01/06/2026
मिति २०८३ साल जेठ १८ गते,
आदरणीय सिनियर पास्टर Thomas Rasaily ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
उहाँले बिगत लामो समय देखि परमेश्वरको वचनद्वारा हामीलाई आत्मिक रूपमा मार्गदर्शन, प्रोत्साहन र आशीर्वाद दिँदै आउनुभएको छ। उहाँको समर्पित सेवकाइ, प्रेम, नम्रता र विश्वासयोग्य नेतृत्वले हाम्रो मण्डलीलाई धेरै आशिषित बनाएको छ।
यस विशेष दिनमा हामी सम्पूर्ण मण्डली परिवारको तर्फबाट आदरणीय पास्टरज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं। परमेश्वरले उहाँलाई उत्तम स्वास्थ्य, दीर्घायु, शान्ति, आनन्द, ज्ञान र अझ प्रभावकारी सेवकाइका लागि प्रशस्त अनुग्रह प्रदान गर्नुभएको होस।
जन्मदिनको हार्दिक शुभकामना, आदरणीय पास्टर थोमस रसाईली! परमेश्वरको कृपा, प्रेम र आशिष् सधैं तपाईंमाथि रहिरहोस्।
दमक फेलोशिप 💒