राष्ट्रीय एकता अभियान जनकपुरधाम

  • Home
  • Nepal
  • Janakpur
  • राष्ट्रीय एकता अभियान जनकपुरधाम

राष्ट्रीय एकता अभियान जनकपुरधाम Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राष्ट्रीय एकता अभियान जनकपुरधाम, Religious organisation, Janakpur.
(2)

09/04/2026

दुर्घटनामा गम्भीर घाइते विद्यार्थी अहिले आईसीयूमा जीवनसँग संघर्ष गरिरहेका छन्।परिवार आर्थिक रूपमा कमजोर भएकाले उपचार रोकिने अवस्थामा पुगेको छ।
तपाईंको सानो सहयोगले एउटा जीवन बच्न सक्छ।

🚨 कपिलवस्तु घटनामा न्यायको माग: अरुण यादवलाई शहीद घोषणा गर्न राष्ट्रिय एकता दलको कडा आवाज 🚨राष्ट्रिय एकता दल, महोतरीद्वा...
09/04/2026

🚨 कपिलवस्तु घटनामा न्यायको माग: अरुण यादवलाई शहीद घोषणा गर्न राष्ट्रिय एकता दलको कडा आवाज 🚨
राष्ट्रिय एकता दल, महोतरीद्वारा कपिलवस्तु घटनामा संलग्नमाथि कडा कारबाही तथा स्वर्गीय अरुण यादव (जीतेन्द्र यादव) लाई शहीद घोषणा गर्न माग गर्दै सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष प्रमुख जिल्ला अधिकारी, महोतरी मार्फत ज्ञापन पत्र पेश गरिएको छ।
कपिलवस्तु जिल्ला, महाराजगन्ज नगरपालिका–२, बरगदामा केही दिनअघि घटेको घटनामा शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते हुनुभएका अरुण यादव (जीतेन्द्र यादव) को उपचारका क्रममा भएको असामयिक निधनप्रति राष्ट्रिय एकता दल गहिरो दुःख व्यक्त गर्दछ। यस दुःखद घटनाले सम्पूर्ण राष्ट्रलाई स्तब्ध बनाएको छ।
हामी स्पष्ट रूपमा भन्न चाहन्छौं कि शान्तिपूर्ण आन्दोलनमा सहभागी नागरिकमाथि गोली प्रहार हुनु लोकतान्त्रिक मूल्य–मान्यता, मानव अधिकार तथा विधिको शासनमाथि गम्भीर प्रहार हो। यस्तो घटना कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।
📌 राष्ट्रिय एकता दलका प्रमुख मागहरू:
👉 स्वर्गीय अरुण यादव (जीतेन्द्र यादव) लाई तत्काल शहीद घोषणा गरियोस्।
👉 मृतक परिवारलाई उचित क्षतिपूर्ति तथा दीर्घकालीन पालनपोषणको सुनिश्चितता गरियोस्।
👉 घटनामा संलग्न प्रहरी तथा सम्बन्धित निकायमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानूनी कारबाही गरियोस्।
👉 धार्मिक आस्थामाथि आक्रमण गर्ने दोषीहरूलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याइयोस्।
👉 भविष्यमा यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्नका लागि प्रभावकारी सुरक्षा व्यवस्था तथा धार्मिक सद्भाव कायम गर्ने नीति लागू गरियोस्।
⚠️ सरकारसँग हाम्रो स्पष्ट आग्रह:
यस गम्भीर घटनाप्रति संवेदनशील भई यथाशीघ्र न्यायोचित र ठोस निर्णय लिनुहोस्।
✊ उपस्थिति:
कृष्ण कुमार यादव (सुरज)
राधेश्याम यादव
घनश्याम यादव
राम यादव
लक्ष्मण कुमार यादव
सुजित कुमार ठाकुर
अमृत कुमार राउत
रोशन कुमार राउत
— राष्ट्रिय एकता दल, महोतरी

🚩 राष्ट्रिय एकता दलरामनवमीको पावन अवसरमा राष्ट्रिय एकता दलद्वारा भव्य रूपमा शोभायात्रा तथा बाइक र्‍याली आयोजना गरिएको थि...
27/03/2026

