सनातन टेलिभिजन

सनातन टेलिभिजन सनातनीहरुको एक मात्र मूल ग्रन्थ वेद हो, वेदोक्ति अनुसार हामी हाम्रा धार्मिक कानुनमा विश्वास राख्दछौ । जय सनातन ,जय श्रीमन्नारायण ।।

चितवनमा लोक भजन–चुड्का संरक्षण प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशन सम्पन्नचितवन । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्...
28/04/2026

चितवनमा लोक भजन–चुड्का संरक्षण प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशन सम्पन्न
चितवन । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान जिल्ला शाखा चितवनको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। तदर्थ समिति अध्यक्ष टिकाराम शर्मा लामिछानेको सभाध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थापक केन्द्रीय अध्यक्ष प्रजापति पराजुली प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा बागमती इन्चार्ज नविन पौडेल, रत्ननगर नगरपालिका–९ का वडाध्यक्ष अनन्त अधिकारी, बागमती प्रदेश अध्यक्ष गोविन्द प्रसाद नेपाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी प्रदेश तथा जिल्ला सल्लाहकार सोम सापकोटा, चितवन जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द पुरी, बागमती प्रदेश महिला उपाध्यक्ष पुनम बस्याल, सल्लाहकार गोविन्द सापकोटा, पुष्पाञ्जली भजन समूहका उपाध्यक्ष मिनराज बास्तोला तथा पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा तदर्थ समिति उपाध्यक्ष वेद प्रसाद आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि प्रजापति पराजुलीले भजन गाएर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो।

अधिवेशनमा प्रदेश तथा जिल्ला सल्लाहकार सोम सापकोटा, बागमती प्रदेश अध्यक्ष गोविन्द प्रसाद नेपाल, वडाध्यक्ष अनन्त अधिकारी, बागमती इन्चार्ज नविन पौडेल तथा संस्थापक केन्द्रीय अध्यक्ष प्रजापति पराजुलीले मन्तव्य व्यक्त गर्दै लोक भजन–चुड्का संरक्षण र प्रवर्द्धनमा सबैको सहकार्य आवश्यक रहेको बताएका थिए।

अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। जसअनुसार अध्यक्षमा टिकाराम शर्मा लामिछाने, उपाध्यक्षमा उद्धव अर्याल, सचिवमा रामु आचार्य, कोषाध्यक्षमा हिमाल खनाल, सह–सचिवमा लक्ष्मी रेग्मी र सह–कोषाध्यक्षमा रुपा पौडेल चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा रुपा पौडेल बी, सीता पाण्डे, विष्णु पन्थी, सीता कंडेल, विनु सुवेदी, मिनराज बास्तोला, विन्दु अर्याल, प्रकाशमणि सापकोटा, राजेन्द्र हमाल र कृष्ण अधिकारी चयन हुनुभएको छ भने अन्य सदस्यहरू मनोनयन गर्न बाँकी रहेको जनाइएको छ।

अधिवेशनले सोम प्रसाद सापकोटा, वेद प्रसाद आचार्य, कमल पौडेल र गोविन्द सापकोटालाई सल्लाहकार समितिमा चयन गरेको छ।

नवगठित कार्यसमितिले लोक भजन तथा चुड्का संस्कृतिको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

10/01/2026
रत्ननगर महोत्सव–२०८२ को भजन प्रतियोगितामा धौलागिरी भजन समूह प्रथम२६ पौष २०८२रत्ननगर, चितवनरत्ननगर महोत्सव–२०८२ ले दोस्रो...
10/01/2026

