श्री गोरक्ष सिद्वरत्ननाथ मठ चौघेरा,दाङ

  • Home
  • Nepal
  • Ghorahi
  • श्री गोरक्ष सिद्वरत्ननाथ मठ चौघेरा,दाङ

श्री गोरक्ष सिद्वरत्ननाथ मठ चौघेरा,दाङ घोराही उपमहानगरपालिका-१७, रत्नपुर (चौघेरा), दाङ, नेपाल

27/08/2026

जनैपूणिर्मा का अवसरमा कालिरोटी महाप्रसाद वितरण गरिने दाङ चौघेरा स्थित श्री गोरक्षपात्रदेवता सिद्धरत्ननाथ मठ मा पर्व को शुभ अवसरमा नाथ सम्प्रदाय ले ग्रहण गर्ने पवित्र जनेउ (जनैः पञ्चतत्व जनाउने यज्ञपवित्र धागो) बुन्दै साधु ।
यहाँ एकादशी बाट नाथ योगीहरूले नै चौबिसै घण्टा पकाउने महाप्रसाद कालिरोटी आज पनि निरन्तर तैयार गरिदै छ ।

जनैपूणिर्मा का अवसरमा कालिरोटी महाप्रसाद वितरण गरिने दाङ चौघेरा स्थित श्री गोरक्षपात्रदेवता सिद्धरत्ननाथ मठ मा पर्व को श...
27/08/2026

जनैपूणिर्मा का अवसरमा कालिरोटी महाप्रसाद वितरण गरिने दाङ चौघेरा स्थित श्री गोरक्षपात्रदेवता सिद्धरत्ननाथ मठ मा पर्व को शुभ अवसरमा नाथ सम्प्रदाय ले ग्रहण गर्ने पवित्र जनेउ (जनैः पञ्चतत्व जनाउने यज्ञपवित्र धागो) बुन्दै साधु ।
यहाँ एकादशी बाट नाथ योगीहरूले नै चौबिसै घण्टा पकाउने महाप्रसाद कालिरोटी आज पनि निरन्तर तैयार गरिदै छ ।
जनैपूणिर्मा कालिरोटी महाप्रसाद ग्रहण का लागि भक्तजनको उपस्थिति प्रार्थनीय छ ।

तस्बिरः माधव के.सी.

 #मङ्गलवार: राष्ट्रगुरु महायोगी गोरक्षनाथको विशेष आराधना एवं रोट महाप्रसादको महिमा  #संक्षिप्तवैशाखी - शिव- पूर्णिमा तिथ...
28/07/2026

#मङ्गलवार: राष्ट्रगुरु महायोगी गोरक्षनाथको विशेष आराधना एवं रोट महाप्रसादको महिमा #संक्षिप्त

वैशाखी - शिव- पूर्णिमा तिथि- वरे वारे शिवे मङ्गले,
लोकानुग्रह- विग्रहः शिव- गुरुर्गोरक्षनाथोऽभवत् ।
गोरक्षाचल- गह्वरात् सुरुचिरात् कैलास- दक्षात् कृते.
तस्मान्मङ्गल - वासरे कृतिजनै रोट- प्रथा स्थापिता ॥
शिवः श्रीगोरक्षोऽभवदखिल-गोरक्षणकृते ।
हरिः श्रीगोपालोऽभवदखिल- गोपालनकृते ॥

गौ= इन्द्रिय पृथ्वी गाई श्रुति स्मृति प्रभृति सवै गाईको रक्षा
गर्न शिवले गोरक्षनाथको अवतार लिनु भो हरिले गोपालको ।