🚩 राष्ट्रिय एकता दल
रामनवमीको पावन अवसरमा राष्ट्रिय एकता दलद्वारा भव्य रूपमा शोभायात्रा तथा बाइक र्‍याली आयोजना गरिएको थियो। धार्मिक आस्था, संस्कार र एकताको सन्देश फैलाउने उद्देश्यका साथ आयोजित यस कार्यक्रममा सयौं युवाहरू तथा श्रद्धालुहरूको उत्साहजनक सहभागिता रहेको थियो।
जनकपुरधामको विभिन्न स्थानहरू परिक्रमा गर्दै सम्पन्न भएको उक्त कार्यक्रमले समाजमा धार्मिक सद्भाव, आपसी एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाएको छ।
यस ऐतिहासिक तथा भव्य कार्यक्रममा सहभागी भई सहयोग गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा राष्ट्रिय एकता दल हार्दिक धन्यवाद व्यक्त गर्दछ।
🚩 जय श्रीराम!
🙏 धर्म, संस्कृति र एकताको लागि हामी सधैं प्रतिबद्ध छौं।

26/03/2026

१२ चैत, जनकपुरधाम। — रामनवमी का अवसरमा शोभायात्रा तथा र्याली नगर्न जिल्ला प्रशासनले दिएको निर्देशनविरुद्ध राष्.....

🚨 जिल्ला प्रशासनको निर्णय अस्वीकार्य — राष्ट्रिय एकता दलजिल्ला प्रशासन कार्यालय, धनुषाद्वारा रामनवमी जस्तो महान हिन्दू प...
26/03/2026

🚨 जिल्ला प्रशासनको निर्णय अस्वीकार्य — राष्ट्रिय एकता दल
जिल्ला प्रशासन कार्यालय, धनुषाद्वारा रामनवमी जस्तो महान हिन्दू पर्वमा शोभायात्रा, बाइक र्‍याली लगायतका धार्मिक कार्यक्रमहरू नगर्न/नगराउन दिइएको निर्देशनप्रति राष्ट्रिय एकता दलको कडा आपत्ति रहेको छ।
👉 राष्ट्रिय एकता दल स्पष्ट रूपमा घोषणा गर्दछ — हामी यो निर्णय मान्दैनौं।
नेपालको संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रता र शान्तिपूर्ण रूपमा आफ्नो आस्था व्यक्त गर्ने अधिकारमाथि यस प्रकारको हस्तक्षेप पूर्णतः असंवैधानिक र निन्दनीय छ।
राज्यको दायित्व नागरिकलाई सुरक्षा प्रदान गर्नु हो, अधिकार कुण्ठित गर्नु होइन।
हामी स्पष्ट गर्न चाहन्छौं: ✅ रामनवमीको शोभायात्रा तथा धार्मिक कार्यक्रमहरू शान्तिपूर्ण रूपमा आयोजना गरिनेछ।
✅ प्रशासनको गलत निर्णयले हाम्रो आस्था र अधिकार रोक्न सक्दैन।
✅ सुरक्षाको नाममा धार्मिक स्वतन्त्रता माथि प्रहार स्वीकार्य छैन।
⚠️ प्रशासनलाई स्पष्ट चेतावनी:
यदि हाम्रो शान्तिपूर्ण धार्मिक कार्यक्रममा कुनै प्रकारको अवरोध सिर्जना गरिन्छ भने त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्नेछ।
नागरिक अधिकारमाथि हस्तक्षेप गर्ने प्रयासको सशक्त प्रतिवाद गरिनेछ।
👉 अतः, उक्त निर्णय तुरुन्त फिर्ता लिनुहोस् र आवश्यक सुरक्षा व्यवस्था सुनिश्चित गर्नुहोस्।
जय श्रीराम! 🚩
— राष्ट्रिय एकता दल

🚩 गुटखा विरुद्ध राष्ट्रिय एकता दलको कडा कदम!मधेश प्रदेशमा दिनप्रतिदिन बढ्दै गएको गुटखा (पानपराग लगायत) को उत्पादन, बिक्र...
25/03/2026

🚩 गुटखा विरुद्ध राष्ट्रिय एकता दलको कडा कदम!

