Hamro Sanskriti-हाम्रो संस्कृति

Hamro Sanskriti-हाम्रो संस्कृति Hamro sanskriti, Hamro pahichan,

28/08/2026

आज क्वाति पुन्हि (पुर्णिमा) सँगै ब्याँ जा नकेगु दिं (भ्यागुतालाई खाना खुवाउने दिन) पनि हो । नेवा: समुदायले यसअघि लगाएको आ-आफ्नो धानबाली खेतमा गई ब्याँ (भ्यागुता)लाई खाना राखिदिने परम्परा रहि आएको छ ।

नेवाः समुदायमा किन भ्यागुतालाई भात खुवाइन्छ ?

नेवाः जाती नेपाः उपत्यकाको रैथाने मुलबासी हुन् जसले सर्वप्रथम यहाँको भूमिमाथि दावी गरेर यहाँ कृषि सभ्यता सुरु गरे । यस कृषि सभ्यता मनसुन वर्षा प्रणाली सँग सम्बन्धित रहेको हुन्छ जहाँ जेठ असारमा बाली राखेर कार्तिक मङ्सिर तिर अन्न भित्राइन्छ । घटिमा ३५०० वर्ष अगाडि नै नेवाः जाती नेपाः उपत्यकामा आफ्नो वर्चस्व कायम गरेर वैदिककाल पुर्वका संस्कृति विकास गर्न सफल भएको देखिन्छ । त्यस मध्ये मनसुन वर्षा प्रणालीसँग सम्बन्धित महत्त्वपूर्ण साँस्कृतिक चलन भनेको भ्यागुतालाई भात खुवाउने परम्परा हो ।

असारमा बाली लगाएपछि बालीमा किरा फट्याङ्ग्रा लागेर बाली बिग्रिने सम्भावना रहेको हुन्छ । भ्यागुता यस्तो जीव हो जसले ती किरा फट्याङ्ग्रा खाएर किसानहरुलाई बाली बिग्रनबाट बचाउछ । त्यसैले भ्यागुताको यस्तो गुण सम्झेर भ्यागुतालाई भात खुवाउने चलन सुरु भएको भन्नेमा सत्यता बढी हुन सक्छ यस्तै भ्यागुतालाई भात खुवाउने चलन पछाडि एउटा दन्त्य कथा प्रख्यात रहेको छ जुन यहाँ प्रस्तुत गरिन्छ ।

कुनै बेला कुनै एक नेवाः वस्ती अासपासमा एक दानव/ राक्षस बस्दथ्यो । उसको काम भनेकै त्यो वस्तीमा साँझ बिहान गएर त्यस वस्ती भित्रका बालबच्चाहरुलाई अपहरण गरेर तिनीहरुलाई मारी तिनीहरुको आहार गर्ने थियो । त्यस वस्तीका मान्छेहरु यसबाट निकै त्रसित थिए र त्यस दानवसँग छुट्कारा पाउन चाहन्थे । त्यस दानवलाई मार्न अनेकौं प्रयास गरे तर सकेनन् । असार श्रावणको धान रोप्ने बेला धान रोप्न सबै परिवार खेतमा गइरहेको समयमा त झन् त्यो दानवलाई वस्ती भित्र गएर त्यहाँ खेल्दै गरेका बच्चाबच्चीहरु टिप्न सजिलो थियो । यसरी मान्छेहरु निकै भयवीत भएर बाँचिरहेका थिए ।धन्न मान्छेहरुको यो विरह ती खेतबारीमा चहार्दै उफ्रने भ्यागुताहरुले महसुस गरिरहेका थिए र तिनीहरुमध्ये बुद्धिमान एक भ्यागुताले त्यो दानवलाई मार्नका लागि एउटा उपाय निकाले ।

एक दिन सदा झैं त्यो वस्तीका बालबच्चाहरु खोज्न त्यो दानव खेतबारीको बाटोबाट हिडिरहेको थियो । त्यस बुद्धिमान भ्यागुतोले उफ्रदै त्यस दानवको अगाडि पुगेर ठूलो स्वरले कता जान लागेको भनेर सोधे । दानवले मान्छेहरुको बच्चा टिप्न जान लागेको भनेर जवाफ दिए । " हरे, मान्छेहरुको बच्चा पो खान हिडेको रहेछ यो कायर दानव त, बहादुर नै भए म जस्तो सानो भ्यागुतालाई टपक्क टिपेर खान सक्छौ र ? " भनेर त्यस भ्यागुताले त्यो दानवलाई गिज्याउन थाले । रिसमा चुलुम्म डुबेर त्यस दानवले आफ्नो बाटोबाट हट्न धम्की दिए । तर भ्यागुताले उक्साइरहे । निहुँ नै खोजेको हो भनेर हतन्नपत त्यस दानवले त्यो भ्यागुतालाई टिप्न आफ्नो हात बढाए, त्यत्तिकैमा पछाडिका दुइटा खुट्टा तन्काएर भ्यागुता उफ्रेर त्यहाँबाट अर्को ठाउँमा पुगे । दानवले फेरि टिप्न खोजे तर फेरि त्यो भ्यागुता उफ्रेर अगाडि बढे । दानवको रिस झन् चढ्दै गयो, आफुलाई सम्हाल्न सकेनन् । भ्यागुता भने झन् झन् गिज्याउदै रमाउदै थियो । दानवले आफ्नो रिस काबुमा राख्न सकेनन् र लछारपछार गर्दै त्यो भ्यागुतालाई टिप्न संघर्षरत थिए । चतुर भ्यागुताले त्यसरी उक्साउदै खेतको दलदल हिलो भएको ठाउँमा त्यस दानवलाई लग्न सफल भयो । भ्यागुताले त्यस दलदल हिलो पार गर्न सक्यो तर त्यो दानव भने त्यसैमा दबिएर फसे । हिलो बाट उम्किन यताउता चलेर प्रयास गर्न खोजे तर झन् झन् दबिएर जिउ जम्मै हिलो मुनि पसेर टाउको मात्रै देखिने अवस्थामा पुगे । आफ्नो चलाखीपन सफल हुन खोजेको देखेर छिटो छिटो उफ्रदै त्यो भ्यागुता त्यस वस्तीका मान्छेहरुलाई त्यो दानव हिलोमा दबिएको कुरा सुनाउन गए । मान्छेहरु खुशी हुँदै सबैले छ्वाली बालेर त्यो दानव भएको ठाउँमा गएर दानवलाई आगो बालेर अन्ततः दानवलाई मार्न सफल भए ।