रत्ननगर महोत्सव–२०८२ को भजन प्रतियोगितामा धौलागिरी भजन समूह प्रथम
२६ पौष २०८२
रत्ननगर, चितवन
रत्ननगर महोत्सव–२०८२ ले दोस्रो संस्करणका रुपमा महोत्सवको दोस्रो दिन भएको पूर्वी चितवन स्तरीय भजन प्रतियोगितामा रत्ननगर–९ को धौलागिरी भजन समूहले प्रथम, कालिका –२ को कालिका भजन समूहले दोस्रो , खैरहनी –८ को शिवशक्ति भजन समूहले तेस्रो तथा रत्ननगर–१५ को सरस्वती भजन समूहले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
भजन प्रतियोगिताका निर्णायक संयोजक एवं रत्ननगर उवासंघका कार्य समिति सदस्य वेद प्रसाद आचार्य , राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल वागमती प्रदेश इन्चार्ज तथा लोक गायक नविन पौडेल एवं राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान चितवन शाखाका अध्यक्ष टीकाराम लामीछाने निर्णायक सदस्य रहेको उक्त कार्यक्रम कला तथा संस्कृति प्रबद्र्धन समिति संयोजक प्रकाशमणी सापकोटाको सभापतित्वमा भएको हो ।
निर्णायक संयोजक वेद प्रसाद आचार्यले भजन कीर्तनले आध्यात्मिक शक्ति पैदा गर्ने मात्र नभई मन चित्त शान्त गर्न र तनावबाट मुक्त गर्न सकिने शक्ति रहेको, शास्त्र अनुरुप पनि ″ कलौ केशव कीर्तनाद् ″ अर्थात् कलि युगमा भगवान नाम संकीर्तन नै आध्यात्मिक शक्ति उपार्जनको उत्तम उपाय रहेको बताउदै मानव जगत्‌को सृष्टिकर्ता उनै भगवानको नाम संकीर्तन गर्नाले यस मानव जीवनमा सकारात्मक उर्जा पैदा हुदै परमार्थ चिन्तनमा लाग्न सकिने र यसको गायन कलाले सनातन हिन्दु धर्म, संस्कृति र परम्परालाई जागृत गराइराखेको भन्दै यसैलाई मध्यनजर गर्दै धार्मिक सम्पदाको प्रबद्र्धनमा धार्मिक पर्यटनलाई बढावा दिन जनकपुरधाममा स्थित श्रीरामजानकी मन्दिरको प्रवेशद्धार बनाई रत्ननगर महोत्सवको यस संस्करण धार्मिक तिर्थस्थलमय भएको बताए ।
सहभागी भजन समूहले सनातन हिन्दु धर्मका देवीदेवताहरुको नामका धर्म संस्कृतिको सम्वद्र्धनमा लागिपर्ने सन्देशात्मक भजन गायन गर्नुका साथै विभिन्न झाँकी नृत्य प्रस्तुत गरेका छन् । साथै भजनमा भगवानको नाम संकीर्तन मात्र नभएर धर्मान्तरण गर्न नहुने, देशमा भएको चरम वेतिथि र भष्ट्राचारको अन्त्य हुनुपर्ने भन्दै यसबाट मुक्त गर्न धार्मिक एवं आध्यात्मिक चेतनाबाट सही दिशा दिन ,नेपाल धर्ती मातालाई बचाईराख्न भगवानसँग प्रार्थना गर्दै रत्ननगर महोत्सवले यस्ता कार्यक्रम गरेकोमा अधिकतम सफलताको कामना समेत गरेका थिए ।
कार्यक्रममा भजन तथा लोक संगीतका गीत प्रस्तुत गर्दै राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल वागमती प्रदेश इन्चार्ज तथा लोक गायक नविन पौडेलले दर्शकहरुलाई नचाउदै भजनमय सांगितिक माहोल तताएका थिए ।
रत्ननगर महोत्सवको १२ औं संस्करणदेखि भजन कार्यक्रम गर्दै दोस्रो संस्करणमा प्रतियोगितात्मक कार्यक्रम गरिएको रत्ननगर महोत्सव–२०८२ का मूल समिति संयोजक शंकर गिरीले बताउनुभयो ।

Mohan Lama Rumba को आलेखसंस्कृतिलाई प्रमाण र सेक्युलरवादी……टेलीभिजनमा:👉️ क. आहुतीले दसैं पर्वको छेकमा एक अन्तर्वार्तामा ...
30/12/2025

Mohan Lama Rumba को आलेख

संस्कृतिलाई प्रमाण र सेक्युलरवादी……

टेलीभिजनमा:
👉️ क. आहुतीले दसैं पर्वको छेकमा एक अन्तर्वार्तामा भन्दै हुनुहुन्थ्यो—‘संस्कृति माथि बहस हुनुपर्छ, दसैं पर्वको ऐतिहासिकता र औचित्यताबारे निर्मम ढंगले बहस गर्नुपर्छ।’ भन्दै दसैं पर्वले आफ्नो ऐतिहासिकता प्रमाणित गर्नुपर्ने, दसैं मान्नेले औचित्यता सावित गर्नुपर्ने भन्दै तर्क दिंदै हुनुहुन्थ्यो।

टेलीभिजनमा:

👉️ एउटा टेलिभिजनमा चारजना लामा जम्मा गरेर यो दसैं पर्व कसको हो ? किन मान्ने कसरी मान्ने भन्दै बहस चलाउँदै थियो, बसेको चारजना लामा दसैं पर्व यस्तो हो उस्तो हो, मान्नेले यसरी मान्नुपर्छ त्यसरी मान्न हुँदैन भन्दै हावादारी बिद्धत्ता छाँटदै थियो……… !

