Living Church Gauribas

Living Church Gauribas Need prayer or to message us? Send it to: [email protected] SAVE THE LOST AT ANY COST

आज मिति २०८३/०५/२० मा भएको आषिशमय साप्ताहिक सेवा ।१ यूहन्ना ४ः७. प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम...
05/09/2026

आज मिति २०८३/०५/२० मा भएको आषिशमय साप्ताहिक सेवा ।
१ यूहन्ना ४ः
७. प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो, र परमेश्वरलाई चिन्छ।
८. प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ।

हितोपदेश १४ : ३४. धार्मिकताले देशलाई उचाल्छ, हितोपदेश ११ : ११. धर्मात्माको आशीर्वादले सहरको उन्नति हुन्छ, तर दुष्टहरूको ...
29/08/2026

हितोपदेश १४ : ३४. धार्मिकताले देशलाई उचाल्छ,
हितोपदेश ११ : ११. धर्मात्माको आशीर्वादले सहरको उन्नति हुन्छ, तर दुष्टहरूको मुखले त्यसको भताभुङ्ग हुन्छ।

RASUWA IS HURTING — LET NEPAL STAND TOGETHERThe devastating floods in the Rasuwa region have put many families through a...
26/08/2026

RASUWA IS HURTING — LET NEPAL STAND TOGETHER

The devastating floods in the Rasuwa region have put many families through an extremely difficult situation. This is not only Rasuwa’s pain—it is the pain of the entire nation.

In this difficult time, let us all stand together with our brothers, sisters, and families affected by this disaster.

Let us extend our support, help collect relief supplies, support rescue efforts, and assist those who need to reach a safe place.

Today, someone may need our financial support. Someone may need food, clothing, or medicine. And someone may simply need to know that they are not alone—that their fellow Nepalis are standing beside them.

Let us rise above caste, religion, region, and differences, and come together as Nepalis. 🇳🇵

The affected families of Rasuwa need our support, compassion, and help.
If you can help, help. If you cannot, help connect them with someone who can. Above all, let us stand together and hold one another’s hands in this time of crisis.

🙏 PRAY FOR RASUWA
🇳🇵 PRAY FOR NEPAL

In times of crisis, Nepalis stand with Nepalis.
Our unity is our strength.

🇳🇵 रसुवा आज पीडामा छ—नेपाल एक भएर उभिऔँ

रसुवा क्षेत्रमा आएको बाढी र विपत्तिले धेरै परिवारहरूलाई ठूलो कठिनाइमा पारेको छ। यो केवल रसुवाको दुःख होइन—यो सम्पूर्ण नेपालको दुःख हो।

यस्तो विषम परिस्थितिमा हामी सबै नेपाली एक भएर पीडित दाजुभाइ तथा दिदीबहिनीहरूको साथमा उभिऔँ।
सम्भव भएसम्म सहयोग गरौँ, राहत सामग्री जुटाऔँ, उद्धार कार्यमा साथ दिऔँ र आवश्यक परेकाहरूलाई सुरक्षित स्थानमा पुर्‍याउन सहयोग गरौँ।

आज कसैलाई हाम्रो आर्थिक सहयोग चाहिएको हुन सक्छ, कसैलाई खाद्यान्न, कपडा वा औषधि, र कसैलाई केवल आफ्नो मान्छेहरू साथमा छन् भन्ने अनुभूति।

जात, धर्म, क्षेत्र वा विचारभन्दा माथि उठेर—आज हामी नेपाली भएर एक हौँ। 🇳🇵

रसुवाका पीडित परिवारहरूलाई हाम्रो साथ, सहानुभूति र सहयोग आवश्यक छ।
सक्नेले सहयोग गरौँ, नसक्नेले सहयोग जुटाऔँ, र सबैले एकअर्काको हात समातौँ।

🙏 PRAY FOR RASUWA
🇳🇵 PRAY FOR NEPAL

विपत्तिमा नेपाली, नेपालीको साथमा।
एकता नै हाम्रो शक्ति हो।

इजकिएल ३७ १३. तब हे मेरा प्रजा, जब म तिमीहरूका चिहानहरू खोलेर तीबाट तिमीहरूलाई बाहिर निकालेर ल्याउनेछु, तब तिमीहरूले म न...
22/08/2026