सत्य युगमा वैशाखी पूर्णिमा तिथिमा मङ्गलमय मङ्गल वार
पारेर लोकानुग्रहका लागी द्वादशाब्दिक बाल भास्कर तुल्य
बालगोरक्षनाथका रुपमा शिवले अवतार लियेर राष्ट्रगुरु भयेर
गोर्खा रााष्ट्रको स्थापना गर्नु भयो । कैलास मानसरोवर देखि
दक्षिण पक्षमा गण्डकी नगमालाका भालस्थलमा धर्मावती
गण्डकी र वृद्धगण्डकी मध्यस्थ पञ्चधार उपकैलास पर्वतका
कैलासकुट गुहावाट प्रकट भयेर प्रकृति रुचिर गोर्खा प्रर्वतलाई
झन् तिर्थ धामका महिमाले रुचिरतम पवित्र पारेर समस्त
गो जातीको रक्षा गरेर विश्वमा प्रख्यात पार्नु भयो । तेसैले |
मङ्गलवारमा समस्त गोर्खा जातिले शिवावतार गोरक्षनाथको
विशेष पूजा गर्ने र रोट(भुमरेर ताइ रोट) चढाउने चलन

चलाये । युद्ध यात्रा आदि सवै शुभयात्रा गर्दा सवालाख रोटले
महापूजा गरेर यात्रा गर्ने र रोट प्रसाद झोलामा बोकेर युद्ध
यात्रा तीर्थ यात्रा आदि पवित्र यात्रा गर्ने हुनाले पुण्यात्मा
भक्तजनले मङ्गलवारमा रोट चढाउने प्रथा स्थापित गरेका
छन् । विश्वविख्यात वीर गोर्खा जातीले जय गोरख ! जय
कालि ! भन्ने जयकारा लगायेर घरवाट प्रस्थान गरी सबै
यात्रा गर्ने र विश्वका कुना कुनामा ॐ द्यौर्मे पिता । माता
मे पृथिवी । पुत्रोऽहं पृथ्व्याः । भनेर सिङ्गै पृथ्वीलाई नै
मातृभूमि पितृभूमि पुण्यभूमि तीर्थभूमि भन्ने वैदिक प्रथा थामे
सप्तद्वीपा पृथ्वीका सातै समुद्रका पारी पुग्दा पनि गोर्खाली
शैली छोडेका छैनौं l #जयगुरुदेव 🙏📿🇳🇵

🔱जय जय गोरख जय जय काली 🕉️🙏
#हाम्रो_देश_दर्शन

श्री गोरक्ष पात्रदेवता सिद्वरत्ननाथ मठ चौघेरा,दाङका मठाधिश, पीरजी महाराज ज्यू लाई जन्म दिवसको शुभ अवसरमा सुस्वास्थ्य, चि...
26/07/2026

श्री गोरक्ष पात्रदेवता सिद्वरत्ननाथ मठ चौघेरा,दाङका मठाधिश, पीरजी महाराज ज्यू लाई जन्म दिवसको शुभ अवसरमा सुस्वास्थ्य, चिरायु एवम् आध्यात्मिक चैतन्य प्राप्तिको मङ्गलमय शुभकामना 🙏
ॐ आदेश🔱

श्री गोरक्ष प्रकट्य दिवसको हार्दिक निमन्त्रणा📍 स्थान: श्री गोरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठचौघेरा, दाङ📅 मिति: २०८३/१/१...
30/04/2026

श्री गोरक्ष प्रकट्य दिवसको हार्दिक निमन्त्रणा

📍 स्थान: श्री गोरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठ
चौघेरा, दाङ
📅 मिति: २०८३/१/१८ गते शुक्रवार ।।

परम पूज्य गुरु गोरखनाथजीको पावन प्रकट्य दिवसको शुभ अवसरमा श्री गोरक्षपात्र देवता सिद्ध रत्ननाथ मठको तर्फबाट विशेष धार्मिक तथा आध्यात्मिक कार्यक्रम आयोजना गरिएको छ।
यो पावन पर्व प्रत्येक वर्ष वैशाखी पूर्णिमा गोरक्ष प्रकट्य दिवसकै दिन श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदै आइरहेको छ। सामान्य रूपमा हेर्दा पनि यो दिन गुरु गोरखनाथजीप्रति श्रद्धा प्रकट गर्ने, धर्म र सदाचारको मार्गमा लाग्ने प्रेरणा लिने तथा समाजमा आध्यात्मिक चेतना फैलाउने महत्वपूर्ण अवसरका रूपमा मानिन्छ।

