Dioceses of Itahari -we adhere to Orhtodox Faith

Directions

Dioceses of Itahari -we adhere to Orhtodox Faith Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dioceses of Itahari -we adhere to Orhtodox Faith, Religious organisation, Itahari.

On 8 March 2026, in observance of International Women’s Day and Founders Day, the Women’s Fellowship Team of the Believe...
08/03/2026

On 8 March 2026, in observance of International Women’s Day and Founders Day, the Women’s Fellowship Team of the Believers Eastern Church, Diocese of Itahari, organized a meaningful outreach program. The event was conducted under the leadership of the Women’s Fellowship Leader, Micale Juribo, and with the guidance and support of the local parish priest, Subha Chandran Rai, Deacon Pappu Mahara along with the diocesan and church staff members.

In order to commemorate the occasion in a compassionate and service-oriented manner, the team sought a suitable place where they could extend their support to those in need. They identified Maya Ghar Ashram, located at Aryubedic Tole, Itahari-3, in Sunsari District. The ashram is home to several women who are in need of care and assistance.

As part of the celebration, the Women’s Fellowship Team visited the ashram and distributed food items to the residents. Through this act of kindness and service, the team commemorated the significance of the day by sharing love, compassion, and fellowship with the women residing at the ashram, reflecting responsibility, unity, and compassion, and embodying God’s never-ending mercy and love.❤️🙏

19/02/2026
राजा दाऊदको उदाहरणअनुसार, जसले इस्राएलीहरूलाई अनुशासन, श्रद्धा र सम्पूर्ण समर्पणका साथ आराधनामा नेतृत्व गरेका थिए (1 ऐति...
26/01/2026

राजा दाऊदको उदाहरणअनुसार, जसले इस्राएलीहरूलाई अनुशासन, श्रद्धा र सम्पूर्ण समर्पणका साथ आराधनामा नेतृत्व गरेका थिए (1 ऐतिहासिक 15:16–28; 2 शमूएल 6:12–15), इटहरी डायोसेसले २१ जनवरी २०२६ मा सन्त पौल BEC, मनभाज्याना, साँखुवासभा (मदर प्यारेस) मा एक दिने दिव्य लिटर्जी (Divine Liturgy) कार्यक्रम सफलतापूर्वक आयोजना गर्‍यो। यस कार्यक्रममा दिव्य लिटर्जी (Divine Liturgy) को सुचारु सञ्चालन सुनिश्चित गर्नु, धर्मकर्मी र विश्वासलाग्दारबीच कुनै भ्रम स्पष्ट गर्नु, र चर्चको जीवनमा सेवा र सहभागितामा जिम्मेवारी, एकता र गहिरो भक्ति देखाउनु मुख्य लक्ष्य थियो।

यसै क्रममा, धर्मकर्मी र विश्वासलाग्दारहरूलाई दिव्य लिटर्जी (Divine Liturgy) प्रशिक्षण (training) पनि प्रदान गरियो, जसले लिटर्जीलाई सही ढंगले बुझ्न, विधिपूर्वक सञ्चालन गर्न, र सक्रिय रूपमा सहभागिता जनाउन सहयोग पुर्‍यायो। प्रशिक्षणमा अनुशासन, श्रद्धा, र सहभागिता (order, reverence, and active participation) को महत्वमा विशेष जोड दिइयो। यसले लिटर्जीका नियमहरू स्पष्ट पार्न र हरेक समारोहमा चर्चको एकता, भक्ति, र आध्यात्मिक समृद्धि प्रतिबिम्बित हुन सुनिश्चित गर्‍यो।

दिव्य लिटर्जी (Divine Liturgy) मा सहभागिता जनाएर, विश्वासलाग्दारहरूले बाइबलमा देखाइएका आराधनाको उदाहरण अनुसरण गर्दै आफ्नो हृदय परमेश्वरतिर एकता, अनुशासन, र सम्पूर्ण समर्पण का साथ अर्पण गर्छन्। यसरी, कार्यक्रमले चर्चको आध्यात्मिक जीवनमा सेवा र सहभागिताको महत्त्वलाई उजागर गर्‍यो र समुदायमा गहिरो भक्ति र एकताको अनुभव सिर्जना गर्‍यो।

