Satasidham - ''सताक्षीधाम''

Satasidham - ''सताक्षीधाम'' Excellent Page of Beautiful Picnic and pilgrim place SatasiDham !! It is located at Shivasakshi Municipality of Jhapa District, Eastern Nepal

With Tikaram Yatri – I'm on a streak! I've been a top fan for 6 months in a row. 🎉
29/01/2026

With Tikaram Yatri – I'm on a streak! I've been a top fan for 6 months in a row. 🎉

शताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको साधारण सभामा उपस्थित भईदिनुहुन  निमन्त्रणा गरिन्छ।
30/11/2025

शताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको साधारण सभामा उपस्थित भईदिनुहुन निमन्त्रणा गरिन्छ।

सरकारी योजनामा ढिलासुस्ती, निर्माण कम्पनीको लापरवाहीले छ वर्षमा पनि बनेन सतासी खोलाको पुलछ वर्ष अघि सतासी खोलामा पुल बन्...
29/07/2025

सरकारी योजनामा ढिलासुस्ती, निर्माण कम्पनीको लापरवाहीले छ वर्षमा पनि बनेन सतासी खोलाको पुल

छ वर्ष अघि सतासी खोलामा पुल बन्ने भएपछि त्यहाँका उपभोक्ताहरु हर्षित बनेका थिए । निर्माण शुरु भएको यतिका लामो समयसम्म पनि प्रि–स्ट्रेस पुल अझैसम्म निर्माण सम्पन्न नहुँदा स्थानीय उपाभोक्ताहरु निराश बनेका छन् ।
यतिका लामो समयसम्म पुल नबन्दा स्थानीयबासी उपभोक्ताहरु वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा छन् । २०७७ सालमा तत्कालीन झापा क्षेत्र नं. ४ (क) का प्रदेश सांसद झलकसिंह दर्लामीको पहलमा निर्माण शुरु गरिएको पुल २०७७ सालमै शिलान्यास भएको थियो ।

समाचारका लागि रिपोर्टिङमा जाँदा निर्माण क्षेत्र सुनसान थियो । योजना बोर्ड पनि निर्माण स्थलमा भएको पाइएन । अञ्जना निर्माण सेवा ठेकेदार कम्पनी, काठमाडौंले भ्याटसहित ९ करोड ६१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको भए पनि त्यसपछि उक्त ठेक्का अर्कै कम्पनीले सब–कन्ट्रयाक्टरको रुपमा प्राप्त गरेको सब–कन्ट्रयाक्टर पानालाल जैसवालले सतासीखबरलाई जानकारी दिएका छन् । जैसवालका अनुसार पुलको लम्बाई ९० मिटर रहेको छ भने चौडाई ८.४० मिटर रहेको छ । शिवसताक्षी नगरपालिका वडा नं. ७, ८ र ११को त्रिकोण सिमानामा पर्ने सतासी खोलाको पुल कन्काई नहरको साइफन नजिक पर्दछ । पहिलो ठेकेदार कम्पनीले पुल निर्माणमा ढिलासुस्ती गरेपछि अर्को कम्पनीलाई सब–कन्ट्रयाक्टरको रुपमा पुल निर्माणको काम दिएको बुझिन्छ । तर यो कम्पनीले पनि निर्माण कार्यमा ढिलासुस्ती गरिरहेको पाइएको छ ।
छ वर्ष भएछ, किन ढिलासुस्ती भइरहेछ काममा ? भन्ने सम्पादकको प्रश्नमा सब–कन्ट्रयाक्टर जैसवाल भन्छन्, वर्षायाममा चाहेर पनि काम गर्न सकिँदैन । उनले थपे, निर्माण सम्पन्न हुने मिति २०८२ साउन मसान्तसम्म हो, कन्ट्रयाक्ट अनुसार काम सम्पन्न समयमै गर्छौं । सब–कन्ट्रयाक्टरको भनाइलाई मध्यनजर राख्ने हो भने उनले सरासर झुट बोलिरहेका छन् किनकि सम्झौता मिति पूरा हुन १९ दिन मात्र बाँकी रहेको र त्यति छोटो समयमा पुल निर्माण सम्पन्न हुनु भनेको चमत्कार नै हुनुपर्दछ । योजना बोर्ड चाहिँ किन राख्नु भएन भन्ने जिज्ञासामा जैसवालले भने, योजना बोर्ड खोलाले बगायो । उनका अनुसार, अञ्जना निर्माण सेवा ठेकेदार कम्पनीका प्रोप्राइटर रवि सिंह रहेछन् ।
प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत निर्माण कार्य शुरु भएको प्रि–स्ट्रेस ब्रिज हाल पूर्वाधार विकास कार्यालय झापाको मातहतमा कार्य सम्पादन हुँदो रहेछ । सरकारी काममा यसरी नै ढिलासुस्ती भइरहने हो ? भन्ने प्रश्नमा पूर्वाधार विकास कार्यालय झापाका इञ्जिनियर तथा सूचना अधिकारी उत्तम खरेल भन्छन्– यसअघिका निर्माण कम्पनीले काम गर्न ढिलासुस्ती गरेकै हो तर हामी यस आर्थिक वर्षको हिउँदसम्ममा काम सम्पन्न गर्छौं । ठ्याक्कै समय नै भन्नुस् त कहिले काम सम्पन्न गर्ने हो ? भन्ने दोहोरो प्रश्नमा खरेल भन्छन्, ठ्याक्कै यही मितिमा भन्न चाहिँ गाह्रो छ । उनी पन्छिए ।
दूधेदेखि कुञ्जिबारी जोड्ने ठाडोबाटो क्रस गर्दै नहर चौकबाट इन्द्रेणी चौक, बहिदार चौक, धौले चौक, लालझोडा लगायतका नगरबासीहरुलाई यो पुल निर्माण सम्पन्न भएपछि आवतजावतमा सहजता ल्याउछ भने नगरपालिकासँग पनि यस पुलले सहजै जोड्न सक्छ ।

शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा (रोशन) भन्छन्, काममा ढिलासुस्ती भएकै हो, यसपटक पनि प्रदेश सरकारबाट यसै पुलका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ । उनले यस आर्थिक वर्षमा निर्माण सम्पन्न हुने आशा व्यक्त गरेका छन् । त्यसो त ६ वर्षको समयमध्ये कोरोनाको कहरले केही वर्ष अवरोध गरेको थियो । कोरोनाको समयलाई तीनवर्ष घटाउने हो भने पनि ग्रामीण भेगको सानो योजना एकै आर्थिक वर्षमा सम्पन्न हुनुपर्ने हो । त्यो हुन नसक्दा जनताहरुले सरकारसँग प्रश्न गरेका हुन् ।
उता सब–कन्ट्रयाक्टर जैसवालले सरकारले नियमित रुपमा आवश्यक परेको बजेट फछ्र्यौट गरिदिए काम सम्पन्न गरी समयमै सरकारलाई पुल हस्तान्तरण गर्ने कुरा बताएका छन् । यस भनाइलाई विश्लेषण गर्दा सरकारले समयमै आवश्यक बजेट निर्माण कम्पनीलाई निकाशा नगरेको बुझिन्छ ।

© - सतासी खबर

19/07/2025

झापाको पावनभूमी सताक्षीधामको महिमा र महत्त्व !
छाँयांकन & प्रस्तोता Tikaram Yatri

सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको निर्वाचनको अन्तिम मत परिणाम  सम्पूर्ण विजेता महानुभावहरुलाई हार्दिक बधाई अध्...
11/01/2025

सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको निर्वाचनको अन्तिम मत परिणाम सम्पूर्ण विजेता महानुभावहरुलाई हार्दिक बधाई
अध्यक्ष
---------
उदय प्रकाश राई ३६९
तुलाराम बोखिम ७२४ विजयी
भोजकुमारी नेपाल २०४
उपाध्यक्ष
-----------
कृष्णप्रसाद खरेल ८७१ विजयी
मोहन पौडेल २८८
सचिव
---------
कालीप्रसाद रिजाल ७६९ विजयी
मोहन राई ४४०
सह सचिव
-------------
डिकबहादुृर बुढाथोकी ७३४ विजयी
भगिरथ घिमिरे १२५
मदनमोहन अधिकारी ३३१
कोषाध्यक्ष
--------------
झमकबहादुर गौतम ६९३ विजयी
भीमबहादुर कार्की ४७९

खुल्ला सदस्य र महिला सदस्यहरु
----------------------------------=-=-
कुबेरनाथ लुइटेल ५६९ विजयी
गणेश भेटवाल ६४२ विजयी
गोकुलप्रसाद पौडेल ४६७
गंगाधर तिम्सिना ५९५ विजयी
डम्बरबहादुर दाहाल ४६२
डिल्लीराम भण्डारी ५२२ विजयी
दाताराम विष्ट ५४७ विजयी
धनबहादुर पराजुली ४७५
प्रकाश श्रेष्ठ २१३
मनबहादुर थापा २६९
योगनिधि बास्तोला ५४१ विजयी
सन्तकुमार आङदेम्बे ३२६
सन्तकुमार राई ५११

महिला सदस्य
खनीमाया श्रेष्ठ ६५४ विजयी
दिलकुमारी बस्नेत २६२
निर्मला यादव ५८२ विजयी
ललिता सापकोटा ३३९

सताक्षीधाम विकास समिति चयनमा ५०० मत गणना हुदा मत परिणाम अपडेटसदस्यहरुको मात्र
11/01/2025

सताक्षीधाम विकास समिति चयनमा ५०० मत गणना हुदा मत परिणाम अपडेट
सदस्यहरुको मात्र

11/01/2025

सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको निर्वाचन अपडेट :
जम्मा खसेको मत १३१३ मध्ये
४०० मत गणना

