CHARIKOT CHRISTIAN CHURCH

CHARIKOT CHRISTIAN CHURCH Do everything in love.(1corinth 16:14)

31/03/2025
01/03/2025

Fellowship

21/01/2025
20/01/2025
18/01/2025

God is good all the time

03/12/2024

Praising the Lord Jesus

28/11/2024
27/11/2024

Praise the lord

आफ्नै जातका बाहेक अन्य जातकाले छुन हुँदैन भन्ने जातीय अहमताले गर्दा मरेको लास बोक्न समेत मान्छे पाएनन् । जातको अहङ्कारले...
03/09/2024

आफ्नै जातका बाहेक अन्य जातकाले छुन हुँदैन भन्ने जातीय अहमताले गर्दा मरेको लास बोक्न समेत मान्छे पाएनन् । जातको अहङ्कारले गर्दा गाउँमा भएको कोही पनि काम लागेन । यस्ता कुप्रथा, संस्कार र धर्मको संरक्षण गर्नेहरू आफसेआफ एक्लिदै गइरहेको छ ।

गाउँमा कयौँ दलित, जनजाति र अन्यहरू थिए तर फुर्सदिलो ब्राह्मणहरू अर्थात आफ्नै जातका कोही नहुँदा मृतक ब्राह्मणको लासले पनि अमानवीय बोझ महसुस गरेर गए ।

मान्छेले मान्छेलाई छुन नहुने धर्म, विश्वास र मूल्यमान्यतालाई अङ्गालेर बस्ने एकखाले समुदायले सयौँ वर्षदेखि मानवीय सुन्दरताको गला दबाउँदै आइरहेको छ । यो निकृष्ट व्यवस्था विस्तारै तिनीहरूकै निम्ति पासो बन्दैछ । तैपनि कतिपय मानिसहरू सुध्रिने पक्षमा देखिँदैनन् ।

अरूलाई नीच र पानी नचल्ने जात साबित गर्नेहरूको दुर्दशा पनि कहालीलाग्दो देखियो । आफैले खनेको खाल्डोमा आफै परेको जस्तो भयो । ए मान्छेहरू अब त आँखा खोल । आजको युगमा पनि असामाजिक भएर कस्तो जीवन बाँच्ने हो र ?

गाउँका दाजुभाइ सबै मिलेर पालैपालो त्यो लासलाई काँध हालेर आदरणीय बिदाई गर्न पाएका भए कति राम्रो हुने थियो ।

मान्छेलाई मान्छे नचल्नु जस्तो विडम्बना अरू के हुन सक्छ र ?

सन्दर्भ: सिन्धुली घटना ।

07/07/2022

प्रलोभनमा परेर कोही पनि चर्चमा आउँदैन र आएछन् भने पनि तिनीहरू केही समयपछि आफ्नै पुरानो धर्मतिर फर्कनेछन्।

05/03/2022

-‘के हो, तपाईंहरु बोल्नु हुन्न त ?!’
‘म बोलिरहेको छु त ।’

-‘तपाईं कसको पक्षमा त ?’
‘म न्यायको पक्षमा ।’

-‘अन्याय कसलाई परेको हो ?’
‘कुरो अदालतमा पुगिसक्यो, त्यो उसैले बताउला ।’

-‘तपाईंको विवेकले के भन्छ ?’
‘निर्दोष फंस्नु हुन्न, दोषी उम्कनु हुन्न ।’

-‘त्यसो भए दोषी को हो ?’
‘कसको नजरमा ! कानुन, समाज कि मेरो ?’

-‘कानुनको नजरमा ?’
‘म कानुनविद् हैन तर कानुनभन्दा माथी कोही पनि छैन ।’

-‘अनि समाज र तपाईंको नजरमा ?’
‘मेरो नजरमा म र समाजको नजरमा हामी सबै दोषी छौं ।’

-‘गल्ती अरुको अनि दोषचाहीं व्यक्ति र समाजको ?’
‘हो । किनभने, मैले सामाजिक दायीत्व पुरा गर्न जानिनँ होला ! सार्वजानीक ब्यक्तिहरुले सामाजिक मर्यादामा रहन सकेनन् होला ! त्यसको प्रत्यक्ष असर समाजमा पर्यो ।’

-‘यसरी घुमाएर उत्तर नदिनोस् । सिधा प्रश्नको सिधा उत्तर दिनोस्, तपाईं उनको पक्षमा कि तिनको पक्षमा ?’
‘भनें त, म सत्यको पक्षमा ।’

-‘त्यसोभए सत्य के हो ?’
‘तपाईंको नजरमा यो सत्य होला, मेरो नजरमा त्यो ! तर, तपाईं र मेरा यी बुझाई वास्तविक सत्य हैनन्, नीजी धारणामात्र हुन् ।’

-‘वास्तविक सत्य के हो त त्यसोभए ?’
‘दोषिलाई दण्ड र पीडितले न्याय कानुनले दिन्छ । कानुनले नदिए समाजले दिन्छ । र, समाजले पनि नदिए समयले दिन्छ, ढिलो वा चाँडो ।’

-‘यो त सैद्धान्तिक जवाफ भयो । व्यवहारिक उत्तर दिनोस्- गल्ती कसको होला ?
‘गल्तीमा क्षमा हुनसक्छ, अपराधमा दण्ड जरिमाना । तर, अपराध यही हो र गल्ति यसैको हो भन्ने ठोकुवा गरेर अनुसन्धानलाई प्रभावित पार्ने अधिकार हामी कसैलाई छैन ।’

-‘तपाईंको प्रष्ट जवाफ आएन, मैले अब के बुझौं ?’
‘मेरो जवाफ प्रष्ट छ- बिषय कानुनी प्रकृयामा प्रवेश गरिसकेको छ । र, यो न्यायसंगत हिसाबले टुंगिनुपर्छ, मेरो बिचार यही हो । आरोप प्रमाणित भए दोषीले मात्र सजाय पाउँछ । तर, हाम्रा नीजि धारणाहरु सामाजिक सञ्जालमा गिजोलिंदा पिडक र पीडित भनिएका ब्यक्तिहरु कस्तो मानसिक अवस्थाबाट गुज्रनु परेको होला ?! घटनासंग असम्बन्धित उनिहरुका आफन्तले कति पारिवारिक तनाव र सामाजिक अवहेलनाबाट व्यहोर्नु परिरहेको होला ?! अब यतातिर पनि संवेदनसिल हुने कि !!
https://www.gajureal.com/news/2022/03/04/9004.html

Address

Charikot Bhimeshwore
Charikot
10

Alerts

Be the first to know and let us send you an email when CHARIKOT CHRISTIAN CHURCH posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share