Gospel Church

Gospel Church Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gospel Church, Religious organisation, gorkha, chhoprak, Gorkha.

07/01/2022

परमेश्‍वरको नजिक हुनुहोस्‌

के परमेश्‍वर अफसोस गर्नुहुन्छ?

न्यायकर्त्ता २:११-१८

असिद्ध भएकोले हामी मानिसजाति बेलाबेलामा पछुताउँछौं। जस्तै:- गल्ती गरेको महसुस भएपछि हामी पछुताउँछौं। यहोवा पनि पछुताउनुहुन्छ अथवा अफसोस गर्नुहुन्छ भनेर बाइबलमा उल्लेख गरिनु रोचक छ। ‘तर परमेश्‍वर त सिद्ध हुनुहुन्छ,’ तपाईं भन्‍नुहोला। ‘उहाँ कदापि गल्ती गर्नुहुन्‍न।’ त्यसोभए, कुन अर्थमा परमेश्‍वर अफसोस गर्नुहुन्छ? यसको जवाफले हामीलाई श्रद्धेय भय जगाउने जानकारी बुझ्न मदत गर्न सक्छ: यहोवाका पनि भावना छन्‌ र हामी आफ्नो बेहोराबाट उहाँको भावनामा असर पार्न सक्छौं। न्यायकर्त्ता २:११-१८ मा रेकर्ड गरिएका यी शब्दहरू विचार गर्नुहोस्‌।

न्यायकर्त्ताको पुस्तकमा इस्राएल राष्ट्रले भोगेको अशान्त अवस्थाबारे वर्णन गरिएको छ। यहोवाले अब्राहामलाई दिने प्रतिज्ञा गरेको मुलुक कनानमा इस्राएलीहरू बसेका थिए। यसपछिका शताब्दीहरूमा इस्राएलीहरूले देखाएको बेहोराको एउटा क्रम नै चलिरह्‍यो। तिनीहरूको बेहोराको त्यो क्रमिक चक्रलाई छोटकरीमा यस्तो थियो भन्‍न सकिन्छ: परित्याग, थिचोमिचो, अन्तरबिन्ती र छुटकारा।*

परित्याग। कनानीहरूको प्रभावमा परेर इस्राएलीहरूले ‘यहोवालाई त्यागे’ र अन्य देवताको पछि लाग्न थाले। त्यसमा पनि विशेषगरि “बाल र अश्‍तारोतलाई” पुज्न थाले।* त्यसरी यहोवाको उपासना परित्याग गर्नु नै धर्मत्याग हुन गयो। त्यसकारण, तिनीहरूलाई मिश्रबाट छुटाएर ल्याउने परमेश्‍वर यहोवा तिनीहरूसित “क्रोधित” हुनु अनौठो होइन।—पद ११-१३; न्यायकर्त्ता २:१.

थिचोमिचो। पीठ फर्काउनेहरूप्रति यहोवाले धार्मिक क्रोध प्रकट गर्दै आफूले दिएको सुरक्षा हटाउनुहुने थियो। त्यसपछि इस्राएलीहरू “शत्रुहरूका हातमा” पर्ने थिए र शत्रुहरूले लुटपाट मच्चाउने थिए।—पद १४.

अन्तरबिन्ती। अत्यन्तै दुःख पाएपछि आफ्नो गल्तीको पछुतो गर्दै इस्राएलीहरू मदतको लागि यहोवालाई पुकार्थे। “अत्याचारमा पर्दा . . . तिनीहरूले सुस्केरा मार्दथिए” भन्‍ने अभिव्यक्‍ति तिनीहरूले अन्तरबिन्ती गरेको संकेत हुन सक्छ। (पद १८) परमेश्‍वरलाई अन्तरबिन्ती गर्नु क्रमिक चक्रको भाग थियो। (न्यायकर्ता ३:९, १५; ४:३; ६:६, ७; १०:१०) अनि परमेश्‍वरले कसरी जवाफ दिनुभयो?