मधेश प्रदेशमा दिनप्रतिदिन बढ्दै गएको गुटखा (पानपराग लगायत) को उत्पादन, बिक्री तथा सेवनविरुद्ध राष्ट्रिय एकता दल दृढ रूपमा उभिएको छ।

आज हाम्रो दलका प्रदेश इन्चार्ज मनीष पुर्बे ज्यूको नेतृत्वमा मधेश प्रदेश सरकारलाई औपचारिक रूपमा ज्ञापनपत्र बुझाइएको छ।

⚠️ किन यो कदम आवश्यक छ?
गुटखा सेवनले विशेषगरी युवावर्गलाई गम्भीर रूपमा प्रभावित गरिरहेको छ। मुख, घाँटी लगायतका क्यान्सर जस्ता घातक रोगको जोखिम तीव्र रूपमा बढ्दै गएको छ। हजारौं परिवार आर्थिक, सामाजिक र मानसिक संकटमा फसिरहेका छन्।

📌 हाम्रा प्रमुख मागहरू:
✔️ गुटखा (पानपराग लगायत) को उत्पादन, आयात, बिक्री तथा वितरणमा पूर्ण प्रतिबन्ध
✔️ अवैध आयात तथा ओसारपसारमा कडा नियन्त्रण र अनुगमन
✔️ जनस्वास्थ्य बचाउन व्यापक जनचेतना अभियान
✔️ प्रभावित नागरिकका लागि सहुलियत उपचार र बीमा व्यवस्था
✔️ तत्काल प्रतिबन्ध सम्भव नभए कडा कर तथा नियमन

👉 अब समय आएको छ—जनताको स्वास्थ्यमाथि खेलवाड बन्द गर!

राष्ट्रिय एकता दल स्पष्ट रूपमा भन्छ:
👉 गुटखा मुक्त मधेश, स्वस्थ समाज हाम्रो लक्ष्य हो!

#गुटखा_बन्द_गर


प्रेस विज्ञप्तिविषय: कपिलवस्तु घटनाप्रति कडा आपत्ति, प्रहरी दमनको भर्त्सना तथा तत्काल कारबाहीको मागकपिलवस्तु जिल्ला, महा...
22/03/2026

प्रेस विज्ञप्ति

विषय: कपिलवस्तु घटनाप्रति कडा आपत्ति, प्रहरी दमनको भर्त्सना तथा तत्काल कारबाहीको माग

कपिलवस्तु जिल्ला, महाराजगन्ज नगरपालिका–२, बरगदामा मन्दिरमाथि भएको आक्रमणप्रति राष्ट्रिय एकता दलको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त घटनामा मन्दिर तोडफोड हुनु, पुजारीमाथि कुटपिट हुनु तथा धार्मिक आस्थामाथि प्रहार हुनु अत्यन्त निन्दनीय र अस्वीकार्य कार्य हो।

यो घटना केवल एक सामान्य आपराधिक गतिविधि नभई राज्यको कमजोरी, प्रशासनिक निष्क्रियता तथा कानुनी शासनमाथि प्रत्यक्ष चुनौतीको रूपमा हामीले लिएका छौँ। यस्ता घटनाले समाजमा धार्मिक सद्भाव खलबल्याउने र शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उठाउने काम गरेको छ।

यसै सन्दर्भमा, उक्त घटनाको विरोधमा केही हिन्दू समाजका अगुवाहरूले शान्तिपूर्ण आन्दोलन गरिरहँदा प्रहरीद्वारा बल प्रयोग गरिएको, यहाँसम्म कि गोली प्रहार समेत गरिएको र केही हिन्दू युवाहरू घाइते भएको घटनाप्रति राष्ट्रिय एकता दल घोर आपत्ति तथा भर्त्सना व्यक्त गर्दछ। शान्तिपूर्ण आन्दोलनमाथि गरिएको यस्तो दमनकारी कदमले सरकारको चरित्रमाथि गम्भीर प्रश्न उठाएको छ।

