हिन्दू सम्राट सेना .

हिन्दू सम्राट सेना . jay Shree ram
(1)

30/08/2026

जय श्री राम!
हिन्दू सम्राट सेना, रंगेली वडा नं. ४ (चोप्राह) मा नयाँ समिति गठन
रंगेलीबाट पाल्नुभएका विभिन्न पदाधिकारी तथा हिन्दू सम्राट सेनाका साथीहरूको गरिमामय उपस्थितिमा रंगेली वडा नं. ४, चोप्राहमा भव्य रूपमा समिति गठन गरिएको छ।
हिन्दू धर्म, संस्कृति तथा समाजको संरक्षण र प्रवर्द्धनका लागि गठित यस नवीन कार्यसमिति निम्न अनुसार चयन भएको छ:
कार्यसमिति पदाधिकारी तथा सदस्यहरू:
अध्यक्ष: सिलिप मण्डल
उपाध्यक्ष: विक्की मण्डल
सचिव: विशाल चौधरी
सह-सचिव: अनुज मण्डल
कोषाध्यक्ष: राजकुमार मण्डल
सदस्यहरू:
बरुण कुमार मण्डल
रबिन कुमार मण्डल
समर कुमार मण्डल
रुपेश कुमार मण्डल
उदय कुमार मण्डल
अनिल कुमार मण्डल
आउने दिनहरूमा हाम्रो संगठन तथा समितिलाई रंगेलीका अन्य सम्पूर्ण वडाहरूमा पनि तिव्र रूपमा विस्तार गर्दै लैजाने जानकारी गराइन्छ।
जय हिन्दू राष्ट्र! जय श्री राम!

29/08/2026

रसुवागढी यात्रा र बाढीपहिरो प्रभावित क्षेत्रको यथार्थ
​तिब्बतबाट आएको बाढी र पहिरोका कारण नुवाकोट, रसुवागढी र धादिङ लगायतका जिल्लाहरू गम्भीर रूपमा प्रभावित भएका छन्। यस कठिन परिस्थितिमा हिन्दू सम्राट सेनाले त्रिशूली किनार र धादिङको गल्छी बजार क्षेत्रमा खानेपानी, चाउचाउ तथा अत्यावश्यक राहत सामग्रीहरू वितरण गरिरहेको छ। बाटोघाटो र भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको भए पनि उक्त टोली जोखिम मोलेरै राहत कार्यमा खटिएको छ।
​हाम्रो यात्राको अनुभव र कठिनाइहरू
​हामी रसुवागढी जाँदै गरेको हाम्रो टोली विदुर बजारबाट अगाडि बढ्ने क्रममा बाटो टुटेको थियो।
​त्यसपछि हामीले नुवाकोट दरबार हुँदै माथिबाट जाने अर्को वैकल्पिक मार्ग अपनाउने प्रयास गर्यौं।
​तर बीचमा बाटो पूर्ण रूपमा टुटेका कारण हामी त्यहाँबाट पनि अगाडि बढ्न सक्यौंनौ र फर्किन बाध्य भियौं।
​दुर्भाग्यवश, बाढीपहिरोबाट अति प्रभावित क्षेत्र रसुवागढीमा हाम्रो टिम पुग्नै सकेन।
​प्रकृतिले खडा गरेका यस्ता ठूला अवरोध र बाटोको दयनीय अवस्थाले गर्दा प्रभावित क्षेत्रका सबै ठाउँमा पुग्न हामीलाई कठिन भए पनि पीडितहरूको पीडਾमा हामी सधैं साथमा छौं।

26/08/2026

जय श्री राम।
सिराहा जिल्लाको सुखीपुर नगरपालिका वडा नं. ९, बैसाखा निवासी राम रिझन यादवज्यूका दुवै मिर्गौला (Kidney) खराब भई गम्भीर स्वास्थ्य अवस्थाबाट गुज्रिरहनुभएको छ। उहाँको उपचारका लागि हिन्दू सम्राट सेना शाखा सिराहाको तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
सहयोग गर्ने व्यक्तिहरूको नाम यस प्रकार छ:
१) संजीव यादब {सखुवानन्कारकट्टी गाउँपालिका ३, सिरहन्छिया निवासी
हाल जापान = 10,000 सहयोग}
२) हरे यादब { लहान नगरपालिका १७ , लहान = 1510}
३) बालेश्वर यादव {नवराजपुर गाउपालिका १ गेरुवाहा निवासी हाल= 1000}
४) कृष्ण यादब { सखुवानन्कारकट्टी गाउँपालिका ३, सिरहन्छिया निवासी 1000}
राम रिजन यादवज्यूलाई थप उपचारका लागि ठूलो रकमको आवश्यकता परेको हुनाले सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूमा उहाँलाई आफ्नो तर्फबाट यथासक्य आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ।
कृपया यो पोस्टलाई धेरै भन्दा धेरै सेयर गरेर सहयोगी हातहरूसम्म पुर्‍याउन मद्दत गरिदिनुहोला।

25/08/2026
16/08/2026

जय श्री राम🚩🙏🏻
मोरङ जिल्लाकाे रंगेलीस्थित चोप्रहा गाउँमा आज हिन्दु सम्राट सेना द्वारा एक विशेष बैठक सम्पन्न भएको छ। उक्त बैठकमा आफ्नो धर्म तथा संस्कृतिप्रति सजग र जागरुक बन्नेबारे गहन छलफल गरियो। साथै, आउँदा दिनहरूमा सनातन धर्मको रक्षा र संरक्षणका लागि संगठन विस्तार गर्दै लैजाने निर्णय र योजनाहरूमाथि विस्तृत कुराकानी भएको छ।

27/07/2026

हिजो राति सुनसरी जिल्लामा हिन्दू माथि भएको दमन बिरूद्ध आज सिरहा जिल्लाकाे बन्दिपुरमा हिन्दू सम्राट सेना द्वारा पुर्व पछिम highway अवरोध गरी विराेध प्रदर्शन गरेका छन्...

