Dahal Kul Puja

Dahal Kul Puja दहाल कुल पुजा बैतेश्वर-0३ मजुवा दोलखा ?

20/12/2025

कुल पुजाको मध्यान्हमा दहाल जेन्जिहरुको रमाइलो🇳🇵🇳🇵🇳🇵

12/12/2025

पुजा विशेष

09/12/2025

कुल पुजा २०८२

01/12/2025

🙏🙏 हार्दिक निमन्त्रणा 🙏🙏

दोलखा जिल्ला बैतेश्वोर गा.पा. वडा नम्बर ३ मजुवा दहाल बन्धुहरुको कुल पुजा (दिवाली)यहि मंसिर १८ गते हुने भएकाले सम्पुर्ण भाइ बन्धु, नातागाेता, पाहुना, इष्ट मित्र र आफन्तहरु कुल पुजामा सहभागी भै प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु 🙏🙏

09/06/2024

मस्ट बारेमा जान्नपर्ने केहि कुरा

१. महामस्ट भनेको महादेवलाई बुझिन्छ
२. मस्टमा १२ भाई मस्ट र ९ बहिनी भुवानीको पुजन गरिन्छ
३. मस्ट पुजा तन्त्र साधना द्वारा गरिन्छ
४. मस्ट परम्परामा पण्डित हुदैन त्यहा धामी परम्परा हुन्छ
५. धामी झाक्री परम्परा तन्त्र साधना अन्तर्गत हुन्छ
६. १२ भाई मस्ट मध्येमा महामस्ट भनेको शिव हुन् र शिव (रूद्र) को ११ वटा अवतार हो ! ठाउ र भाषा अनुसार उनीहरूको नाम अलग अलग ठाउमा अलग अलग भाषामा भिन्न भिन्न प्रकारले उठान गरिएको छ !
७. ९ भुवानी भनेको पार्वती (दुर्गा) को ९ रुप हुन् !
८. मस्टको माडौको नजिक सदैव मष्टको अंग अर्थात भवानीको थान हुने गर्दछ
९. ब्राह्मण, क्षेत्री, किराती, थारू हरेक समुदायमा मस्ट परम्परा विद्यमान छ
१०. धामी, झाक्री, झार, फुक, तन्त्र, मन्त्र, जादु, टुना, मोहनी आदि सबै मस्ट परम्परा भित्र पर्दछ ! मष्ट पुजा नै तन्त्र विधीमा आधारित छ !
११. सनातन परम्परामा तन्त्र र मन्त्र गरेर २ वटा शक्ती पुजन परम्परा रहेको छ
१२. मस्ट परम्परा र बोन परम्परा दुबैको रुप उस्तै छ र दुवै प्रकृति सग नजिक छन्
१३. हिन्दु परम्परामा मुर्ती (प्रतिमा) को नि पुजा हुन्छ, प्रकृतिको नि पुजा हुन्छ अनि कुल देवताको नि पुजा हुन्छ
१४. पान्चायाँन पुजन परम्परा अन्तर्गत गणेश, विष्णु, सूर्य, दुर्गा र शिव पर्दछन
१५. हरेक दिन हिन्दुले बिहान बेलुका घरमा पान्चायाँन पुजा र कुल पितृ पुजा गर्दछन
१६. यहि बिहान बेलुका गरिने पुजन परम्परामा मस्ट पद्धती नि पर्दछ
१७. हरेक जातीले देवाली पुजा गर्ने गर्दछन
१८. देवाली एवं गोठ पुजन पद्धती नै मस्ट पुजन पद्धती हो
१९. नेपालको पश्चिमी भागमा आज पनि कुल पूजालाई मस्ट पुजाको रूपमा मानिन्छ ! चण्डी पुर्णिमा कै दिन अधिकाम्सले कुल पुजा गर्ने गर्दछन !
२०. तर पूर्वीय भागमा मस्ट पूजालाई देवाली एवं गोठ धुप पुजन पद्धतीको रूपमा विकास भएको छ
२१. मस्टको माडौ लिप्नलाई गाईको गोबर र रातो माटोको प्रयोग हुन्छ
२२. मस्ट पुजन गर्नलाई आज पनि गाईको गोबरको कुण्ड बनाउने प्रचलन रहेको छ
२३. मस्ट परम्परामा नि पन्चगब्याको आफ्नै महत्व रहेको छ
२४. मस्ट परम्परा अवलम्बन गर्नेले गाईको बिरोध गर्नु भनेको आमालाई प्रेम गर्दा बाउलाई लात्ताले हान्नु जस्तै हो
२५. मस्ट परम्परा के हो भन्ने नै नबुझेकाहरूले आज मस्ट अभियन्ता बनेर हिडेको छन्
२६. त्यसैले मस्ट परम्परा आज विवादित बनेको छ
२७. खसान क्षेत्रमा आज पनि देवाली, गोठ धुप, कुल पुजा आदीलाई मस्ट पुजाको रूपमा लिईन्छ
२८. मस्ट परम्परामा गाईको पुच्छरको रौ को चम्मर, रुद्राक्ष माला, त्रिशुल, डमरू, टुप्पी आदिको विशेष महत्व हुन्छ
२९. महादेव र पार्वती पुजन परम्परा किरात धर्ममा नि सुम्निमा र पारूहांगको रूपमा विद्यमान छ
३०. महादेवको रुप शुन्यता पनि हो, भयङ्कर पनि छ
३१. त्यसैले मस्ट पुजन पद्धती पनि आफैमा रहस्यमय छ
जै मष्ट गोसाई !