राष्ट्रिय एकता दल स्पष्ट रूपमा सरकार तथा सम्बन्धित निकायलाई सचेत गराउन चाहन्छ कि यस घटनामा संलग्न दोषीहरूलाई तत्काल पहिचान गरी पक्राउ नगरेमा, साथै शान्तिपूर्ण आन्दोलनमाथि भएको दमनको निष्पक्ष छानबिन नगरेमा जनस्तरमा आक्रोश बढ्नेछ। त्यसबाट उत्पन्न हुने कुनै पनि परिस्थितिको सम्पूर्ण जिम्मेवारी राज्य पक्षले नै वहन गर्नुपर्नेछ।

हामी सहिष्णुताको नाममा बारम्बार धार्मिक अपमान सहेर बस्ने पक्षमा छैनौँ। देशको कानुन र संविधानले दिएको अधिकारभित्र रही प्रत्येक नागरिकको धर्म, संस्कृति र आस्थाको सुरक्षा हुनु अनिवार्य छ। त्यसकारण, यस्ता आपराधिक कार्यमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याइनै पर्छ।

राष्ट्रिय एकता दलका प्रमुख मागहरू यसप्रकार छन्:

1. घटनामा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी पक्राउ गरियोस्।
2. दोषीमाथि कडा र उदाहरणीय कानुनी कारबाही गरियोस्।
3. शान्तिपूर्ण आन्दोलनमाथि भएको प्रहरी दमन तथा गोली प्रहार घटनाको निष्पक्ष छानबिन गरियोस् र दोषीमाथि कारबाही गरियोस्।
4. घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था तथा पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराइयोस्।

अन्त्यमा, राष्ट्रिय एकता दल सम्पूर्ण नागरिकलाई संयमित रहँदै न्यायका लागि कानुनी बाटोबाट अगाडि बढ्न आग्रह गर्दछ, साथै राज्यसँग छिटो, निष्पक्ष र प्रभावकारी कदम चाल्न पुनः जोडदार माग गर्दछ।

दिलीप पंडित
प्रवक्ता
राष्ट्रिय एकता दल

21/03/2026

🚩 राष्ट्रिय एकता दलको कडा चेतावनी

कपिलवस्तुको महाराजगन्ज–२, बरगदामा भएको मन्दिरमाथिको आक्रमण केवल एउटा घटना होइन—यो राज्यको कमजोरी, प्रशासनको निष्क्रियता र कानुनको खिल्ली उडाइएको ज्वलन्त उदाहरण हो।

ईस्लामिक आतंकी द्वारा मन्दिर तोडफोड, पुजारीमाथि कुटपिट र धार्मिक आस्थामाथि गरिएको प्रहार कुनै हालतमा सह्य छैन। यदि यस्ता अपराधमा संलग्न व्यक्तिहरूलाई तुरुन्त पक्राउ गरी कडा कारबाही गरिएन भने यसको गम्भीर परिणाम हुनेछ।

⚠️ राष्ट्रिय एकता दल स्पष्ट चेतावनी दिन्छ:
अब पनि प्रशासन मौन बस्ने हो भने जनताको आक्रोश नियन्त्रण बाहिर जान सक्छ। त्यसको पूर्ण जिम्मेवारी सरकार र सम्बन्धित निकायले लिनुपर्नेछ।

हामी सहिष्णुताको नाममा बारम्बार अपमान सहेर बस्ने पक्षमा छैनौं। धर्म, संस्कृति र आस्थामाथि आक्रमण गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याइनै पर्छ—नत्र जनता आफैं न्याय खोज्न बाध्य हुनेछ।

👉 हाम्रो स्पष्ट माग:
✔️ तुरुन्त दोषीको पहिचान र पक्राउ
✔️ कडा र उदाहरणीय कारबाही
✔️ पीडितको सुरक्षा र क्षतिपूर्ति

