Jyoti Church Itahari

Directions Contact the place of worship

Jyoti Church Itahari Again Jesus spoke to them, saying, “I am the light of the world. Whoever follows me will not walk in darkness, but will have the light of life.” John 8:12

आजको दिन येशू ख्रीष्ट को पुनरुत्थानको सम्झना गर्ने पवित्र दिन हो।क्रुसको पीडा पछि आएको विजय मृत्युमाथि जीवनको जीत ! “उहा...
05/04/2026

आजको दिन येशू ख्रीष्ट को पुनरुत्थानको सम्झना गर्ने पवित्र दिन हो।
क्रुसको पीडा पछि आएको विजय
मृत्युमाथि जीवनको जीत !
“उहाँ यहाँ हुनुहुन्न; उहाँ जीवित हुनुभएको छ।” (लुका 24:6)

पुनरुत्थानको यो पवित्र अवसरमा येशू ख्रीष्ट को जीवित आशाले तपाईंको जीवन भरियोस् !

07/03/2026

यहाँहरुको निरन्तर प्रार्थना र आर्थिक भौतिक सहयोगका कारण हाम्रो मण्डली भवन निर्माण प्रक्रियामा छ । अब छाना, प्लस्टर, ढलाई तथा अन्य कामहरु बाँकि नै छ यसकारण यहाँहरुको निरन्तर प्रार्थना सहितको आर्थिक भौतिक सहयोगको अपेक्षा गर्दछौं ।

२ कोरिन्थी ९:७ अनि हरेक मानिसले आफ्‍नो मनमा सङ्कल्‍प गरेबमोजिम देओस्, इच्‍छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्‍छ।

सम्पुर्ण सहयोगी हातहरु प्रति हामी ज्योति चर्च इटहरी कृतज्ञ छौं ।
जयमसीह नमस्कार ।

हाम्रो चर्च भवन निर्माण कार्य प्रगतिमा छ। सहयोग गर्ने प्रत्येक हात र प्रार्थनामा साथ दिनुहुने सबैलाई हृदयदेखि धन्यवाद। 🙏...
13/02/2026

हाम्रो चर्च भवन निर्माण कार्य प्रगतिमा छ। सहयोग गर्ने प्रत्येक हात र प्रार्थनामा साथ दिनुहुने सबैलाई हृदयदेखि धन्यवाद। 🙏
अझ धेरै काम बाँकी छ, त्यसैले कृपया हामीलाई आफ्नो प्रार्थनामा सम्झिरहनुहोस्।

“यदि परमप्रभुले घर नबनाउनुभएको भए, बनाउनेहरूको परिश्रम व्यर्थ हुन्छ।” (भजनसंग्रह १२७:१)

25/01/2026

सम्पूर्णमा जयमसीह अनि नमस्कार ।
म एल्डर आनन्द राई, ज्योति चर्च, इटहरी
हाम्रो यस मण्डली आफ्नै स्थायी भवन बिना परमेश्वरको सेवामा निरन्तर समर्पित रहँदै आइरहेको छ । यस अवस्थाले परमेश्वरको दीर्घकालीन सेवाकार्य विस्तारमा नीकै चुनौतीहरू उत्पन्न गरिरहेको छ ।
त्यसैले इटहरी–३ स्थित गत वर्ष जमिन खरिद गरी हाल मण्डली भवन निर्माण कार्य प्रारम्भ गरिरहेका छौं ।
तर सानो र आत्मनिर्भर मण्डली भएको कारण आर्थिक अभाव भई निर्माण कार्यमा असहजता भईरहेको छ ।
यसकारण यस पवित्र सेवामा तपाईंहरूको अमूल्य प्रार्थना सहित आर्थिक तथा भौतिक सहयोगकोे लागि हार्दिक अनुरोध गर्दछौं ।

२ कोरिन्थी ९:७
अनि हरेक मानिसले आफ्‍नो मनमा सङ्कल्‍प गरेबमोजिम देओस्, इच्‍छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्‍छ।

यहाँहरुलाई परमेश्वरे आशिष दिनुभएको होस् ।
धन्यवाद

21/12/2025

🎄✨ क्रिसमसको खुशी नृत्यमा व्यक्त गर्दै!येशू जन्मनुभयो हामी सबैका लागि आशाको उपहार।

01/01/2025

यशैया ४३:१८-१९
१८. “बितेका कुराहरूलाई भूल, उहिलेका कुराहरूलाई विचार नगर।
१९. हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्‍यो अब हुन आउँछ। के तिमीहरू त्‍यो देख्‍दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु।

26/12/2024
26/12/2024
‘‘आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ।’’ (लूका २ः११)सारा संसारक...
23/12/2024

‘‘आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ।’’ (लूका २ः११)

सारा संसारका एक मात्र मुक्तिदाता प्रभु येशु ख्रीष्टको जन्मोत्सव तथा नया वर्ष सन् २०२५ को उपलक्ष्यमा देश तथा विदेशमा रहनु भएका सम्पुर्ण दाजुभाई तथा दिदी बहिनीहरु साथै समस्त मण्डली परिवारमा सुख, शान्ति, प्रेम र एकता तथा उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक श्भकामना व्यक्त गर्दछौं ।
- ज्योति चर्च इटहरी, परिवार

25/09/2024

Day out with JCIYF @ Vedetar

Address

Itahari
56705

Website

Alerts

Be the first to know and let us send you an email when Jyoti Church Itahari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Jyoti Church Itahari:

Shortcuts

Share

Category