यस अवसरमा मठ परिसरमा भव्य रूपमा
🚩 धर्मध्वज फहराउने कार्यक्रम सम्पन्न गरिनेछ, जसले धर्म, सत्य र सदाचारको विजयको प्रतीक प्रस्तुत गर्दछ।

साथै,
🙏 गुरु गोरखनाथजीको महाप्रशादी (रोट प्रसादी)
वितरण गरिनेछ, जसलाई ग्रहण गर्दा श्रद्धालु भक्तजनहरूले आध्यात्मिक शान्ति, आशीर्वाद र पुण्य प्राप्त गर्ने विश्वास रहिआएको छ।

यस पवित्र दिनमा यहाँहरूको गरिमामय उपस्थितिले कार्यक्रमलाई अझै भव्य र सफल बनाउनेछ। अतः सम्पूर्ण श्रद्धालु भक्तजन, गुरुका अनुयायी तथा धर्मप्रेमी महानुभावहरूलाई उपस्थित भई #धर्मध्वज फहराउने कार्यक्रममा सहभागी हुन, गुरु गोरखनाथजीको दर्शन गर्न तथा महाप्रसादी ग्रहण गरी पुण्यलाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

आउनुहोस्, गुरु गोरखनाथजीको दिव्य आशिर्वाद प्राप्त गरौं, धर्मको मार्गमा अग्रसर बनौं र यस पावन उत्सवलाई एकता, श्रद्धा र भक्ति सहित भव्य रूपमा सफल पारौं।
ॐ आदेश🔱
🙏 जय गुरु गोरखनाथ! 🙏
🙏जय पात्र देवता भगवान🙏
🙏 जय सिद्ध पीर रत्ननाथजी महाराज 🙏
🙏जय ज्वाला महामाई 🙏
🙏जय पञ्चकोशी धाम🙏

https://youtu.be/LhFue7EDi08?si=Lz1VY5FV2K7aezpD
18/04/2026

https://youtu.be/LhFue7EDi08?si=Lz1VY5FV2K7aezpD

3 likes, 5 comments. "सिद्ध बाबा रतननाथ महाराज जी की पेशावर से बठिंडा तक की यात्रा (पात्र देवता विशेष) Har Shri Nath. "

ॐ आदेश आदेश श्री गोरक्ष पात्र देवता सिद्ध रत्ननाथ मठमा चित्रकार गुरु  योगी प्रभातनाथ जीको सम्झनामा यहि  मिति चैत २२ गते ...
06/04/2026

ॐ आदेश आदेश
श्री गोरक्ष पात्र देवता सिद्ध रत्ननाथ मठमा चित्रकार गुरु योगी प्रभातनाथ जीको सम्झनामा यहि मिति चैत २२ गते देखि १ महिने चित्रकला प्रशिक्षण कार्यक्रम सञ्चालन भैरहेको हुँदा इच्छुक बालबालिकाहरुलाइ सहभागिता गराइदिनु हुन अभिभावकहरुलाइ हार्दिक जानकारी गर्दर्छौं । धन्यवाद ।।
समय: बिहान ६ बजे देखि ७:३० सम्म
स्थान : मन्दिर परिसर

वटवृक्षचौघेरा मठ परिसरमा सदियौं देखि शोभायमान बगैचा ।तस्विरः अनुजा
05/04/2026

वटवृक्ष
चौघेरा मठ परिसरमा सदियौं देखि शोभायमान बगैचा ।
तस्विरः अनुजा

Address

घोराही दाङ
Ghorahi

Telephone

+9779847847837

Website

Alerts

Be the first to know and let us send you an email when श्री गोरक्ष सिद्वरत्ननाथ मठ चौघेरा,दाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share