अध्यक्ष
उदय प्रकाश राई १०७
तुलाराम बोखिम २१८
भोजकुमारी नेपाल ६७
उपाध्यक्ष
कृष्णप्रसाद खरेल २६१
मोहन पौडेल ८१
सचिव
कालीप्रसाद रिजाल २४२
मोहन राई १३३
सह सचिव
डिकबहादुृर बुढाथोकी २१४
भगिरथ घिमिरे ३४
मदनमोहन अधिकारी १०५
कोषाध्यक्ष
झमकबहादुर गौतम २११
भीमबहादुर कार्की १४१

झापा शिबसताक्षी नगरपालिका वडा नम्बर .११ स्थित शताक्षीधाम धार्मिक तथा पर्यटकीय बिकास समितिकाे भाेलि मिति २०८१ पुष २७ गते ...
10/01/2025

झापा शिबसताक्षी नगरपालिका वडा नम्बर .११ स्थित शताक्षीधाम धार्मिक तथा पर्यटकीय बिकास समितिकाे भाेलि मिति २०८१ पुष २७ गते शनिबारकाे दिन बिहानकाे ८ बजेदेखि अपरान्ह ३ बजे सम्म यथास्थान धाम परिसरमै निर्वाचन हुने भएकाेले सम्पूर्ण मतदाता (आजीवन सदस्यहरू ) महानुभावहरु उपस्थित हुनुभई मतदान कार्यमा सहभागी हुनुभई निम्न पदाधिकारीहरु मध्ये कुनै १/१ गरि ५ जना,महिला सदस्यहरुमा कुनै २ र खुल्ला सदस्यहरुमा कुनै ६ गरि जम्मा १३ जना उमेद्वारहरुलाई आफ्नो अमूल्य मतदान गर्नु भई मतदान कार्य शान्तमय वातावरणमा सम्पन्न गर्न सहयाेग पु-याउन हुन समेत सम्बन्धित सम्पूर्ण सराेकार पक्षहरुमा निर्वाचन समिति हार्दिक अनुराेध गर्दछ साथै हार्दिक आव्हान समेत गर्दछ ।

मिति २०८१ पुस २७ गते हुने निर्वाचनमा भाग लिने उम्मेदवारको नामावली हाम्रोलाई होइन राम्रोलाई छानौं ।
10/01/2025

मिति २०८१ पुस २७ गते हुने निर्वाचनमा भाग लिने उम्मेदवारको नामावली
हाम्रोलाई होइन राम्रोलाई छानौं ।

श्री शताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको मिति २०८१/०९ २७ गतेका दिन हुने निर्वाचनको मतदान कार्यका लागि निर्वाचनमा...
10/01/2025

श्री शताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको मिति २०८१/०९ २७ गतेका दिन हुने निर्वाचनको मतदान कार्यका लागि निर्वाचनमा आवेदन दिएका उम्मेद्वार र निर्वाचन समितिको मिति २०८१/०९/ २३ गते बसेको संयुक्त बैठकको निर्णयानुसार मतदान गर्न आउने मतदाताले आफ्नो परिचय खुल्ने प्रमाण पत्रका आधारमा मात्र मतदान गर्न पाउने निर्णय भएकाले अनिवार्य निम्नानुसार मध्ये कुन‌ै एक प्रमाण पत्र लिइ उपस्थित हुनुहुन अनुरोध गर्दछु।
निम्न
(१)नेपाली नागरिकताको प्रमाण पत्र।
(२)राष्ट्रिय परिचयपत्र ।
(३) सवारी चालक अनुमति प्रमाणपत्र।
(४)निर्वाचन आयोग,नेपालले जारी गरेको मतदाता परिचय पत्र।
(५) नेपाल सरकारले प्रदान गरेको जग्गा धनी दर्ता प्रमाण पुर्जा ।
मतदान कार्य बिहान ८.०० बजे देखि दिनको ३.०० बजे सम्म हुनेछ।

निर्वाचन संयोजक

झापाको शताक्षीधाम स्थित गोलोक गोवर्धन गौशाला परिसरमा निर्माण भएको सवा करोड रुद्राक्ष दाना जडित ५१ फिट अल्गो शिवलिङ्ग । य...
29/11/2024

झापाको शताक्षीधाम स्थित गोलोक गोवर्धन गौशाला परिसरमा निर्माण भएको सवा करोड रुद्राक्ष दाना जडित ५१ फिट अल्गो शिवलिङ्ग । यो शिवलिङ्गको लागि नेपालका ५१ वटा जिल्लाबाट रुद्राक्ष दाना सङ्कलन भएको छ। ५१ दिनमा निर्माण सम्पन्न भएको हो। १५१ जनाले यो शिवलिङ्ग निर्माण गरेका हुन् । लिङ्ग महापुराण अवधिभर ५१ ब्राह्मणद्वारा नौ दिनसम्म पञ्चकुण्डमा होमादी गरिनेछ ।
पर्यटन वर्ष २०२५ का लागि शिवलिङ्ग आकर्षणको केन्द्र हुनसक्छ ।
© सताक्षी न्युज

Address

Jhapa District
JHAPA,

Website

Alerts

Be the first to know and let us send you an email when Satasidham - ''सताक्षीधाम'' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Satasidham - ''सताक्षीधाम'':

Share

Category