25/06/2022
ज्वज्वलपा ! नमस्कार !
आज २०७९ असार ११ गते शनिवार
खने सं ११४२ तछला गा: ई सं 25th June 2022
तिथि : आषाढ कृष्ण द्वादशी ।
आज म यहाँ समक्ष पाटन नगरभित्रका मुख्य मुख्य "मू बहा" महाविहारहरु मध्ये प्रमुख मानिने "हिरण्यवर्ण महावाहार" (सुवर्ण विहार) "Gilden Temple" बारे
ई सं १९८५ को एउटा सर्वेक्षणको आधारमा छोटो विवरण प्रस्तुत गर्न गईरहेको छुँ ।
"हिरण्यवर्ण महावाहार" - क्वाबहा: वा "सुवर्ण विहार" अथवा "Gilden Temple"को नामले प्रख्यात यो विहार पाटन नगरभित्रका १६ वटा महाविहारहरौ मध्ये प्रमुख हो ।
सुरुमा भाष्कर वर्मा ( ने सं १६५ - ६७) संस्कारित यो विहार "संघ" संस्थापक सदस्यहरुको संख्या २५५० जना थिए ।
जुन यस प्रकार छन -
१४०० जना साक्य, ३५० जना बज्राचार्य र ५०० जना किशोरहरु जस्का नामावली कार्यसुचीमा समावेश गरिएको थिएन ।
यो महाविहारको अर्को आधिकारिक शाखा "बहा" (बहाल) ७ वटा छन ।
१.नुबहा: २. अथ:बहा: ३.छायबहा: ४.मुबहा:
५. यतबहा: ६. अकिबहा: ७.इखाछेँबहा:
यी बाहेक अर्को दुईवटा बहालाईपनि आधिकारिक शाखा मानिएका छन ।
१. मिचुबहा: २. बैद्यबहा: ।
यी ९ मध्ये छ:वटा बहा:हरुको आ-आफ्नो छुट्टै नीजि"संघ" थिए तरपनि बिशेष उत्सब वा समारोह "बरेछुइगु" (केश मुन्डन) जस्तो कार्य भने "क्वाबहा:"
" Golden Temple"मै गर्ने गराउने गर्छन ।
यी बाहेक अर्को पाँचवटा बहा:हरुलाईपनि क्वाबहाकै शाखा मान्ने गर्छन १. कुल्हीम बहा: २. मिखाबहा
३ .ससूननी ४. नागबहा: ५ .न्याखाचोक
परन्तु कुल्हीम बहा: , मिखाबहा:को अस्तित्वहीन हुनगएकोले, भनिन्छ त्यहाँका मूर्तिहरु लगेर "क्वाबहा:"मै स्थापना गरियो ।
"ससुननी"लाई ब्यक्तिगत बहा:मा लिईएको थियो भने . नागबहा: , न्याखाचोकलाई धेरै घरहरु भएको "ननी" (चोक)को रुपमा गनियो ।
तरपनि यी १४ शाखा (बहा:)हरु मध्ये दुईवटाको छुट्टै उपशाखा छन भने "क्वाबहा:"को मूलतया १३ वटा शाखा (बहा)रहेको कुरामा भने सबैले मान्यता राखेकाछन ।
१. न्हुबहा: - नवकीर्ति विहार, धलायचा ।
२.अथ:बहा - श्रीवत्स विहार, नकबही ।
३.छायबहा: - छत्रवर्ण विहार, छायबहा: ।
४. मुबहा: - श्री गवर्मा पिंथ विहार, पिम्बहाल ।
५. यताबहा: - हेमपुरी महाविहार, बालिफ: ।
६. अकिबहा: - अतसकीर्ति विहार, ङ्याढ: ।
७. ईखाछेँबहा: - सुवर्ण विहार, ईखाछेँ ।
८. मिचुबहा: - चैत्यवर्ण विहार, ईलंननी ।
९ . बैद्यबहा: - द्वारिका विहार, ईलंननी ।
१०. क्वलिमबहा: - कुलिम विहार, सोंथ ।
११. ससुननी - वागिश्वरी विहार, झटापोल ।
१२. मिखाबहा: - सुप्रक्षण विहार, पाटनढोका ।
१३ . ना:गबहा - वशुवर्धन विहार, ना:गबहा