14/06/2022
मेष
अन्नभण्डारमा नया सामान भित्रिने छ । कुनै पनि महान व्यक्तिले तपाईंलाई फाइदा गर्न सक्दछन । शुभ समाचार सुन्न पाइनेछ । रोजगारमा कतै नयाँ ठाउँ जान सक्नु हुनेछ ।
वृष
सङ्कटबाट गुज्रनु पर्नेछ, आर्थिक लेन-देन नगर्नुहोला । आज आयमा राम्रो सुधार हुनेछ । तपाईं आज अनावश्यक कुनै पनि समस्यामा संलग्न हुन सक्नुहुन्छ, होस पुराएर मात्र सामाजिक क्रियाकलापमा सहभागी हुनुहोला ।
मिथुन
आज धार्मिक, सामाजिक कार्यक्रमहरुमा सहभागी भइएला । सफलताले हजुरलाई साथ दिनेछ, आफ्नो सामाजिक छवि माथि उठ्ने छ । मन प्रफुल्लित रहला ।
कर्कट
मध्यम दिन रहेको छ । उच्च लागतले घरमा अशान्ति निम्त्याउन सक्छ । मित्रहरुलाई समय दिन नसक्दा साथीहरु रिसाउने छन् । आफ्नो लागि व्यक्तिगत समय निकाल्नु होला ।
सिंह
आयात-निर्यातसँग सम्बन्धित व्यवसायहरू सफल हुनेछन् । व्यक्तिहरूले आफ्नो काम गर्ने अभ्यासहरूमा केही परिवर्तन ल्याएर राम्रो परिणामहरू प्राप्त गर्नेछन् ।
कन्या
आफ्नो व्यक्तित्वमा निखार आउनेछ । नयाँ वर्ष कस्तो रहला भनेर मन चिन्तित रहनेछ, विद्यार्थीहरुमा नया जोश जागर आउनेछ । खानपिनमा ध्यान दिनु होला ।
तुला
आज तपाईंले केहि महत्वपूर्ण उपलब्धि प्राप्त गर्दै हुनुहुन्छ। तपाईंको उदार र सजिलो प्रकृतिले तपाईंको सफलताको कारण हुनेछ । कुनै पनि पारिवारिक मुद्दाहरू समाधान हुनेछ र घरको वातावरण शान्त हुनेछ ।
वृश्चिक
आज समय सुभ छ । गोपनीय दंगले गरिएको कामबाट मनग्य फहिदा हुनेछ । गुरुजनको बिशेष सहयोग प्राप्त हुनेछ । सम्झौताले खिन्नता बदाउने छ ।
धनु
मान सम्मानमा आघात पुग्न सक्छ । सहयोगीहरु कमै भेटिने छन् । ब्यापारिक वा दैनिक कामहरु सामान्यरूपमा बित्नेछ ।
मकर
मनमा खुशीको अनुभव हुनेछ, भविष्यको बारेमा सही योजनाले वातावरण सुखद् रहला, मनमा अठोट गरिनेछ । कुनै पनि नयाँ काम गर्नु अगाडी एक पटक सोच्नु पर्नेछ ।
कुम्भ
लापरवाहीका कारण, कुनै पनि दीर्घकालीन स्वास्थ्य सम्बन्धित समस्या फेरि उत्पन्न हुन सक्छ। तपाइँको स्वास्थ्यको बारे कुनै पनि लापरवाह नगर्नुहोस् ।
मीन
राम्राव्यक्तिहरु सँग भेटघाट हुन सक्ला, नयाँ साथीहरुसँग पनि परिचय हुन सक्छ । दाम्पत्यजीवन सुखमय हुन सक्ला, नयाँ ठाउँको नया परिबेशमा राम्रो समय बित्न सक्ला ।
ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)
[email protected]