इजकिएल ३७
१३. तब हे मेरा प्रजा, जब म तिमीहरूका चिहानहरू खोलेर तीबाट तिमीहरूलाई बाहिर निकालेर ल्याउनेछु, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ।

यस शनिबार जीवित मण्डली गौरीबासमा एउटा विशेष, सामर्थी र आत्मिक रूपमा महत्वपूर्ण अगवाणिय  सेवकाई हुँदैछ।परमेश्वरको वचन, पव...
21/08/2026

यस शनिबार जीवित मण्डली गौरीबासमा एउटा विशेष, सामर्थी र आत्मिक रूपमा महत्वपूर्ण अगवाणिय सेवकाई हुँदैछ।

परमेश्वरको वचन, पवित्र आत्माको सामर्थ्य र अगमवाणीको सेवकाईद्वारा तपाईंको जीवनमा नयाँ आशा, नयाँ दिशा, नयाँ विश्वास र नयाँ जागृति ल्याउने विशेष समय हुनेछ ।

यदि तपाईंको जीवनमा कुनै क्षेत्र सुकेको, रोकिएको वा आशाहीन जस्तो देखिएको छ भने, परमेश्वरले फेरि जीवन दिन सक्नुहुन्छ।

Happy birthday pastor Anugrah Sunuwar तपाईंलाई आशिषित र आनन्दमय जन्मदिनको हार्दिक शुभकामना! ❤️धन्यवाद, पास्टर अनुग्रह, त...
19/08/2026

Happy birthday pastor Anugrah Sunuwar
तपाईंलाई आशिषित र आनन्दमय जन्मदिनको हार्दिक शुभकामना! ❤️

धन्यवाद, पास्टर अनुग्रह, तपाईंको त्यागपूर्ण जीवनका लागि, तपाईंको अटल विश्वासका लागि, अनि मानिसहरू र मण्डलीप्रतिको तपाईंको प्रेमपूर्ण हृदयका लागि।

परमेश्वरले तपाईंलाई प्रशस्त आशिष् दिइरहनुभएको होस्, हरेक दिन तपाईंलाई अझ बलियो बनाउनुभएको होस्, र उहाँको महिमाका लागि तपाईंलाई शक्तिशाली रूपमा प्रयोग गरिरहनुभएको होस्।

हिजो भएको जिवित मण्डली गौरीवासमा पुर्ण रात्रि प्रार्थना अति नै शक्तिशाली रुपमा भयो । जहा परमेश्वरको आत्माको अगवाणिय प्रा...
18/08/2026

हिजो भएको जिवित मण्डली गौरीवासमा पुर्ण रात्रि प्रार्थना अति नै शक्तिशाली रुपमा भयो । जहा परमेश्वरको आत्माको अगवाणिय प्रार्थना र घोषणाद्वारा व्यक्ति ,परिवार ,र मण्डली माथि गरियो । हामि निश्चित छौ कि यो महिना सबै भविष्यवाणी परमेश्वरको आत्माको सामर्थ्यमा पुरा हुनेछ ।

आउनुहोस्, हामी सबै एक मन र एक हृदय भएर रात्री प्रार्थनामा सहभागी बनौँ।परमेश्वरको उपस्थितिमा समय बिताऔँ, आराधना गरौँ, वचन...
16/08/2026

आउनुहोस्, हामी सबै एक मन र एक हृदय भएर रात्री प्रार्थनामा सहभागी बनौँ।
परमेश्वरको उपस्थितिमा समय बिताऔँ, आराधना गरौँ, वचनमा मनन गरौँ र हाम्रो जीवन, परिवार, मण्डली तथा राष्ट्रका लागि प्रार्थना गरौँ।

“मलाई पुकार, र म तँलाई उत्तर दिनेछु।” — यर्मिया ३३:३

यो रात केवल कार्यक्रम होइन, परमेश्वरसँग गहिरो संगति गर्ने, उहाँको आवाज सुन्ने र उहाँको उपस्थितिमा तपाइको लागि नयाँ शक्ति प्राप्त गर्ने समय बनोस ।

Address

Janakpur
45701

Telephone

+9779844274715

Website

Alerts

Be the first to know and let us send you an email when Living Church Gauribas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Living Church Gauribas:

Shortcuts

Share