकल गर्ने र सो प्राप्त भएमा पशुबलि चढाउने प्रथा रहिआएको पाइन्छ। विशेष गरी शनिवारका दिन कुखुरा, सुँगुर, आदि बली दिएर पूजा अर्चना गर्ने देश विदेशका भक्तजनहरूको घुईंचो लाग्ने गर्दछ। व्यवस्थित रूपमा वि.सं. २०१५ देखि बुढासुब्बा मन्दिरमा पूजा हुँदै आएको बुझिन्छ ।

मन्दिर आसपासमा भएका बाँसमा पहिला–पहिला नाम लेख्ने चलन थियो । बाँसमा नाम लेख्दा प्रेमी प्रेमिकाको माया प्रेम सफल हुन्छ भन्ने किवदन्ती रहेकाले मन्दिरमा दर्शन गर्न आएका युवायुवतीले बाँसमा नाम लेखेर मात्र फर्कन्थे । तर, बाँसमा नाम लेख्ने क्रम बढेसँगै बाँस मर्न थालेपछि बाँसलाई संक्षरण गर्न नाम लेख्न मन्दिर समितिले रोक लगाएको छ । अहिले बुढा सुब्बा मन्दिरमा पुजा गरी बाँसमा धागो बाँध्रने चलन छ । यसरी धागो बाध्दा प्रेमी प्रेमिकाहरूको प्रेम सफल हुन्छ भन्ने चलन छ ।

उत्पत्तिसम्बन्धमा रहेका केहि श्रृतिहरु :-

१) कथा : बुढा सुब्बा र उनकी बहिनी सुब्बिनी पहाडमा गुलेली र मट्यांग्राले सिकार खेल्ने गर्थे । एकदिन भूलवश उनीहरूले कागलाई गुलेली ताक्दा बाँसको टुप्पोलाई मट्यांग्राले लाग्यो । त्यस दिनदेखि बाँसको टुप्पो बढेन र त्यसपछि विजयपुरमा कहिल्यै काग आएनन् । त्यसका कारण बुढासुब्बाले सिकार खेल्न छोडे र आफ्नो गुलेलीलाई माटोमा पुरिदिए । त्यसपछि बुढा सुब्बाले त्यहीँ ध्यान गरे, जहाँ अहिले बुढा सुब्बाको मन्दिर छ । उनकी बहिनी सुब्बिनीको मन्दिर छेउमै छ।

२) इतिहास: इतिहासकार इमानसिंह चेम्जोङको भनाइ अनुसार यो मोरङका अन्तिम लिम्बु राजा बुद्धिकर्ण राय खेवाङको समाधिस्थल हो । नेपालको एकीकरणताका पृथ्वीनारायण शाहबाट विजयपुर लगायत लिम्बुवान (पल्लो किरात) क्षेत्रको एकीकरण गर्ने क्रममा उनलाई कुटनीतिक रूपले विजयपुरमा मारिएको हुनाले उनका जनताहरूले राजाको मृतआत्माको चिरशान्तीका लागि समाधिस्थल निर्माण गरे । स्थानीय लिम्बु मानिसहरूको अनुसार बुद्धीकर्ण राय खेवाङ आत्मा भएर मानिसहरूको मद्दत गर्न थाले । स्थानीय लिम्बुहरूले राजाको आत्माको राम्रो प्रभाव पार्ने भएर उनको समाधिस्थल (हालको बुढा सुब्बा मन्दिर) पूजा आजा गर्न थाले (सुब्बा वा हांगको अर्थ लिम्बु भाषामा राजा हुन्छ)।

३) किराँतेश्वर: बुढा सुब्बालाई हिन्दुहरुले किराँतेश्वरको रूपमा पनि पुज्ने गरेका छन। कसैका अनुसार भगवान शिव र देवी पार्वतीलाई हाङ्साम र युमामाङको भेषमा किरात राजा र रानी भइ शिकार गर्ने क्रममा विजयपुर आइपुगेका थिए जहाँ उनीहरूले आफ्ना धनुहरू राखेर तपस्या गरे। त्यस बेला कलियुगको आरम्भ भएको उनीहरूले बुझे र अन्तरध्यान भए । धनुबाट टुप्पा बिनाका बाँस अंकुरित भए ।