छुटकारा। यहोवाले इस्राएलको सुस्केरा सुन्‍नुहुन्थ्यो र “दया गर्नुहुन्थ्यो।” यहाँ प्रयोग गरिएको हिब्रू शब्दलाई “अफसोस गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ। (उत्पत्ति ६:६ तुलना गर्नुहोस्‌) अनि उक्‍त हिब्रू शब्दलाई “अफसोस गर्नु” भनेर अनुवाद गरिंदा यसको अर्थ “मन बदल्नु वा विचार बदल्नु” हुन्छ। (प्रस्थान ३२:१४ तुलना गर्नुहोस्‌) एउटा पुस्तकअनुसार “यहोवा तिनीहरूको सुस्केरा सुनेर दयाले भरिनुभयो र तिनीहरूको सजाय माफी गरेर छुटकारा दिनुभयो।” दया देखाउँदै यहोवाले ‘तिनीहरूमाथि न्यायकर्ता खडा गर्नुहुन्थ्यो’ र यी न्यायकर्ताले उहाँका प्रजालाई शत्रुहरूको हातबाट छुटाउँथे।—पद १८.

परमेश्‍वरले अफसोस गर्नुभएको वा मन बदल्नुभएको कारण के तपाईंले बुझ्नुभयो? प्रजाहरूको मनोवृत्ति परिवर्तन भएकोले उहाँले त्यसो गर्नुभयो। यो कुरालाई यसरी सोच्नुहोस्‌: एक जना मायालु बुबाले गल्ती गरिरहने बच्चालाई अनुशासन दिन्छन्‌। सायद उसलाई मन परेको कुनैकुनै काम गर्न बन्देज लगाउन सक्छन्‌। तर बच्चाले साँच्चै पछुतो मानेको देखेपछि बुबाले माफी दिने निर्णय गर्छन्‌।

यो विवरणबाट यहोवाबारे हामी के सिक्न सक्छौं? जानाजानी गल्ती गर्दा उहाँलाई रिस उठ्‌छ तर पश्‍चात्ताप गर्दा उहाँ दया देखाउनुहुन्छ। हाम्रो बेहोराले यहोवाका भावनाहरूमा असर पुग्न सक्ने भएकोले यसबारे गम्भीरतासाथ सोच्नुपर्छ। यहोवाको “हृदयलाई आनन्दित” तुल्याउने तरिका सिक्नुभए कसो होला? (हितोपदेश २७:११) तपाईं कहिल्यै पछुताउनुपर्ने छैन।

01/01/2022

एफिसी 5:15-17
यसैले कसरी हिँड्‌छौ ध्‍यानसँग हेर– निर्बुद्धि मानिसजस्‍तो होइन, तर बुद्धिमान्‌जस्‍तो।
समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।
यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्‍छा के छ, सो बुझ।

01/01/2022

Happy New Year 2022

24/12/2021

हेरन आकासमा ताराको उज्यालो # Christmas Song # Nepali Christmas songBELIEVERS EASTERN CHURCH © GFA Publication,GPO Box 4272,kathmandu,Nepal nara84@hotmail....

क्रिसमस एउटा खोज्ने समय हो !
23/12/2021

क्रिसमस एउटा खोज्ने समय हो !

BELIEVERS EASTERN CHURCH We Broadcast the 15 minutes atmik yatra nepali programs. यो आत्मिक यात्रा कार्यक्रम WhatsApp मोबाइल बाट पनि सुन्न र डाउनलोड गर्न ...

क्यारल खेल्नुभयो? कस्तो हुँदै छ त? यो जाडोमा -°c मा पनि येशु जन्मनुभएको खुसियालीमा यो सुसमचार सबैलाइ बाढदै हिडनुभएको छ ह...
21/12/2021

क्यारल खेल्नुभयो? कस्तो हुँदै छ त? यो जाडोमा -°c मा पनि येशु जन्मनुभएको खुसियालीमा यो सुसमचार सबैलाइ बाढदै हिडनुभएको छ है? परमेस्वरले तपाइलाइ आशिष् दिनुभएको होस। यो बर्ष क्यारल मात्र नखेलौ बरु येशुमा नया आत्माहरु बचाउन सहायता गरौ। "र हाम्रो धन्‍यको आशा– हाम्रा महान्‌ परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौं। तीतस २:१३।"




के तपाइँ खुशी हुनुन्छ ? के तपाइले परमेस्वरलाई दिनुपर्ने समय दिइरहनु भएको छ त? मण्डलीले तपाइको निम्ति निरन्तर प्रार्थना ग...
05/12/2021

के तपाइँ खुशी हुनुन्छ ? के तपाइले परमेस्वरलाई दिनुपर्ने समय दिइरहनु भएको छ त? मण्डलीले तपाइको निम्ति निरन्तर प्रार्थना गरिरहेको छ l

17/10/2021

Dancing is usually thought of as a secular activity. It's something people do to have fun and express themselves at nightclubs and parties. Usually our church gospel used to praise God through dance 💃

"It tells you in the Bible, you can praise the Lord through dancing," said the church's director of dance ministry - Psalms 149:3. "David praised the Lord through dancing."