✊ यो चुप लागेर बस्ने समय होइन—न्यायका लागि निर्णायक संघर्षको समय हो।

चुनावी सरकारका नियुक्ति निर्णय फिर्ता लिन राष्ट्रिय एकता दलको जोडदार मागजनकपुरधाम — अध्यक्ष विनय यादव नेतृत्वको राष्ट्रि...
16/03/2026

चुनावी सरकारका नियुक्ति निर्णय फिर्ता लिन राष्ट्रिय एकता दलको जोडदार माग
जनकपुरधाम — अध्यक्ष विनय यादव नेतृत्वको राष्ट्रिय एकता दल ले चुनावी सरकारले हालै गरेका केही नियुक्ति निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। दलले ती निर्णयहरू तत्काल फिर्ता लिन सरकारसँग कडा माग गरेको छ।
दलद्वारा जारी प्रेस विज्ञप्तिमा जनआन्दोलनपछि सुशीला कार्की को नेतृत्वमा गठन गरिएको चुनावी सरकारको मुख्य दायित्व देशमा निष्पक्ष, स्वतन्त्र तथा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउनु रहेको उल्लेख गरिएको छ। उक्त दायित्व सफलतापूर्वक पूरा गरी निर्वाचन सम्पन्न गराएकोमा राष्ट्रिय एकता दलले सरकारलाई धन्यवाद तथा बधाई समेत व्यक्त गरेको छ।
तर निर्वाचन सम्पन्न भइसकेपछि सरकारले गरेका केही निर्णयप्रति दलले असन्तुष्टि जनाएको छ। विशेषगरी गृहमन्त्री ओमप्रकाश खनाललाई राष्ट्रिय सभा सदस्य तथा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णयलाई दलले अनुचित र असमयिक कदमको रूपमा लिएको जनाएको छ।
विज्ञप्तिमा स्पष्ट रूपमा उल्लेख गरिएको छ कि चुनावी सरकारको मुख्य उद्देश्य निर्वाचन सम्पन्न गराउने सीमित कार्यभारमा केन्द्रित रहनु हो। यस्तो सरकारले दीर्घकालीन प्रभाव पार्ने नियुक्ति गर्नु लोकतान्त्रिक परम्परा, संस्थागत मर्यादा र राजनीतिक नैतिकतासँग मेल नखाने कुरा राष्ट्रिय एकता दलको ठहर छ।
राष्ट्रिय एकता दलले चुनावी सरकारलाई आफ्नो संवैधानिक तथा नैतिक सीमाभित्र रही कार्य गर्न आग्रह गर्दै हाल गरिएको सबै नियुक्ति सम्बन्धी निर्णयहरू तत्काल फिर्ता लिन जोडदार माग गरेको छ। साथै लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउने र राज्यका संस्थाहरूको गरिमा कायम राख्ने विषयमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा पनि दलले व्यक्त गरेको छ।
— राष्ट्रिय एकता दल

आम जनता पार्टीका महासचिव रामा थारू ले अन्ततः आफ्नो पुरानो पार्टी परित्याग गर्दै राष्ट्रिय एकता दल मा औपचारिक रूपमा प्रवे...
10/03/2026

आम जनता पार्टीका महासचिव रामा थारू ले अन्ततः आफ्नो पुरानो पार्टी परित्याग गर्दै राष्ट्रिय एकता दल मा औपचारिक रूपमा प्रवेश गर्नुभएको छ।
देश, धर्म, संस्कृति र राष्ट्रिय अस्मिताको पक्षमा स्पष्ट अडान लिएको राष्ट्रिय एकता दल प्रति बढ्दो विश्वासकै कारण देशभरका जिम्मेवार नेता तथा कार्यकर्ताहरू यस दलतर्फ आकर्षित भइरहेका छन्। यही क्रममा रामा थारू जस्ता जिम्मेवार नेताको प्रवेशले दललाई अझ बलियो, संगठित र जनमुखी बनाउने विश्वास लिइएको छ।
अब समय आएको छ—
राष्ट्र, धर्म र संस्कृतिको पक्षमा उभिने शक्तिहरू एक ठाउँमा उभिनु पर्ने।
राष्ट्रिय एकता दल यही अभियानको नेतृत्व गरिरहेको छ।
रामा थारू लाई राष्ट्रिय एकता दल परिवारमा हार्दिक स्वागत! 🇳🇵✊

