27/11/2018
!मनकामना मन्दिर भित्र पुजा गर्न भक्तजन को लागि खुल्ला!
अब मिति २०७५ मंसिर १२ गते बुधवार बाट मनकामना मन्दिरमा सबै भक्तजनहरुले मन्दिर भित्र नै दर्शन गर्न पाउने छन । मुल मन्दिरको काम केही समय अगाडि नै सकिय पनि मन्दिरको आँगन मा ढुङ्गा छाप्ने , मन्दिरलाई कम्पाउन्डिङ्ग गर्ने काम बाँकि रहेकोले केही समय भक्तजन ले पर्खनु परेको हो। तर अहिले मन्दिरको कम्पाउडिङ्ग को काम सकि सकेको र आँगनमा ढुङ्गा छाप्ने काम आन्तिम चरण मा पुगेको ले भक्तजनहरुलाई मन्दिर भित्र पुजा गराउन सहज भयको र सबै भक्तजनहरु मुल मन्दिरमा पुजा गर्न आतुर रहेकोले मन्दिर खोल्न लागेको हो।
मुल मन्दिरको काम सकिय पनि मन्दिरको लागि केही आबसेक सम्रचनाहरु (मन्दिरको पश्चिम पट्टिको भागमा सुरक्षा पर्खाल , पुजरी कक्ष , भजन मन्डल, धर्मसाला आदि)बनाउन भने अझै बाँकी नै रहेको छ। मन्दिरको छानामा १८ के जी को सुनको जलब लगाई पुरानै कलाशैलिमा तयार भयको सुनौलो नयाँ मन्दिर भब्य र सानदर बनेको छ । सम्पुर्ण भक्तजनहरुको सहयोग बाट नै मन्दिर पुनर्निर्माण कार्य सम्पन्न भयको हो। केही कामहरु बाँकिनै रहेको ले र सहयोग को क्रम अझै जारिनै रहेको हुँदा सहयोगि दाताहरुलाई सम्मान तथा मन्दिर पुनर्निर्माण सम्पन समारोह भने केही समय पछि हुने छ । साथै सम्पुर्ण सहयोगी दाताहरुलाई मनकामना मन्दिर जिर्णोद्वार समिति हर्दिक धन्यवाद व्यक्त गर्दै सम्पुर्ण भक्तनले मनले इच्छायको पूरा गरून् भन्दै मनकामना मता संग कामना पनि गर्द्छौ।।।
! जई माता मनकामना !
श्री मनकामना मन्दिर जिर्णोद्वार समिती
मनकामना