23/07/2026

जनकपुर उपमहानगरपालिका वडा नं. १२ स्थित ऐतिहासिक हनुमान गढी मन्दिरको स्वामित्वमा रहेको ५ बिघा १३ कठ्ठा पवित्र जग्गालाई गुठी संस्थान केन्द्रीय कार्यालय, त्रिपुरेश्वरले स्थानीय बासिन्दा, सरोकारवाला र मन्दिरका महन्तको कुनै पनि अनुमति र मन्जुरी बिना नै २० वर्षका लागि ओशो केन्द्रलाई भवन निर्माण र सञ्चालन गर्न लिजमा दिने निर्णय गरेपछि अहिले जनकपुरमा ठुलो आन्दोलन र विवाद चर्किएको छ। यो जग्गा केवल मन्दिरको सम्पत्ति मात्र नभएर वर्षौँदेखि मन्दिरको दैनिक पूजाआजा, भगवानको भोगराग र पुजारीको खर्च चलाउने मुख्य स्रोत हो भने अर्कोतिर यही जग्गामा स्थानीय गरिब, दलित, मुसहर, चमार र सुकुम्बासी समुदायका सयौँ भूमिहीन परिवारले एक-दुई कठ्ठा गरेर खेतीपाती गर्दै आफ्नो रोजीरोटी र घरको चुल्हो बालिरहेका छन्, जसले गर्दा यो निर्णयले मन्दिरको अस्तित्वसँगै ती विपन्न परिवारको जीविकोपार्जन नै संकटमा परेको छ। गुठी संस्थानको मूल दायित्व हिन्दू धर्म, संस्कृति र मठ-मन्दिरको जग्गा संरक्षण गर्नु पर्नेमा उल्टै अदृश्य आर्थिक चलखेल र भ्रष्टाचारको आडमा सनातन धर्म विरोधी काम गर्दै मन्दिरलाई जर्जर बनाउने षड्यन्त्र स्वरूप बारम्बार जग्गा खाली गर्न सूचना पठाएपछि मञ्जु मण्डलको अगुवाइमा रहेको हिन्दू सम्राट सेना र स्थानीय आक्रोशित जनताहरू चट्टान झैं उभिएर आन्दोलित भएका छन्। स्थानीय विपन्न दलित समुदाय र भक्तजनहरूले जस्तोसुकै परिस्थिति आए पनि, ज्यान दिन तयार भए पनि तर बालेन र सुदन गुरुङ जस्ता जोसुकैले बुलडोजर ल्याएर जग्गा खाली गराउन खोजे वा ओशो केन्द्रले जबरजस्ती संरचना बनाउन खोजे कडा प्रतिकार गर्ने र हनुमान गढी मन्दिरको एक इन्च भूमि पनि अन्य संस्था वा धर्मका नाममा हडप्न नदिने भनी कडा चेतावनीसहित अन्तिम रणघोष गरेका छन्।

22/07/2026

रौतहट जिल्लाको गौर नगरपालिका

19/07/2026

Tiktok मा हतियार देखाएर हिन्दूहरू लाई तर्साउने मुस्लिम यूवा लाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कपिवस्तु किन आनाकानी?
कपिलवस्तु नगरपालिका वडा नं. ३ निवासी, सामाजिक सञ्जालमा आफूलाई 'Gangster' (gangsterkhan22) भनेर चिनाउने इलाकत खानले टिकटक लगायतका लाइभ भिडियोहरूमा खुलेआम रिभल्भर जस्तो देखिने हतियार प्रदर्शन गर्दै, अश्लील गालीगलौज गर्ने र आम सर्वसाधारणलाई तर्साउने तथा धम्क्याउने कार्य गरिरहेका छन्।
यस्ता आपराधिक मानसिकता भएका व्यक्तिले खुलेआम कानुनको धज्जी उडाउँदा पनि स्थानीय प्रशासन र नेपाल प्रहरी अहिलेसम्म मौन रहनु अत्यन्तै रहस्यमय र दुर्भाग्यपूर्ण छ। के कानुन पहुँच, शक्ति वा राजनीतिक संरक्षणको आधारमा मात्र लागु हुने हो?
हिन्दू सम्राट सेना नेपाल जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु र सम्बन्धित सुरक्षा निकायसँग जोडदार माग गर्न चाहन्छु— तत्काल ती सार्वजनिक भिडियोहरूको सत्यतथ्य र हतियारको प्राविधिक जाँच गरी यस्ता व्यक्तिमाथि कडा भन्दा कडा कानुनी कारबाही गरियोस्! विधिको शासन सबैका लागि बराबर हुनुपर्छ, प्रशासन मौन बसेर आम नागरिकलाई असुरक्षित महसुस गराउन मिल्दैन।

18/07/2026

गौ वंश काे उदार गर्दै हिन्दू सम्राट सेना नेपाल

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when हिन्दू सम्राट सेना . posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category