👉️ पत्रपत्रिकामा………

दसैंको मुखैमा नेपालको हरेक मुद्रित मिडिया (Print Media) देखि डिजिटल मिडिया सम्म दसैं बारेमा समिक्षात्मक लेखको बाडी आउँछ, चिकित्सकले भोजन सम्बन्धि टिप्स दिन सुरु गर्ने देखि अर्थसाश्त्रीहरुले घाटा नाफाको हिसाबकिताब निकाल्न सम्म भ्याउँछ।

आजको विषय !!

के संस्कृतिमा बहस हुन्छ ? विश्वभर कुनै पनि समुदायको चाडपर्व माथि यतिविघ्न टिप्पणी, यतिविघ्न समिक्षा अरु कुनै समुदायको हुन्छ होला त ? अँ… ह त्यस्तो भएको पाइदैन किनभने अहिले भर्खरै इसाईहरुले मनाउँदै गरिरहेको कृस्मस पर्वमा खै त बहस ? खै त समिक्षा ?
दसैंमा लामाहरुलाई भेला गराएर दसैं कसको पर्व भन्दै बहस गराउने युट्युबे टेलिभिजनहरु कहाँ हराउँछ ?

संस्कृतिमा निर्मम बहस हुनुपर्छ, बैज्ञानिक जीवन पद्धति हुनुपर्छ भन्दै दसैं पर्वले आफ्नो ऐतिहासिकता सावित गराएर औचित्यता पुष्टि गर्न चुनौती दिने क. आहुतीहरु जब- जब "कृस्मस" आउँछ जबजब "बकर ईद" आउँछ त्यतिबेला कहाँनेर लुसुक्क लुक्नु पुग्छ ?

आज विश्वभर रहेका इसाई धर्मावलम्बीहरुले क्रिसमस पर्व मनाईरहेका छन् , के तपाईंहरुले नेपालका आहुतीहरु जस्ता विद्वानहरुले क्रिसमस पर्व बारेमा समिक्षा गर्दै टेलिभिजनमा अन्तर्वार्ता दिइरहेको, दुई पक्ष बसेर बहस गरेको, पत्रपत्रिकामा लेख छापेर यो पर्वको ऐतिहासिकता खोजीरहेकोे, आज पर्व मनाउन औचित्यता सावित गर्न परिरहेको, डाक्टरले हेल्थ टिप्स दिइरहेको पाइरहनु भएको छ ? मलाई थाहा छ पाइरहनु भएको छैन। किन ?

सनातन धर्मले मात्रै हरेक चाडपर्वले आफ्नो ऐतिहासिकता पुष्टि गर्नुपर्ने, आजको आवश्यकता बारेमा औचित्यता सावित गरिदिनुपर्ने, अर्थतन्त्रमा भार पर्दैन भनेर क्यालकुलेटर दबाएर जवाफ् दिनुपर्ने, स्वास्थको लागि पनि ठिकै छ भनेर शरीर बिज्ञान बारेमा बोल्नुपर्ने किन ?

क. आहुती र आहुती जस्ता सेक्युलरवादी बामपंथीहरुले
हाम्रो हरेक चाडपर्वहरुको रौं चिरा गर्दै ऐतिहासिक भौतिकवादको कसौंडीबाट परिक्षण गरेर त्यसको सांगोपाँगो सल्यक्रिया गरिरहँदा नेपालमा मनाई रहेको क्रीस्मसको सल्यक्रिया गर्नुपर्ने पनि तपाईंहरुको दायित्व हो की होइन ?

