श्री ५ को सरकार

श्री ५ को सरकार he Lord, the dancer, The most attractive personality, The supreme, The creator, The sustainer, The destroyer.... A tribe dedicated to Lord Shiva..

"हाम्रा पूर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षीत हो्स, सदा समृद्धिको बाटोमा अघि बढोस् मेरो मूल चाहना र कामना यही नै हो - ज्ञानेन्द्र बिर बिक्रम शाह देब सरकार ll The Lord, the dancer, The most attractive personality, The supreme, The creator, The sustainer, The destroyer....
Shiva.........A tribe dedicated to Lord Shiva. Be welcome if you are a devotee or simply interested in learning about Hi

m. This Tribe is for discussion of Lord Shiva according to Shaiva philosophies, general Hindu philosophies or related philosophies. I.e that Lord Shiva is the Godhead or a representation of the Godhead equal to all other Devata. This Tribe is for gathering of all sorts of lovers of Lord Shiva, Tantrikas, Sadhakas, Yogis, Jnanis, ect., and people interested in sharing and learning more about Lord Shiva and Shavism. Matha cha Parvathy Devi,
Pitha devo Maheswara,
Bandhava Shiva Bakthamscha,
Swadeso Bhuvana thrayam
"My mother is the goddess Parvati,
My father is the Great Lord god (Shiva),
My friends are the devotees of Shiva
And my native place is all the three worlds."

13/12/2025

के देश को धरोहर बचाउन सक्ने संस्था भनेकै राजसंस्था होत?

12/11/2025
12/11/2025

राजा चाहिँ सबैले चाहेका छन्, तर हिन्दुको मूल आत्मा, संस्कार र आधार कसैले बुझ्न खोजेका छैनन्! देशभर राजसंस्थाको माग गुञ्जिरहेको छ, तर जनता आफैं टुक्रा–टुक्रा भएर बाझिरहेका छन् मानौँ जुँगाको लडाइँ चलिरहेको छ। बाटो एउटै हो, लक्ष्य एउटै तर विचार र स्वार्थको बिस्फोटले हामीलाई छुट्याइरहेको छ।

अब चाहिन्छ एउटा बलियो सूत्र जसले सबैलाई एउटै कडीमा बाँधोस्, राष्ट्र, धर्म र राजसंस्थाको लागि उठ्न सक्ने अदम्य शक्ति बनाओस्!” - श्री निबास आचार्य 👇

यी गद्दारहरूले पिंजडाभित्र सुगालाई थुनिएजस्तो  मेरो देशको मुटु राजाको सास,  र हाम्रो पवित्र श्रीपेच  तीन दशकदेखि बन्धक ब...
03/11/2025

यी गद्दारहरूले पिंजडाभित्र सुगालाई थुनिएजस्तो
मेरो देशको मुटु राजाको सास,
र हाम्रो पवित्र श्रीपेच तीन दशकदेखि बन्धक बनाइरहेका छन्।

यो व्यवस्था, यो नेताहरू
जनताको विश्वास र राष्ट्रको गौरव दुबै बेचिरहेका छन्।
तर अब त्यो पिंजडा फुट्नेछ,
श्रीपेच उड्नेछ
र राजाको शिरमा पुनः प्रतिष्ठित हुनेछ।

त्यो क्षण नै नयाँ नेपालको पुनर्जागरणको आरम्भ हुनेछ! 🇳🇵👑🔥

24/10/2025

"अझै मैले केहि त्याग्नु बाँकि भए त्यो पनि तयार ! तर देश र जनता को स्वाभिमान त्याग्न कदापि तयार छैन" !
- श्री ५ ज्ञानेन्द्र🇳🇵

तिब्बतिहरुलाई नेपालमा ल्याई गुम्बामा राख्ने हाम्रो धार्मिक , सांस्कृतिक ईतिहास हो । तिब्बती हुँदैमा उस्लाई गलत हिसाबले व...
14/10/2025

तिब्बतिहरुलाई नेपालमा ल्याई गुम्बामा राख्ने हाम्रो धार्मिक , सांस्कृतिक ईतिहास हो । तिब्बती हुँदैमा उस्लाई गलत हिसाबले वा शरणार्थी पनि भन्नुपर्दैन । यस्तो भाषाले भोलि देशमा थेग्न नसकिने अवस्था रहन पनि सक्छ ।