🚩शंकराचार्य को पावन आगमनको स्वागतमा सरसफाइ तथा श्रीराम ध्वज स्थापना 🚩श्री पुरीपीठाधीश जगतगुरु शंकराचार्य निश्चलानन्द सरस...
10/03/2026

🚩शंकराचार्य को पावन आगमनको स्वागतमा सरसफाइ तथा श्रीराम ध्वज स्थापना 🚩

श्री पुरीपीठाधीश जगतगुरु शंकराचार्य निश्चलानन्द सरस्वती जी को पावन आगमनको शुभ अवसरमा आज महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडा नं. १, खैरबा गाउँमा राष्ट्रिय एकता दल को पहलमा विशेष सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
यस अवसरमा सम्पूर्ण गाउँलाई धार्मिक तथा सांस्कृतिक वातावरणले भरिपूर्ण बनाउन गाउँभरि श्रीरामका पवित्र झन्डाहरू टाँगेर स्वागतको तयारी गरिएको छ। कार्यक्रममा स्थानीय युवाहरू, धर्मप्रेमी दाजुभाइ–दिदीबहिनी तथा पार्टीका कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
उपस्थिति:
कृष्ण यादव
ललित किशोर पाण्डे
ललित यादव
सन्दीप पाण्डे
राधेश्याम यादव
रतन साह
सतो साह
कैलाश मण्डल
बहादुर मण्डल
🚩 हाम्रो धर्म, हाम्रो संस्कृति — हाम्रो पहिचान
🚩 जय श्रीराम 🚩जय श्रीराम 🚩

03/03/2026

🚨 बारा–४ मा लोकतन्त्रमाथि ईस्लामिक प्रहार? 🚨
बारा क्षेत्र नं. ४ मा चुनाव नजिकिँदै गर्दा विभिन्न अडियो, गोप्य छलफल र योजनाबद्ध गतिविधिहरू बाहिर आउन थालेका छन्। यदि राष्ट्रिय एकता दल का उम्मेदवार विनय यादव लाई हराउन सुनियोजित रूपमा चलखेल गरिएको छ भने यो केवल एउटा व्यक्तिमाथिको आक्रमण होइन—यो सिधै हिन्दू समुदाय का जनमत र लोकतन्त्रमाथिको प्रहार हो।
⚠️ हामी स्पष्ट चेतावनी दिन चाहन्छौं:
हिन्दू जनताको मतलाई प्रभावित गर्न, ईस्लामिक शक्ति को प्रयोग गर्न खोज्ने जो–कोही पनि लोकतन्त्रका दोषी हुन्।
👉 चुनावी खेल होइन, हिन्दू जनताको भविष्यको फैसला हो।
👉 षडयन्त्र गरेर मत परिणाम प्रभावित गर्ने प्रयास सह्य हुँदैन।
👉 सम्बन्धित निकायले तुरुन्त निष्पक्ष छानबिन गरेर सत्य सार्वजनिक गर्नुपर्छ।
यदि ईस्लामिक शक्तिले पर्दा पछाडि बसेर खेल खेलिरहेको छ भने अब त्यो खेल धेरै दिन चल्दैन। बारा–४ का सचेत मतदाताले सबै कुरा बुझिरहेका छन्।
🗳 अब निर्णय हिन्दू जनताको हातमा छ—
डर, भ्रम र दबाबलाई अस्वीकार गरौं।
साहस, सत्य र पारदर्शिताको पक्षमा उभिऔं।
लोकतन्त्र कमजोर पार्ने हरेक प्रयासको प्रतिवाद गरिनेछ।
#बारा४ #लोकतन्त्रमाथिप्रहार #निष्पक्षचुनाव

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when राष्ट्रीय एकता अभियान जनकपुरधाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share