25/01/2026
सम्पूर्णमा जयमसीह अनि नमस्कार ।
म एल्डर आनन्द राई, ज्योति चर्च, इटहरी
हाम्रो यस मण्डली आफ्नै स्थायी भवन बिना परमेश्वरको सेवामा निरन्तर समर्पित रहँदै आइरहेको छ । यस अवस्थाले परमेश्वरको दीर्घकालीन सेवाकार्य विस्तारमा नीकै चुनौतीहरू उत्पन्न गरिरहेको छ ।
त्यसैले इटहरी–३ स्थित गत वर्ष जमिन खरिद गरी हाल मण्डली भवन निर्माण कार्य प्रारम्भ गरिरहेका छौं ।
तर सानो र आत्मनिर्भर मण्डली भएको कारण आर्थिक अभाव भई निर्माण कार्यमा असहजता भईरहेको छ ।
यसकारण यस पवित्र सेवामा तपाईंहरूको अमूल्य प्रार्थना सहित आर्थिक तथा भौतिक सहयोगकोे लागि हार्दिक अनुरोध गर्दछौं ।
२ कोरिन्थी ९:७
अनि हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरेबमोजिम देओस्, इच्छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।
यहाँहरुलाई परमेश्वरे आशिष दिनुभएको होस् ।
धन्यवाद