Kul puja  2079
11/12/2022

Kul puja 2079

05/12/2022

🙏🙏 हार्दिक निमन्त्रणा 🙏🙏

दोलखा जिल्ला बैतेश्वोर गा.पा. वडा नम्बर ३ मजुवामा दहाल बन्धुहरुको कुल पुजा (दिवाली)यहि मंसिर २२ गते हुने भएकाले सम्पुर्ण भाइ बन्धु, नातागाेता, पाहुना, इष्ट मित्र र आफन्तहरु कुल पुजामा सहभागी भै प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु 🙏🙏

मष्टो भनेको हिन्दु धर्म अन्तर्गतकै एउटा सस्कार हो, सस्कृती हो र पुजा पद्धति हो । सुदुर पश्चिममा मात्रै होइन बशिस्ट गोत्र...
09/04/2021

मष्टो भनेको हिन्दु धर्म अन्तर्गतकै एउटा सस्कार हो, सस्कृती हो र पुजा पद्धति हो । सुदुर पश्चिममा मात्रै होइन बशिस्ट गोत्रीय भट्टराईहरुले पनि मष्टको पुजा गर्छन। मष्ट भनेको शिबजीको गणहरु मध्ये प्रमुख गण हुन । पश्मिम नेपालमा जताततै मष्टका माण्डौ हुन्छ्न जहाँ त्रिशूल डमरु रुद्राक्ष चडाइन्छ । गाईको गोबरले लिपिन्छ। गाईकै दुधको पन्चामृत चडाईन्छ । पन्चगब्य चडाईन्छ भने मस्ट मान्नेहरु कसरी हिन्दु धर्मबाट अलगै भए ? हामी कोहि भ्रममा नपरौ । आफ्नो कुलधर्म चिनौ । हाम्रो पहिचान भनेको धर्म पनी हो । युनाईटेड मिसन टु नेपालले डलर छरेर हिन्दुहरुलाई फुटाउदैछ । हामी सचेत भए कसैको केहि लाग्दैन । बिदेशी धर्म अगालेर आफ्नो जन्म भएको हिन्दुदेश, हिन्दुधर्म र जन्मदिने हिन्दु आमा बाबुको घोर अपमान गरेर नर्कको बाटो तिर नलागौ । पानीमा चोबलेर धर्म परिवर्तन हुदैन मित्रहरु, धर्म भनेको जन्मदा देखिनै आत्माले धारण गरेर आएको चिज हो ।यदि हामी गैर हिन्दु हुन्थ्यौ भने हाम्रो जन्मपनी कृश्चियन या मुस्लिम देशमै हुन्थ्यो होला किन पशुपतिनाथको देशमा भयो यो सबैले बुझ्न जरुरी छ ।ॐ 🙏

I agree. copied from social media

Address

Mirge-07, Majuwa Dolakha
Dolakha

Telephone

+9779843275826

Website

Alerts

Be the first to know and let us send you an email when Dahal Kul Puja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share