इतिहासमा खोतलेर हेर्दा क्रीस्मस पर्व क्रीस्चियन धर्मावलम्बीको भन्दा क्रीस्चियन धर्म युरोपमा पुग्न अगाडिको "पागन" संस्कृतिको पर्वमा गाभेर मनाएको देखिन्छ, कुनै पनि इसाईको धर्म ग्रन्थमा येशू ख्रिस्टको जन्म डिसेम्बर २५ मा भएको उल्लेख कतै छैन।

यसकारणले पनि डिसेम्बरमा होइन की "बेतलेहेम" भन्ने स्थानमा येशु राति गोठमा जन्मेको र त्यतिबेला गोठालोहरु वरिपरि भेंडा चराई रहेका थिए भन्ने उल्लेख छ। उक्त क्षेत्र (बेतलेहेम) अहिले प्यालेस्टाइन (West Bank) मा, यरूशलेमको दक्षिणतर्फ अवस्थित छ।

डिसेम्बर २५ तिर उक्त क्षेत्रमा अत्याधिक चिसो भएर हिमपात पर्छ, यस्तो चिसो रातमा गोठालोहरुले राति भेंडा चराएर बस्ने कुरै आउँदैन, यो त गर्मी मौसममा जन्मेको हुनसक्ने सम्भावना देखिन्छ, त्यसैले येशुको जन्मदिन भन्दै डिसेम्बरको चिसो महिनामा क्रीस्मस मनाईने पर्वले इतिहासको कठघरामा उभिएर जवाफ् दिन सकिने ठाउँ छैन।

तर जवाफ् दिन पर्दैन इसाईहरुले किनभने प्रश्न गर्ने सेक्युलरवादी बामपंथीहरुले हो, उनीहरुले गर्दैन।
कुनै टेलिभिजनले क्रीस्मस पर्व कसको हो भनेर लामाहरु लाई बोलाएर सोध्ने कार्यक्रम राख्दैन ! कुनै बाम बुद्धिजीवी देखि ठुटे विद्वानहरुले लेख लेखेर क्रीसमसको दसैं तिहार तीज पर्वको जस्तो सल्यक्रिया गर्ने छैन त्यसैले जवाफ् दिन पर्दैन।

हजारौं वर्षको निरन्तरतामा आउने संस्कृतिमा बिज्ञान खोज्ने/ मानी आएको संस्कृतिलाई मान्न प्रमाण खोज्ने/ संस्कृतिले औचित्यता पुष्टि गरेर दिनुपर्ने नेपालको बामपंथी, सेक्युलरवादीहरुलाई हो, तर बामपंथीहरुले यी सबै खोज्ने भनेको हिन्दुलाई मात्रै हो ! होइन र ? कुरा बुझ्नुभयो नी ?

श्रीशुकदेव भागवत आश्रम तथा श्रीलक्ष्मीहरि मन्दिरको २८ औ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न ।१० पौष २०८२गैडाकोट–...
25/12/2025