४) एकलब्य : कुनै समयमा बिरयोद्धा एकलब्य घुम्दैघुम्दै यस स्थानमा आई विश्राम अवस्थामा समाधिस्थ भएछन् । उनका अनुयायीहरूले उनको उक्त समाधिस्थललाई माटोले पुरिदिएको र पछि त्यसलाई बुढा सुब्बाको नाम दिई सिद्धपीठको रूपमा पूजा गर्दै प्रचार प्रसारसमेत गर्न थालेका श्रुतिकथा छन् ।
्री_बूढासुब्बा_तथा_बूढासुब्बेनी

|| या देवी सर्वभूतेषु सन्तोषीरूपेण संस्थिता ।नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ॥ ||माँ सन्तोषीको आशीर्वादले तपाईंको ...
03/07/2026

|| या देवी सर्वभूतेषु सन्तोषीरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ॥ ||

माँ सन्तोषीको आशीर्वादले तपाईंको जीवनमा सधैं खुशी, शान्ति र सन्तुष्टि ल्याओस्। जुन घरमा आमाको नाम लिइन्छ, त्यहाँ प्रेम, आनन्द र अनुग्रह कहिल्यै कम हुँदैन।
साँचो मनले आमाको चरणमा ढोग्नुहोस्,
हरेक समस्याको बाटो स्वतः सजिलो हुनेछ।
#जयसंतोषीमाता
्री_सन्तोषी_माता

ॐ महालक्ष्म्यै नमो नमः ॐ विष्णुप्रियायै नमो नमः ॐ धनप्रदायै नमो नमः  !!               ्री_लक्ष्मी_माता , #कोटी  #कोटी  #...
25/06/2026

ॐ महालक्ष्म्यै नमो नमः ॐ विष्णुप्रियायै नमो नमः ॐ धनप्रदायै नमो नमः !!
्री_लक्ष्मी_माता , #कोटी #कोटी #प्रणाम !!

आदिदेव नमस्तुभ्यम प्रसीद मम भास्करः! दिवाकरः नमस्तुभ्यम प्रभाकरः नमोस्तुते !! ुर्यदेव  ुर्याय_नम
14/06/2026

आदिदेव नमस्तुभ्यम प्रसीद मम भास्करः!
दिवाकरः नमस्तुभ्यम प्रभाकरः नमोस्तुते !!
ुर्यदेव ुर्याय_नम

गजाननं भूतगणादि सेवितं, कपित्थ जम्बूफलसार भक्षितम्।उमासुतं शोक विनाशकारकं, नमामि विघ्नेश्वर पादपंकजम्॥श्री गणेशाय नमः🙏 #...
09/06/2026

गजाननं भूतगणादि सेवितं, कपित्थ जम्बूफलसार भक्षितम्।
उमासुतं शोक विनाशकारकं, नमामि विघ्नेश्वर पादपंकजम्॥
श्री गणेशाय नमः🙏
#श्री_गणेशाय_नमः

दुर्गे दुर्गतिनाशायि, क्लीबबन्धनमोचिनि।शरणं त्वां प्रपद्येऽहं, मातः करुणया स्मरामि॥ 🔱🌹🙏🏻
04/06/2026

दुर्गे दुर्गतिनाशायि, क्लीबबन्धनमोचिनि।
शरणं त्वां प्रपद्येऽहं, मातः करुणया स्मरामि॥
🔱🌹🙏🏻

ॐ ह्लीं बगलामुखि सर्वदुष्टानां वाचं मुखं पदं स्तम्भय जिह्वां कीलय बुद्धिं विनाशय ह्रीं ॐ स्वाहा॥ॐ जय बंगलामुखी माता !! #...
28/05/2026

ॐ ह्लीं बगलामुखि सर्वदुष्टानां वाचं मुखं पदं स्तम्भय जिह्वां कीलय बुद्धिं विनाशय ह्रीं ॐ स्वाहा॥
ॐ जय बंगलामुखी माता !!
#जयबंगलामुखीमाता

Address

Kapan
Kathmandu

Telephone

+9779851118093

Website

Alerts

Be the first to know and let us send you an email when श्री दुर्गा भवानी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to श्री दुर्गा भवानी:

Shortcuts

Share

Category