जेनेरोसिटी मण्डली गोरखाका पास्टर श्री इश्वर नेपालीका हजुरबुबा र आदरणीय अगुवा श्री खम बहादुर नेपालीको बुबा स्व. गद्द बहाद...
05/08/2021

जेनेरोसिटी मण्डली गोरखाका पास्टर श्री इश्वर नेपालीका हजुरबुबा र आदरणीय अगुवा श्री खम बहादुर नेपालीको बुबा स्व. गद्द बहादुर नेपाली २०७८-०४-१९ गतेका दिन भरतपुर अस्पततालमा उपचारको क्रममा प्रभुमा विश्राम लिनुभएको छ। मण्डलीको एउटा सदस्यमात्र नभएर उहाँ हाम्रो अभिभावक पनि हुनुहुन्थियो। सोकाकुल परिवारमा इश्वरले धैरेधारण गर्ने शक्ति दिनुभएको होस ।
- मण्डली परिवार

19/07/2021

God will heal your sickness through patience grace. Be hope with him and hold your prayer continuously with God.

09/07/2021

मण्डली आराधना झुण्डले के गर्ने?
मन्डलीका आराधना झुन्ड भनेको बिस्वासिहरुलाइ प्रभुको नझिक पुराउने झुन्ड हो। जब गितार, बाजागाजा बजाएर प्रभुको प्रसम्सा गर्न सुरु हुन्छ तब बिस्वासिहरु आराधनामा लिप्त भइ प्रभुको नजिक पुग्न सफल हुन्छन त्यसैले आराधना झुन्ड जहिले पनि प्रभुमा समर्पित हुनु आवश्यक छ। जब आराधनालाइ लिड गर्ने प्रभुका छोराले आफुलाइ मन पर्ने र जुन गित वा भजनमा आफ्नो राम्रो स्वर निकाल्न सक्छ हो त्यही गाउन सुरु गर्छ तब त्यहा प्रभुको भन्दापनि आफ्नै प्रसम्सा गरेको ठहरिन्छ । जब आफुलाइ मात्र गाउन आउने भजन वा गित गाइन्छ तब सम्पुर्ण बिस्वासिले गितमा भन्दापनि गाउने ब्यक्तिलाइ बढी समय दिन सुरु गर्छन त्यसैले सकेसम्म बिस्वासी सबैलाइ गाउन आउने भजन गाउदा सबैले त्यो भजनमार्फत प्रभुको प्रसम्सा गरिरहेका हुन्छन। स्तुती प्रसम्साको समयमा अन्य भजन भन्दापनि विशेष प्रकारको आराधनामा गाइने भजन सिकेर गाउनु राम्रो हुन्छ। स्तुतीप्रसम्सा लिडगर्ने लिडले स्तुतिको समयलाइ विशेष बनाउन बाइबलका पदहरु बाचन गर्नु पनि राम्रो हुन्छ।
माथी उल्लेखित टिप्सहरु सामाजिक संजालबाट लिगिएको हो।

08/07/2021

Inspiration
Have you ever seen a sheep pacing in the fields with worry and living uptight? They’re always at ease, yet sheep are for the most part defenseless. They can’t run fast and don’t have sharp teeth. They rely on the shepherd to take care of them. The shepherd keeps the wild animals away, shows them which way to go, and keeps them from danger. Sheep don’t worry, knowing that as long as the shepherd is there, everything will be fine.

We can take a lesson from sheep. Stay calm, for the Good Shepherd is watching over you, guiding you, protecting you. Yes, there will be some wolves in your path, some attacks, some things you don’t understand. Don’t fall apart or start complaining. Stay in peace. You don’t have to get all worked up. The Good Shepherd will fight your battles. He’ll lead you into the green pastures and restore your soul. You may go through some valleys, some difficult times, but you don’t have to fear any evil. The Lord your God is with you.

Prayer
“Father, thank You that You are my Good Shepherd, and You lead me to green pastures and restful waters. Thank You that even though I walk among wolves, You are protecting me, guiding me, and keeping me from danger. I declare that I am resting in You. In Jesus’ Name,
Amen

Address

Gorkha, Chhoprak
Gorkha

Opening Hours

Monday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9779815163628

Website

Alerts

Be the first to know and let us send you an email when Gospel Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Gospel Church:

Share