18/05/2026
श्री सत्य साई केन्द्र भलुहीले मिति २०८३ साल जेठ २ गते शनिबारका दिन परासीस्थित रामग्राम परिसरमा केन्द्रको वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । जसअन्तर्गत सार्वजनिक वेद पाठ तथा भजन, रामग्राम स्तूप भ्रमण, परिसरमा सात्विक भोजन ग्रहण तथा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रममा बालविकासका विद्यार्थीहरूलाई रामग्राम स्तूप भ्रमणसँगै स्तूपको महत्वबारे जानकारी गराइएको थियो । कार्यक्रममा ५५ जना बालविकासका विद्यार्थी तथा १५ जना युवा साईरामहरूको उपस्थिति रहेको थियो।