आँखा चिम्सो र नाक थेप्चो हुँदैमा उस्लाई खसाल्न जरुरी छैन र उ त्यो हुँदैमा तिब्बती पनि हुँदैन । फेरि तिब्बती हुँदैमा कोहि गलत पनि हुँदैन ।

संयमित र नियम कानूनमा रहेसम्म तिब्बती हुनु नै वा उ नेपालमा रहनु नै नेपालको प्रमुख समस्या चाहिँ हैन । यस्ले आजसम्म केही पनि बिगृएको थिएन र भोलिको दिनमा पनि केही बिग्रने हैन ।

मात्र नेपालको सरकार र राष्ट्र प्रमुख नेपालीप्रती समर्पित र नेपालप्रती बफादार हुनुपर्यो ।।।। धार्मिक, शान्तिका प्रतीक लामाहरुमाथी नै हामिले आपत्ती गर्न जरुरी छैन ।

अवसरवादी, विदेशी तालिमप्राप्त वा देश बिरोधीमाथी मात्र हामिले नजर राख्ने हो । तिब्बत कसैको मामला होला तर नेपालको लागि सबै छिमेकी र सबै बिश्वराष्ट्रप्रतिको चिन्तन बराबर हुन् ।

तर एउटा कुरा चाहिँ हो । नेपालमा बसेर कुनै छिमेक बिरोधी वा कुनै अन्य देश बिरोधी गतिविधी गर्नेलाई चाहे नेपाली होस वा तिब्बती वा बिहारी , सिधै देश निकाला गरिदिए हुन्छ ।

अब यो सन्तुलन मिलाउन सक्ने एउटै शक्ति छ । जुन शक्ति तस्बिरमा देखिएको छ । अन्य शक्तिले देश चलाईराख्दा यो सन्तुलन बिग्रने र आजका शान्तिपूर्ण तिब्बती भोलि बिध्वंशात्मक बन्न गए यसमा अन्य जनजाती पनि मिसिएर जातिय युद्ध हुनजाला !!

चेतना भया .....

राजा ज्ञानेन्द्रले राजनैतिक दलको सहमतिबिना राजा बन्न नमानिबक्सेको रहेछ !१) आजको जनाआस्थामा पूर्व प्रधानमन्त्रि माधबकुमार...
24/09/2025

राजा ज्ञानेन्द्रले राजनैतिक दलको सहमतिबिना राजा बन्न नमानिबक्सेको रहेछ !

१) आजको जनाआस्थामा पूर्व प्रधानमन्त्रि माधबकुमार नेपालले लेख्नुभयको वृतान्तअनुसार जेन - जी को आन्दोलन पछिको राजनैतिक परिस्थितिमा धेरै विकल्प मध्ये राजालाइ पून:स्थापना गर्ने एउटा विकल्प बनाइ राजा ज्ञानेन्द्रकोमा सोधनी हुदा राजाबाट " सबै दलको सहमति बिना म राजा बन्दिन " भन्ने जवाफ पठाईबक्सेको रहेछ।

२) यसबाट एउटा इमान्दारी सन्देस के गयको देखिन्छ भने ? राजा ज्ञानेन्द्रले धमिलो पानीमा माछा मार्नु हुन्न र जनताकै चाहानाबाट मात्र राजसंस्थाको पून:बहाली हुनुपर्छ भन्ने राजधर्म देखाई बक्सेकोछ।

सक्छ भने तिमीले कसैलाई कहिले नसताउनुसबैको गर्नु भलाई सुख तिमी पाउनुभगवानको अगाडी कसैको केही नलाग्दो रहेछजसरी जस्ले गर्छ ...
16/09/2025