यो दिन थियो श्रावण कृष्ण चतुर्दशीको दिन यानी गथामुंगको दिन । यसै घटनालाई याद गरि नेवाः समुदायहरु गथामुंग पर्व मनाउन थालेको भनिन्छ जहाँ प्रत्येक नेवाः घरबाट छ्वाली बालेर नजिकैको दोबाटो यानी 'छ्वास' सम्म बलेको छ्वाली विसर्जन गरी भुत भगाउन जानुपर्छ । त्यस घटना पछि सबै मान्झेहरुलेे त्यस भ्यागुता प्रति कृतज्ञ भई १५ दिन पछि पुर्णिमाको बेला भ्यागुतालाई ८४ व्यञ्जन राखेर भात खुवाउने परम्पराको विकास गरे जुन अहिले सम्म कायम हुँदै आएको छ । गथामुंग देखि गुंला महिनाको प्रत्येक दिन फेरि लाखे नचाउने परम्पराको पनि विकास भयो जुन लाखे त्यही पराजित दानवको प्रतिकात्मक स्वरुप हो । लाखे नचाउनुको विभिन्न कारण मध्ये एउटा मान्छेहरुमा डर पैदा गर्नु हो पनि भनिन्छ किनकी मान्छेहरुले डराएपछि मात्रै जीवनमा सजक सतर्क भएर बाँच्न सक्छन् र कुशल पुण्य समयमै सञ्चय गर्न सक्दछन् ।

यसरी गुंला महिनाको पुर्णिमाको बेला भ्यागुताले दानवलाई पार लगाएको घटना सम्झी भ्यागुतालाई भात खुवाउने चलन विकास भएको हो भन्ने विश्वास गरिन्छ ।

लेख: अनिल तुलाधर

Happening tommow😍😍 sa:paru panga
28/08/2026

Happening tommow😍😍 sa:paru panga

जनै पूर्णिमाको हार्दिक शुभकामना🙏
28/08/2026

जनै पूर्णिमाको हार्दिक शुभकामना🙏

27/08/2026

27/08/2026

Former kumari chanira bajracharya 🙏❤️

26/08/2026

Stay safe be alert 🚨 everyone 🙏🙏

25/08/2026

Jay shree kumari maju arya tara shakya 🙏🙏

Video:suprince shakya

25/08/2026

श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमाको पावन अवसरमा पतस्थिति कुम्भेश्वर महादेव मन्दिर परिसर अलौकिक श्रद्धा र भक्तिले गुञ्जायमान हुने गर्दछ। श्रावण शुक्ल चतुर्दशीको साँझ गाउँको घरले सजिएको शिवजीको विशेष मण्डलमा परम्परागत बाजागाजाको साथ पुजारीद्वारा कुम्भेश्वर प्रांगण परिक्रमा गरी मन्दिरको उत्तर-पश्चिम दिशामा निर्माण गरिएको पोखरीको बीचमा प्रतिष्ठापन गरिन्छ।

सुवर्णको पवित्र गोसाइँकुण्डबाट जल प्रवाह हुने विश्वास गरिने यहाँको धाराबाट सङ्कलित पवित्र जलमा डुबकी लगाउन र महादेवको दर्शन गर्न हजारौं भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। दुग्धम गोसाइँकुण्डबाट पुण्य तत्त्वले श्रद्धालुहरूका लागि कुम्भेश्वरको यही दिव्य जल र प्राङ्गण नै गोसाइँकुण्डको साक्षात् स्वरूप बन्न पुग्छ।

25/08/2026

Jay shree karyabinayak guru ganesh🙏🙏

24/08/2026

the work of removing the existing structure has begun for the reconstruction of the famous ancient and historically significant Bishnu Devi Temple (Bakhu Dyaḥ) in Chandragiri, Kathmandu. The new temple will be rebuilt in its original traditional architectural style.😍❤️

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Hamro Sanskriti-हाम्रो संस्कृति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share