श्रीशुकदेव भागवत आश्रम तथा श्रीलक्ष्मीहरि मन्दिरको २८ औ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न ।
१० पौष २०८२
गैडाकोट–१, जौजुवा, नवलपरासी (व.सु.पूर्व)
गैडाकोट–१ स्थित श्रीशुकदेव भागवत आश्रम तथा श्रीलक्ष्मीहरि मन्दिरको २८ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन संस्थाका अध्यक्ष एवं मठाधिश स्वामी लक्ष्मणाचार्यज्यूको सभापतित्व, संस्थाका संरक्षक अनन्तश्रीविभूषित पराङ्कुशाचार्य (शठकोप ) यतिराज रामानुज जीयर स्वामीजीको सान्निध्य एवं श्रीलक्ष्मीनारायण मन्दिर देवघाटधामका मठाधिश श्री १००८ श्रीधराचार्य स्वामीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सभामा निम्बार्क वैष्णव परिषद्का अध्यक्ष मोहनशरण देवाचार्य ,श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिर लंकुका मठाधिश श्री १००८ जगन्नाथाचार्य स्वामी एवं श्रीश्रीनिवासाचार्य पीठका पीठाधिश श्री १००८ डा.चक्रपाणी स्वामीजीको विशिष्ट आतिथ्यता तथा श्रीवैष्णव परिषद् नेपालका केन्द्रीय सदस्य श्री खगेन्द्र सुवेदी, श्रीवैष्णव युवा परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष श्री वेद प्रसाद आचार्य, श्रीलक्ष्मीवेंकटेश मन्दिर गैडाकोट रामानुज वेदविद्याश्रमका मठाधिश स्वामी श्यामाकृष्णाचार्य, रामानुज वेदविद्याश्रमका प्राचार्य श्री दामोदर सापकोटा, मौलाकालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि सापकोटा, आदर्शटोल विकास संस्था गैडाकोट–१ का अध्यक्ष श्रीराम सिग्देल, श्रीवैष्णव युवा परिषद् नेपाल नवलपरासी शाखाका अध्यक्ष श्री शेखर सुवेदी, प्राध्यापक श्री दामोदर रिजाल लगायत संघसंस्थाका प्रतिनिधिहरु अतिथि रहेको कार्यक्रममा आश्रमका उपाध्यक्ष टीकाराम कँडेलले स्वागत मन्तव्य राख्दै धार्मिक संस्थाको सम्वद्र्धन र विकासमा एकजुट भएर लागि पर्न र शास्त्र तथा परमार्थ चिन्तनका लागि आचार्यहरुको समीपमा रहन आश्रमले विगत २८ वर्षदेखि खेलेको महत्वपूर्ण भूमिकाका बारेमा प्रष्ट्याउनुभएको थियो । सभामा बोल्ने वक्ताहरुले आश्रममा नेपाल तथा भारत क्षेत्रकै विशिष्ट विद्वानहरु पनि शास्त्रीय शंका निवारण एवं प्रमाण एकिन गर्न जीयर स्वामीजीलाई भेट्न र परामर्श लिन आउनु,यसरी आउने धेरै आचार्यगणहरुको दर्शन प्राप्त हुने हुदाँ यस गैडाकोट क्षेत्रकै गौरवको विषय भएको बताउदै नारायणीको तटमा रहेको यस गैडाकोट क्षेत्रले नेपाल तथा विदेशमा आध्यात्मिक जागरण फैलाउदै आएको मात्र नभई धार्मिक पर्यटनमा पनि महत्वपूर्ण टेवा पुगेको, यसै क्षेत्रमा रहेका गुरुकुलीय परम्पराका रामानुज वेदविद्याश्रम, श्रीशुकदेव भागवत आश्रमले चलाएको गुरुकुल शिक्षा एवं अद्दितीय रुपमा बनेको श्रीलक्ष्मीनृसिंह दिव्यधाम, लगायतका मठमन्दिरको समागमबाट यस क्षेत्र भू–वैकुण्ठतुल्य भएको आभाष भैरहेको जनाउदै यस क्षेत्रको विकास तथा विस्तारमा एकजुट भई लागि पर्न यस क्षेत्रका स्थानीय मात्र नभई समग्र परम वैदिक हिन्दुधर्माबलम्बीहरु लागि पर्नुपर्नेमा जोड दिएका छन् । सभामा मंगलाशासन गर्दै संस्थाका संरक्षक अनन्तश्रीविभूषित पराङ्कुशाचार्य(शठकोप) यतिराज रामानुज जीयर स्वामीजीले सभाको संचालन वेदोक्त हिसाबले सभाका सबै प्रतिनिधिको विचारलाई मन्थन गरी आश्रमले बनाएको कानुन (विधान) अनुरुप सभामुखले प्रष्ट पार्दै संचालन गर्नुपर्ने र सबैको दत्तचित्त उनै सर्वेश्वर भगवान् श्रीलक्ष्मीहरि परवासुदेव भगवान्को चिन्तनमा आफ्नो चित्त अडाउन सके मानव जीवनलाई सही मार्गमा हिडाउन सकिनेमा जोड गर्दै यसै अनुरुप सभा संचालन गर्नुपर्ने निर्देशन