इटहरी धर्मप्रान्तले १६ देखि १९ जनवरी २०२६ सम्म चार दिनसम्म निरन्तर रूपमा एक पाष्टरल कार्यक्रम सञ्चालन गरी चर्च र विश्वास...
25/01/2026

इटहरी धर्मप्रान्तले १६ देखि १९ जनवरी २०२६ सम्म चार दिनसम्म निरन्तर रूपमा एक पाष्टरल कार्यक्रम सञ्चालन गरी चर्च र विश्वासीहरूको घरहरूमा आशीर्वाद तथा पवित्रीकरण प्रदान गर्ने आफ्नो पाष्टरल सेवालाई निष्ठापूर्वक सम्पन्न गर्‍यो। साथै, यस कार्यक्रममार्फत विश्वासीहरू तथा पारिश नेतृत्वलाई पवित्र चर्चको परम्पराअनुसार प्रार्थना, पवित्र जल र विश्वासद्वारा प्राप्त हुने परमेश्वरको अनुग्रह तथा आशीर्वादको सही अर्थ, महत्व र अभ्यासबारे गठन गरियो। उक्त पाष्टरल सेवा मकालु र सेद्वाका दुर्गम पहाडी तथा हिमाली क्षेत्रहरूमा सम्पन्न भई पवित्र त्रिएक बीईसी र सन्त पावल बीईसीका विश्वासीहरू लाभान्वित भए।
यस पाष्टरल यात्राको प्रारम्भमा पवित्र त्रिएक बीईसी—मातृ पारिशमा—विश्वासीहरूलाई एकत्रित गरी आध्यात्मिक शिक्षा तथा क्याटेकेटिकल गठन प्रदान गरियो, ताकि चर्च र घरहरूको आशीर्वाद तथा पवित्रीकरण पवित्र चर्चको शिक्षाअनुसार उचित समझ, श्रद्धा र भक्तिसहित सम्पन्न होस्। यस अवसरमा परमेश्वरको वचन घोषणा गरियो, र विश्वासीहरूलाई चर्च तथा घरहरूको आशीर्वाद र पवित्रीकरणको आध्यात्मिक तथा धर्मशास्त्रीय अर्थ, यसको विधि र समय, साथै यसमार्फत प्राप्त हुने अनुग्रहको महत्वबारे शिक्षित गरियो।
उक्त पाष्टरल कार्यक्रम धर्मप्रान्तीय विकार रेभ. फादर कृष्ण श्रेष्ठको पाष्टरल नेतृत्वमा सम्पन्न भयो। स्थानीय पुरोहितहरू, डिकनहरू, धर्मप्रान्तीय कर्मचारीहरू तथा युवा नेतृत्वको सक्रिय सहयोगमा कार्यक्रम सञ्चालन गरिएको थियो। विशेष रूपमा, घरको वेदी (Home Altar) लाई “सानो चर्च” का रूपमा स्थापित गर्ने Orthodox परम्पराको महत्व र यस पवित्र परम्परालाई भावी पुस्तासम्म निष्ठापूर्वक हस्तान्तरण गर्ने पारिश नेतृत्वको जिम्मेवारीमाथि जोड दिइयो।
१६ देखि १९ जनवरी २०२६ सम्मको सम्पूर्ण अवधिभरि विश्वासीहरूले श्रद्धा, ध्यान र भक्तिसहित सहभागिता जनाउँदै आफ्ना चर्च, घरपरिवार तथा सम्पूर्ण परिवारमाथि सर्वपवित्र त्रिएकको अनुग्रह, आशीर्वाद तथा संरक्षणको याचना गरे।

“Orthodox परिवारहरूले घरको पवित्रीकरणलाई ‘सानो चर्च’ को रूपमा वैशेषिक मान्छन्, जहाँ प्रार्थना र ईश्वरीय आशीर्वादले दैनिक जीवनमा उपस्थित रहोस् भनी पादरीले पवित्र जल,धूप र प्रार्थनाबाट घर आशीर्वाद दिनुहुन्छ; यस परम्पराको अभ्यास Church (चर्च) को अनुपालनमा छ र यसले विश्वास र आध्यात्मिक जीवनलाई घरमा दैनन्दिन रूपमा जीवित राख्छ।

Address

Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Dioceses of Itahari -we adhere to Orhtodox Faith posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share