26/12/2023
ख्रीष्टमस डे तथा बडादिन वा शुभदिन पवित्र धर्मशास्त्र अनुसार,"आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। (लुका 2:11)
1.ख्रीष्टमस डे तथा बडादिन वा शुभदिन के हो ?
>उत्तर : ख्रीष्टमस डे तथा बडादिन वा शुभदिन सबै एउटै दिन हो जो ख्रीष्ट जन्मको खुसयालीमा मनाईन्छ।
2. को हुनुहुन्छ ख्रीष्ट प्रभु अथवा येशु ख्रीष्ट किन उहाँको जन्म भयो ?
उत्तर : उहाँ मानव जातिको पापबाट छुटकारा दिन र परमेश्वर संग सम्बन्ध स्थापित गर्नको लागि एक उद्धारकर्ता तथा मुक्तिदाताको रूपमा उहाँको जन्म यस संसारमा भयो ।
3. कसरी भयो येशु ख्रीष्टको जन्म ?
उत्तरमा : परमेश्वरले गब्रीएल स्वर्गदुतलाई गालीलको नासरत भन्ने सहरमा पठाउनु भयो । किन पठाउनु भयो भन्दा खेरी त्यहाँ कन्ये केटी मरियम नाउँ गरेकि थिइन जसको मगनी योसेफसँग भएको थियोे । मरियमलाई स्वर्गदुतले भन्नुभयो
"अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ। "
4.मसीह” र “ख्रीष्ट”-को अर्थ के हो?
उत्तरमा : हिब्रू शब्दबाट लिइएको “मसीह” र ग्रीक शब्दबाट लिइएको “ख्रीष्ट” दुवैको अर्थ “अभिषिक्त जन” हो। मानिसजातिलाई उद्धार गर्न ख्रीष्ट पठाउनेछु भनी परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो।
5. हामीले किन येशूलाई चिन्नुपर्छ?
उत्तरमा : हामीले मुक्ति तथा उद्धार पाउनलाई येशु ख्रीष्टलाई चिन्नुपर्छ ।
6.संसार भरी यो ख्रीष्टमस किन मनाइन्छ ?
उत्तरमा : येशु ख्रीष्टलाई धन्यवाद दिनलाई र येशु ख्रीष्ट मात्रै पापबाट छुटकारा दिन सक्छन भन्ने शुभ-सन्देश सुनाउनलाई यो ख्रीष्टमस मनाइन्छ।
[ अन्त्यमा : सबैमा आउँदै गरेको नयाँ वर्ष 2024को अवसरमा तपाईको जीवनमा, परिवारमा र मण्डलीमा परमेश्वर पिताको अनुग्रह, कृप्पा र सु:ख शान्ति रहिरहोस भन्नी शुभकामना व्यक्त गर्दछौँ । ]