Shree Dharma Chakra Gumba

Shree Dharma Chakra Gumba Get the latest update, photos and videos of puja and programs organized by Shree Dharma Chakra Gumba

आज मिति २०८३/२/१० अष्टमी ब्रतका दिन तारा पुजा र श्री करुणामयको पुजा  तथा आज उपोषध‌ब्रत्त बसेका सम्पुर्ण गुरुजन तथा सम्पू...
24/05/2026

आज मिति २०८३/२/१० अष्टमी ब्रतका दिन तारा पुजा र श्री करुणामयको पुजा तथा आज उपोषध‌ब्रत्त बसेका सम्पुर्ण गुरुजन तथा सम्पूर्ण उपासक उपासिकाहरुलाई स्वर्गिय ओमि प्रजापतिको नामबाट भोजन र पुजा गराउनु भइ‌ अपार पुण्य संचय गर्नुभएको छ।🙏🙏🙏

24/05/2026

Tara puja 🙏🙏🙏

आज  मिति जेठ  ९ \२०८३ श्रद्धेय लामा चोन्डुइ शाङ्पो (चन्द्र गुरुबा) ज्यूको परम्परागत तीनवर्षे द्रुबखाङ सम्पन्न भएको सु-अव...
23/05/2026

आज मिति जेठ ९ \२०८३ श्रद्धेय लामा चोन्डुइ शाङ्पो (चन्द्र गुरुबा) ज्यूको परम्परागत तीनवर्षे द्रुबखाङ सम्पन्न भएको सु-अवसरमा श्रीमती सुर्जमाया कोजुको परिवारले विशुद्ध काय, विशुद्ध वाक् र विशुद्ध चित्तको प्रतीकस्वरूप कु, सुंग, थुग अर्पण गर्नुभएकोमा श्री धर्मचक्र गुम्बाको तर्फबाट सम्पूर्णलाई धन्यवाद तथा अभिवादन ज्ञापन गर्दछौं।

13/05/2026

🙏🙏🙏

आज मिति २०८३ वैशाख ३० गते, बुधवार, जेठ कृष्ण पक्ष एकादशी तिथि । मैसूर बैलकोपा स्थीत शरण नाथ सिद्धेश्वर पेम्हा नोर्बु रिन...
13/05/2026

आज मिति २०८३ वैशाख ३० गते, बुधवार, जेठ कृष्ण पक्ष एकादशी तिथि । मैसूर बैलकोपा स्थीत शरण नाथ सिद्धेश्वर पेम्हा नोर्बु रिन्पोछ्येको साधना गृह साम्तेन् होद्साल्लिङ्मा ३ बर्ष, ३ महिना, ३ दिन, ३ घन्टा, ३ मिनट, ३ सेकण्ड, ३ क्षणिक अधिष्ठान गरी साधना पूर्ण गर्नु भई आउनु भएको उपलक्षमा यस श्री धर्मचक्र गुम्बा,बोडेका प्रमुख गुरु བླ་མ་བརྩོན་འགྲུས་བཟང་པོ། (लामा चन्द्र बज्राचार्य) लाई आफ्नै दाजु भक्तपुर,सुर्यमदी टोलस्थित श्री आदि पद्म गुम्बाका प्रमुख མཁན་པོ་ཤེས་རབ་བཟང་པོ (खेन्पो किरण बज्राचार्य) ले उहाँले आफ्नो गुम्बामा धर्ममित्र उपासकोपासिकाहरुबाट सम्मान कार्यक्रम आयोजना गर्नुभएकोमा यस श्री धर्मचक्र गुम्बाको तर्फबाट सम्पूर्णलाई धन्यवाद तथा अभिवादन ज्ञापन गर्दछौं।

Thank you 🙏 cake koseli
11/05/2026

Thank you 🙏 cake koseli

आज श्रद्धेय लामा चोन्डुइ शाङ्पो (चन्द्र गुरुबा) ज्यूको परम्परागत तीनवर्षे द्रुबखाङ सम्पन्न भएको सु-अवसरमा श्री धर्मचक्र ...
10/05/2026

आज श्रद्धेय लामा चोन्डुइ शाङ्पो (चन्द्र गुरुबा) ज्यूको परम्परागत तीनवर्षे द्रुबखाङ सम्पन्न भएको सु-अवसरमा श्री धर्मचक्र गुम्बा तथा समस्त उपासक–उपासिकाबाट विशुद्ध काय, विशुद्ध वाक् र विशुद्ध चित्तको प्रतीकस्वरूप कु, सुंग, थुग अर्पण गरियो। हरेक महिना हुने गरेको आर्य नामसंगिति (संस्कृत भाषा) पाठ पनि आज सम्पन्न गरियो। साथै गुरुबाले आफ्ना ४०० भन्दा बढी श्रद्धालु अनुयायीहरूप्रति खुसी व्यक्त गर्दै मैत्री भोजन अर्पण गराउनुभयो।

हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजद्वारा आयोजित बौद्ध नजिकै शेर्पा गोन्पामा दक्षिण भारत स्थित माईसुर नाम्ड्रोलिङ ...
07/05/2026

हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजद्वारा आयोजित
बौद्ध नजिकै शेर्पा गोन्पामा दक्षिण भारत स्थित माईसुर नाम्ड्रोलिङ गोन्पाका प्रमुख श्रद्धेय धर्मगुरु क्याब्जे ग्याङखाङ रिन्पोछेज्यूद्वारा सातौं गगनधर्म बुद्धहस्तधर पूर्वागत अन्तर्गत गुरुयोगको धर्म प्रशिक्षण प्रदान गर्नुभएको अवसरमा आज मिति २०८३ बैशाख २४ गते यस श्री धर्मचक्र गुम्बाका लामा , भिक्षु भिक्षुणीहरु लगायत सम्पूर्ण उपोसक उपोसिकाहरुद्वारा रिम्पोछेज्युलाई मण्डल कुसुम चढाएको तथा रिम्पोछे दर्शन गरिएका केहि झलकहरु।

श्री धर्मचक्र गुम्बाकोमूल गुरु श्रद्धेय लामा चोन्डुइ शाङ्पो (लामा चन्द्र बज्राचार्य)ले मैसूरस्थित नाम्ड्रोलिङ गुम्बामा प...
03/05/2026

श्री धर्मचक्र गुम्बाकोमूल गुरु श्रद्धेय लामा चोन्डुइ शाङ्पो (लामा चन्द्र बज्राचार्य)ले मैसूरस्थित नाम्ड्रोलिङ गुम्बामा परम्परागत लो सुम दा सुम (तीन वर्ष तीन महिना लामो गुफावास) सफलतापूर्वक सम्पन्न गर्नुभएको पावन समाचार अत्यन्त हर्षका साथ यहाँहरू समक्ष अर्पण गर्दछौ।
यस पवित्र उपलब्धिले समस्त प्राणीहरूको जीवनमा सद्भाव, करुणा र बोधिचित्तको ज्योति फैलाओस् भन्ने कामना का साथै उहाँलाई यस उपलब्धि हासिल गर्नुभएकोमा यस श्री धर्मचक्र गुम्बाको‌ तर्फबाट धेरै धेरै बधाई ज्ञापन गर्दछौं।🙏🙏🙏

02/05/2026

बुद्ध जयन्तीको यस पावन अवसरमा, श्री धर्मचक्र गुम्बाका मूल गुरु श्रद्धेय लामा चोन्डुइ शाङ्पो (चन्द्र गुरुबा) तथा अन्य गुरुवरहरूले मैसूरस्थित नाम्ड्रोलिङ गुम्बामा परम्परागत लो सुम दा सुम (तीन वर्ष तीन महिना लामो गुफावास) सफलतापूर्वक सम्पन्न गर्नुभएको पावन समाचार अत्यन्त हर्षका साथ यहाँहरू समक्ष अर्पण गर्दछौ।

यस पुण्यमय अवसरमा, श्री गुरु पेमा नोर्बु रिन्पोछे ज्यूको चैत्यसमक्ष एकत्रित भई गहिरो प्रार्थनामा लीन हुँदै, उहाँहरूले आस्थावान् भक्तजनहरूलाई दर्शन प्रदान गर्नु भएको यो अमूल्य क्षण हामी सबैका लागि अनन्त प्रेरणाको स्रोत बनेको छ।

उहाँहरूको यस सिद्धि र समर्पणका क्षणहरूलाई देखेर, सुनेर र अनुभूति गर्दै, हामी सबैको मनमा शान्ति विस्तार होस्, बौद्ध धर्मप्रति आस्था अझ प्रगाढ बनोस्, र हाम्रो हृदयमा श्रद्धा, करुणा तथा सद्मार्गतर्फ उन्मुख हुने उज्यालो दीप प्रज्वलित रहोस् साथै समस्त प्राणीहरूको जीवनमा सद्भाव, करुणा र बोधिचित्तको ज्योति फैलाओस् भन्ने हार्दिक कामना गर्दछौ। 🙏

Address

Bode
Bhaktapur

Telephone

+9779841438688

Website

Alerts

Be the first to know and let us send you an email when Shree Dharma Chakra Gumba posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share