दिनुभएको थियो । सभामा विशिष्ट अतिथि निम्बार्क वैष्णव परिषद्का अध्यक्ष मोहनशरण देवाचार्यले अब धार्मिक संघ संगठनका नेतृत्वमा रहेका व्यक्तिहरुले आफ्नो मठ मन्दिर मात्र नभई नेपालको संविधानमा रहेको धर्मनिरपेक्षतालाई हटाई सनातन हिन्दु धर्म सापेक्ष राज्य स्थापित गराउन हालै मात्र जेन्जी आन्दोलनको बलमा आएको परिवर्तनलाई उनै जेन्जीहरुको साथ लिदै युवा पुस्तामा हाम्रा धर्म सस्कृति पुस्तान्तरण गराउन पनि कानुनी व्यवश्था परिवर्तनको आन्दोलनमा सहभागी हुनुपर्नेमा जोड दिनुभएको थियो । त्यस्तै प्रमुख अतिथिश्रीधराचार्य स्वामीज्यूले त्रिवेणीको संगम देवघाटक्षेत्र (तनहँु र चितवन दुई क्षेत्र) र नवलपरासीको गैडाकोट क्षेत्र पवित्र धार्मिक त्रिवेणीको संगममा देवताहरु पनि तीर्थाटन गर्न आउने क्षेत्र भएकाले यहाँ रहने सम्पूर्ण नागरिक पनि देवतुल्य आध्यात्मिक ओतप्रोतले भरिएको हुनुपर्ने र यस क्षेत्रका नागरिक समेतले अन्य क्षेत्रका नागरिकहरुलाई शिक्षा दिने गरि विकाशील हुनुपर्ने र यसका लागि यस्ता आश्रम तथा मठ मन्दिर र आचार्यहरुले अझ बढी क्रियाशीलता देखाउनुपर्ने भएको बताउनुभएको थियो । सभामा आश्रम र आश्रमको नेतृत्वमा संचालनमा रहेको असल संस्कार बाल शिक्षा कार्यक्रमबाट गैडाकोट नगरका समग्र बालबालिकाहरु लाभान्वित भई बालबालिकामा सुशिलता, संयमता, संस्कृति जर्गेना जस्ता विषय स्वतःफूर्त रुपमा बढेकोमा प्रमुख संचालिका यशोदा कौडिन्य र उहाँको टीमको खुलेर प्रशंसा गरिएको थियो । आश्रमका सदस्य श्री कृष्णप्रपन्न गौतमले संचालन गरेको कार्यक्रममा आश्रमका सचिव भरत ज्ञवालीले पेश गरेको सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष उमानन्द कँडेलले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पास गरेको थियो । आश्रमका अध्यक्ष एवं मठाधिश स्वामी लक्ष्मणाचार्यज्यूले आश्रमले गुरुकुलीय पद्धतिमा कक्षा संचालन, मन्दिरको व्यवश्थापन एवं शास्त्रीय मान्यता अनुरुपका सिंग,जुरो एवं घाटीमा माला भएका गीर गाई श्रीलक्ष्मीहरि गौशालाका नामले पालन गरि गौसंरक्षण कार्य गरेको , श्री जीयर स्वामीजीले सम्पादित गरेका हालसम्म १०० विभिन्न धार्मिक पुस्तकहरुको प्रकाशन गरेको बताउदै सहयोग र साथ दिई आश्रममा जोडिने सम्पूर्ण भक्त भागवतहरु, दर्शनार्थीहरु, यस क्षेत्रका स्थानीयबासीहरु,स्थानीय सरकार,सरकारी तथा गैर सरकारी निकायहरु सबैमा धन्यवाद दिनुभएको थियो ।
आजै आश्रमको चौथो अधिवेशन निर्वाचन समितिका संयोजक अधिवक्ता रामजी प्रसाद अधिकारीको संयोजकत्वमा गठित निर्वाचन समितिले पुनः स्वामी लक्ष्मणाचार्यज्यूको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति र ज्यो.माधव सापकोटाको संयोजकत्वमा ५ सदस्यीय लेखा उपसमिति र श्री कृष्णप्रपन्न गौतमलाई सल्लाहकार समितिको संयोजकमा सर्वसम्मतिले गठन गर्दै सम्पन्न गरेको छ । समितिको नामावली यस प्रकार रहेको छ ।
१) अध्यक्ष ः श्री स्वामी लक्ष्मणाचार्य
२) उपाध्यक्ष ः श्री टिकाराम कँडेल
३) सचिव ः श्री भरत ज्ञवाली
४) सह–सचिवः श्री माधव प्रसाद सापकोटा
५) कोषाध्यक्ष ः श्री उमाकान्त खरेल
६) सदस्य ः श्री खगराज अधिकारी
७) सदस्य ः श्री विक्रम पौडेल
८) सदस्य ः श्री लक्ष्मी रिजाल
९) सदस्य ः श्री माधव प्रसाद कँडेल
१०) सदस्य ः श्री ऋषिराम कँडेल
११) सदस्य ः श्री भानुभक्त कँडेल

Address

Chitwan
Bharatpur

Alerts

Be the first to know and let us send you an email when सनातन टेलिभिजन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to सनातन टेलिभिजन:

Shortcuts

Share