Bethel EC Church

Bethel EC Church Evangelical Church
ख्रीष्टको प्रेममा केन्द्रित मण्डली ! Dharan-5, Nepal
हाम्रो आराधना संगतिमा प्रत्येक शनिबार बिहान १०:३० बजे तपाईंलाई सहभागी हुन स्वागत छ।

25/07/2026

सार्वभौमिक सर्वज्ञ पितालाई
महिमा होस्।

पछिल्लो समयमा हाम्रा धेरै विश्वासीहरू विभिन्न स्वास्थ्य चुनौतीहरूबाट गुज्रिरहनुभएको छ। मण्डलीका बिरामी र स्वास्थ्य समस्य...
22/07/2026

पछिल्लो समयमा हाम्रा धेरै विश्वासीहरू विभिन्न स्वास्थ्य चुनौतीहरूबाट गुज्रिरहनुभएको छ। मण्डलीका बिरामी र स्वास्थ्य समस्यासँग संघर्ष गरिरहनुभएका प्रिय विश्वासीहरूलाई प्रार्थनामा सम्झना गर्नेछौं। 🙏

22/07/2026

Let them praise His name with dancing ~ Psalm 149:3

20/06/2026

परमेश्वरको प्रेम, शान्ति र उपस्थितिको स्पर्श अनुभव गर्नुहोस्।
हाम्रो ढोका सबैका लागि खुला छ। तपाईंलाई हार्दिक स्वागत छ।
Bethel EC Church, Dharan-5

बुबा मन बहादुरको आशिषित घर अर्पण।बुबाले असल गवाही दिनुभयो—उहाँका छोरीहरू र नाति–नातिनीले हातमा हात मिलाउँदै, उहाँले दुःख...
06/06/2026

बुबा मन बहादुरको आशिषित घर अर्पण।
बुबाले असल गवाही दिनुभयो—उहाँका छोरीहरू र नाति–नातिनीले हातमा हात मिलाउँदै, उहाँले दुःख गरेर सुरु गर्नुभएको त्यो घर आज सम्पन्न भएको छ। त्यो घर अर्पणको क्षण साँच्चै विशेष रह्यो, किनकि त्यो सन्तानहरूको परिश्रम र एकताको फल हो।
परमेश्वरले सम्पूर्ण परिवारलाई आशिष् दिऊन्।

हातमा हात मिलाई गरौं समर्पण,सम्पूर्ण परिवारले परमेश्वरको सेवा गर्ने।“तर म र मेरो घरानाचाहिँ परमप्रभुको सेवा गर्नेछौं।”~ ...
06/06/2026

हातमा हात मिलाई गरौं समर्पण,
सम्पूर्ण परिवारले परमेश्वरको सेवा गर्ने।
“तर म र मेरो घरानाचाहिँ परमप्रभुको सेवा गर्नेछौं।”~ (यहोशू २४:१५)
हामीबीच आज परमेश्वरका महान् दास यहोशू नभए पनि, हाम्रा आदरणीय मण्डलीका गोठालो, हाम्रा पास्टर बुवाले यो प्रतिज्ञालाई परमेश्वरको हातमा सुम्पँदै हामी सबैका लागि प्रार्थना गर्नुभयो।

परिवारको रूपमा परमेश्वरको सेवा गर्नु भनेको अनिवार्य रूपमा पूर्णकालीन सेवकाइमा हुनु मात्र होइन; बरु हाम्रो जीवनका हरेक पक्षमा उहाँलाई आदर गर्नु हो—उहाँको विश्वासयोग्यता सम्झनु (यहोशू २४:१७–१८), उहाँ पवित्र हुनुहुन्छ भनेर पवित्रतामा लागिरहनु (यहोशू २४:१९), र हामीलाई उहाँबाट टाढा लैजाने सबै मूर्तिहरूलाई हटाउनु (यहोशू २४:२३) हो।

हे प्रभु, हामीमाथि दया गर्नुहोस्, र आज तपाईंको सामु गरेका प्रतिज्ञाहरू अनुसार जिउन हामीलाई सहायता गर्नुहोस्।

खुसीका साथ हामी रेव. बाबा आमा को छोरी तथा मण्डलीको प्रिय छोरी हन्ना र काइलेनको पवित्र वैवाहिक बन्धनको उत्सव मनाउँछौं 🤍वि...
04/05/2026

खुसीका साथ हामी रेव. बाबा आमा को छोरी तथा मण्डलीको प्रिय छोरी हन्ना र काइलेनको पवित्र वैवाहिक बन्धनको उत्सव मनाउँछौं 🤍
विश्वास र प्रेममा जोडिएको यो सम्बन्धमा परमेश्वरको अनुग्रह सधैं रहोस्।
हाम्रो नयाँ चर्च भवनमा सम्पन्न भएको पहिलो विवाह ; जसरी यो मण्डली परमेश्वरको महिमाका लागि समर्पित छ, त्यसरी नै यो वैवाहिक जीवनले पनि उहाँलाई महिमा दिओस्।

“परमेश्वरले जोडेका कुरा मानिसले नछुटाओस्।” – मर्कूस १०:९ ✨

14/04/2026

यसरी स्वागत गरौँ नयाँ साल।
नयाँ वर्षको शुभकामना।❤️

हे परमेश्वर,
नयाँ वर्षको यस सुन्दर आरम्भमा हामी तपाईंलाई धन्यवाद दिन्छौँ।
गत वर्षभरि तपाईंले दिनुभएको रक्षा, माया र अनुग्रहका लागि हामी हृदयदेखि कृतज्ञ छौँ।

Address

Jharna Chowk, Deurali
Dharan

Opening Hours

Monday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Bethel EC Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share