सक्छ भने तिमीले कसैलाई कहिले नसताउनु
सबैको गर्नु भलाई सुख तिमी पाउनु

भगवानको अगाडी कसैको केही नलाग्दो रहेछ
जसरी जस्ले गर्छ त्यसरी भोग्नै पर्छ

सबै कुरा तिमीले यहाँ नै चुकाउनु पर्छ
सक्यो भने तिमीले कसैलाई कहिल्यै नसताउनु

जिन्दगी तिम्रो आखिर एक पानीको थोपा
फुलेर किन हिड्नु तिमी फुटाउनुलाई एक धोका

झर्ने पल यहाँ कसैलाई थाहा नहुने
सक्यो भने कसैलाई कहिले तिमीले नसताउने

यो माया पनि आउने र जाने छायामात्र
न तिमीसँग आयो न तिमीसँग जान्छ

खाली हात आएको खाली हात जानुछ
सक्यो भने तिमीले कसैलाई नसताउनु

यो चलन त चलि रहने हुन्छ
भलाई जस्ले गर्छ उसैको भलो हुन्छ

कहिले कसैलाई त्यसैले कहिले नझुकाउनु
सक्यो भने तिमीले कसैलाई कहिले नसताउनु

✍️ जी शाह। Gyanendrabbshah Shah

16/09/2025

मंगलबारको प्रदर्शनमा लुटिएको हतियार सेनालाई फिर्ता गर्दै युवाहरू 👇

15/09/2025

नेपालमा भएको उथल पुथल केहि छडको लागि मात्रै हो भारतीय astrologar द्वारा नेपाल को पूर्ण भबिस्यबाणी एस्तो छ 👇
22 सेप्टेम्बर 2025 बाट बिद्रोह फेरि सुरु हुन्छन यो सत्ता धेरै दिन टिक्दैन अनि अनि 17th नोभेम्बर देखि 13th अप्रिल भित्र राजसंस्था पुनरिस्थापना भैसक्ने भबिस्यबाणी 👇

🇳🇵 नेपालको पहिलो महिला प्रधानमन्त्रीलाई हार्दिक बधाई!यो उपलब्धि ऐतिहासिक हो  तर केवल नेतृत्व परिवर्तनले मात्र पर्याप्त ह...
12/09/2025

🇳🇵 नेपालको पहिलो महिला प्रधानमन्त्रीलाई हार्दिक बधाई!
यो उपलब्धि ऐतिहासिक हो तर केवल नेतृत्व परिवर्तनले मात्र पर्याप्त हुँदैन।

👉 यदि संरचना, नीति र संस्कार नबदलियो भने, "जुन जोगी आए पनि कानै चिरेको" भनेझैं फेरि निराशा मात्र हात पर्छ।

📢 त्यसैले, परिवर्तनलाई सार्थक बनाउन नीति निर्माण र कानुनी सुधारहरू अपरिहार्य छन्। जनताले अब सजग भएर सिर्जनात्मक दबाब दिनुपर्छ।

🇳🇵 सुशासन र समृद्धिका लागि ८ बुँदे सुझाव:

1️⃣ पूर्ण पारदर्शी सरकार – डिजिटल निगरानी र जनसहभागिता सुनिश्चित होस्।
2️⃣ कठोर भ्रस्टाचार विरोधी कानून – आजीवन जेल र सम्पत्ति जफतसम्मको व्यवस्था गरियोस्।
3️⃣ नैतिक र नागरिक शिक्षा – स्कुलदेखि देशप्रेम र कर्तव्यबोधको पाठ अनिवार्य होस्।
4️⃣ दीर्घकालीन विकास रणनीति – दलभन्दा माथि उठेर योजना आयोग सुदृढ गरियोस्।
5️⃣ अनुशासन र संस्कार अभियान – राष्ट्रप्रेम अभिवृद्धिका लागि सांस्कृतिक पुनर्जागरण।
6️⃣ संवैधानिक राजसंस्था पुनर्स्थापना – राष्ट्रिय एकता र संकट व्यवस्थापनको प्रतीकको रूपमा।
7️⃣ स्वाधीन परराष्ट्र नीति – ‘Nepal First’ सिद्धान्तमा आधारित कूटनीति अपनाइयोस्।
8️⃣ जनताको प्रत्यक्ष निर्णय क्षमता – जनमत संग्रह र प्रतिनिधि मूल्याङ्कन प्रणाली कार्यान्वयन गरियोस्।

🛑 परिवर्तनको नाममा पुराना गल्ती नदोहोरियोस्।
✊ अबको लडाइँ नेतृत्वको होइन सिस्टम परिवर्तन को हो।

तपाइको कार्यकाल सुखमय को कामना 🙏

Address

Royal Palace Narayanhiti
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when श्री ५ को सरकार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share