Bethel EC Church

Directions

Bethel EC Church Evangelical Church
ख्रीष्टको प्रेममा केन्द्रित मण्डली ! Dharan-5, Nepal
हाम्रो आराधना संगतिमा प्रत्येक शनिबार बिहान १०:३० बजे तपाईंलाई सहभागी हुन स्वागत छ।

हामीले हाम्रा दुई छोरी मण्डलीहरू- बेथेल रेलवे र बेथेल मधुमल्लासँग आशीषमय संगति गर्ने अवसर पायौँ। हरेक वर्षझैँ यस वर्ष पन...
27/09/2026

हामीले हाम्रा दुई छोरी मण्डलीहरू- बेथेल रेलवे र बेथेल मधुमल्लासँग आशीषमय संगति गर्ने अवसर पायौँ। हरेक वर्षझैँ यस वर्ष पनि हामी एकै परिवारको रूपमा भेला भई आराधना, संगति र एकताको आनन्द मनायौँ।

हामीले प्रभुभोजमा पनि सहभागी भयौँ, ख्रीष्टको शरीरलाई सम्झँदै उहाँमा एउटै शरीरका रूपमा रहेको हाम्रो एकतालाई मनन गर्‍यौँ।

तीनवटै मण्डलीका बालबालिका लागि विशेष रूपमा आशीर्वादको प्रार्थना पनि गर्‍यौँ।

बिहान, एल्डर पदमद्वारा हाम्रो नयाँ चर्च पुल तथा सिँढीको उद्घाटन भएको देख्ने अवसर पनि पायौँ।

समग्रमा, यो आराधना, एकता, उत्सव र परमेश्वरको निरन्तर विश्वासयोग्यताका लागि धन्यवाद चढाउने सुन्दर दिन रह्यो।

आज बिहानको उपवास प्रार्थनाको समयमा हाम्रो Sunday School का नानीहरूले एकान्तमा बसेर आफ्ना-आफ्ना आमाबुबाका लागि प्रार्थना ...
26/09/2026

आज बिहानको उपवास प्रार्थनाको समयमा हाम्रो Sunday School का नानीहरूले एकान्तमा बसेर आफ्ना-आफ्ना आमाबुबाका लागि प्रार्थना गरेको समय। ती साना-साना प्रार्थनाहरूमा आफ्ना आमाबुबाप्रतिको गहिरो प्रेम झल्कियो।

19/09/2026

येशू हिँड्ने गोरेटो अब म पनि सधैँ हिँड्नेछु। बाधाहरू आए ता पनि ख्रीष्टको निम्ति अघि बढ्नेछु।
Hearts lifted in worship. 🙏

Happy Father’s Day to our beloved fathers of the church! ❤️परमेश्वरले तपाईंहरूको जीवन र तपाईंहरूले गर्नुहुने हरेक कार्यम...
12/09/2026

Happy Father’s Day to our beloved fathers of the church! ❤️
परमेश्वरले तपाईंहरूको जीवन र तपाईंहरूले गर्नुहुने हरेक कार्यमा नयाँ अनुग्रह र आशिष् थपिदिनुभएको होस्।

हाम्रा दुई प्रिय बाबा, मण्डलीका गोठालाहरूलाई Happy Father’s Day! ख्रीष्टको प्रेममा मण्डलीलाई प्रेम गर्दै, सबैलाई एकतामा ...
11/09/2026

हाम्रा दुई प्रिय बाबा, मण्डलीका गोठालाहरूलाई Happy Father’s Day! ख्रीष्टको प्रेममा मण्डलीलाई प्रेम गर्दै, सबैलाई एकतामा गाँस्दै नम्रतापूर्वक सेवा गरिरहनुभएकोमा हामी हृदयदेखि नै कृतज्ञ छौँ। तपाईंहरूको जीवन र सेवाका लागि परमेश्वरलाई धन्यवाद। ❤️ We love you.

बाढी–पहिरोमा ज्यान गुमाउनुभएका सम्पूर्ण दाजुभाइ-दिदीबहिनीहरूप्रति बेथेल चर्च परिवार गहिरो दुःख व्यक्त गर्दछ। यस विपत्तिम...
29/08/2026

बाढी–पहिरोमा ज्यान गुमाउनुभएका सम्पूर्ण दाजुभाइ-दिदीबहिनीहरूप्रति बेथेल चर्च परिवार गहिरो दुःख व्यक्त गर्दछ। यस विपत्तिमा हाम्रा धेरै ख्रीष्टियन दाजुभाइ तथा दिदीबहिनीहरूले पनि ज्यान गुमाउनुभएको खबरले हामी अत्यन्त मर्माहत छौँ।

आज मण्डलीमा उहाँहरू सबैको सम्झनामा शोक व्यक्त गर्दै शोकाकुल परिवारहरूका निम्ति प्रार्थना गर्‍यौँ। प्रभुले हरेक शोकाकुल परिवारलाई सान्त्वना, शान्ति र सामर्थ्य प्रदान गरून्।

हाम्रो जीवनले कस्तो फल फलाइरहेको छ?
27/08/2026

हाम्रो जीवनले कस्तो फल फलाइरहेको छ?

24/08/2026

उपवास प्रार्थनाको समयमा प्रभुको स्तुति–आराधनामा मण्डलीका युवाहरू। ❤️✝️

Address

Jharna Chowk, Deurali
Dharan

Opening Hours

Monday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Bethel EC Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share