Yagyashala Puja Samagri

Yagyashala Puja Samagri Your one-stop shop for all your puja needs! We deliver high-quality puja items conveniently to your doorstep.

Make your puja preparations easier and more fulfilling. Explore our wide range of puja items delivered to you!

रुद्राभिषेक भगवान शिवलाई प्रसन्न पार्न र विभिन्न लाभ प्राप्त गर्न गरिने एक पवित्र अनुष्ठान हो। यसले व्यक्तिको जीवनमा आध्...
05/07/2024

रुद्राभिषेक भगवान शिवलाई प्रसन्न पार्न र विभिन्न लाभ प्राप्त गर्न गरिने एक पवित्र अनुष्ठान हो। यसले व्यक्तिको जीवनमा आध्यात्मिक, मानसिक, भौतिक, र सामाजिक लाभ प्रदान गर्छ। यसकार्यमा प्रयाेग हुने सम्पूर्ण सामाग्री याेग्य साथै शुद्ध हुन अत्यावस्येक हुन्छ।

भगवानसँग सम्बन्ध स्थापना गर्न र आत्मिक शान्ति प्राप्त गर्न।जीवनका समस्याहरू समाधान गर्न र आशीर्वाद प्राप्त गर्न।धार्मिक ...
05/07/2024

भगवानसँग सम्बन्ध स्थापना गर्न र आत्मिक शान्ति प्राप्त गर्न।
जीवनका समस्याहरू समाधान गर्न र आशीर्वाद प्राप्त गर्न।
धार्मिक परम्परा र संस्कार पालन गर्न।
सकारात्मक सोच र ऊर्जा उत्पन्न गर्न।
समुदायमा एकता र सहयोगको भावना बढाउन।
लाैकिक तथा परलाैकिक सुख हेतु हामि बिभिन्न प्रकार का कर्मकाण्ड वा पुजा
अलग अलग स्थान मा अलग अलग समयमा गर्दै गराउदै आएका छाै। जस्तै
बिहान र साँझ, सूर्योदय र सूर्यास्तको समयमा।
जन्मदिन, विवाह, नयाँ घर प्रवेश, र अन्य विशेष अवसरहरूमा।
पर्व र उत्सवहरूको समयमा, दशैँ, तिहार, दीपावली, होली, र अन्य धार्मिक पर्वहरूमा।
पूर्णिमा, एकादशी, औँसी जस्ता विशेष तिथिहरूमा।
धार्मिक स्थलहरूमा, जहाँ विशेष देवताहरूको मूर्ति वा प्रतिमा स्थापना गरिएको हुन्छ।
तीर्थस्थलहरूमा, जस्तै पशुपतिनाथ, आदि।
पूजाकोठा वा घरको शुद्ध स्थानमा।
आँगन वा बगैंचामा, जहाँ शान्त र पवित्र वातावरण हुन्छ।
प्राकृतिक स्थलहरूमा:
नदी किनार, पवित्र कुण्ड, पहाड, र अन्य प्राकृतिक स्थलहरूमा।

पूजा गर्नु काे धेरै जसाे उदेस्य ग्रहशान्ति पीत्रि उद्धार लगायत का लाैकिक वा परलाैकिक सुखकाे इच्छा भयेकाे पाइन्छ।
तर इ पूजा हरु गर्दा वा लगाउदा हामिले बिसेस गरी पूजा स्थानको सफाई सजावट का साथमा याेग्य शुद्ध पूजा सामग्रीको व्यवस्था गर्न अत्यन्तै जरुरी हुन्छ चाहे हामि जहा वा जुन पूजन कार्य गराै तर पुजासामाग्री याेग्य पवित्र प्रकार का प्रयाेग गराै

हवन एक प्राचीन हिन्दू वैदिक अनुष्ठान हो जसमा अग्निमा आहुति दिने गरिन्छ। हवनबाट विभिन्न लाभहरु प्राप्त गर्न सकिन्छ।हवन गर...
21/06/2024

हवन एक प्राचीन हिन्दू वैदिक अनुष्ठान हो जसमा अग्निमा आहुति दिने गरिन्छ। हवनबाट विभिन्न लाभहरु प्राप्त गर्न सकिन्छ।
हवन गर्दा बोटबिरुवाका औषधीय गुण भएका पात, जडिबुटीहरू चरू काे रुपमा प्रयोग गरिन्छ त्यस बाट हावामा शुद्धिकरण र परिष्कृत गन्ध उत्पन्न हुन्छ। जसले गर्दा हामि श्वच्छ वायु मा श्वास प्रश्वास गर्न सक्छम।हवन का साथ साथ मा हवनमा प्रयाेग हुने समिधाकाे पनि त्यत्तिकै महत्व छ हवन सहि तर दुसित समिधा द्वारा भयाे भनी पुरै वायु मण्डल मा असर पर्न सक्छ हामिले बिचार गर्नु पर्छ कि हवन मा सामग्री घीउ का साथ मा याेग्य समिधा काे प्रयाेग हुन जरुरि हुन्छ।

हिन्दू धर्ममा सुपारीलाई प्रतिबद्धता र वचनबद्धताको प्रतीक मानिन्छ। विवाह, यज्ञ, र अन्य धार्मिक अनुष्ठानहरूमा सुपारीलाई सा...
21/06/2024

हिन्दू धर्ममा सुपारीलाई प्रतिबद्धता र वचनबद्धताको प्रतीक मानिन्छ। विवाह, यज्ञ, र अन्य धार्मिक अनुष्ठानहरूमा सुपारीलाई साक्षी राखेर वचनबद्धता गरिन्छ। अतिथिकाे सत्कार साथ मा निमन्त्रणा गर्दा पनि यसकाे प्रयाेग हुन्छ । याे पुर्ण याेग्य विशेष सिङ्गाे फलकाे रूपमा प्रयाेग हुन्छ । जसरि सुपारि पुर्ण र अटल छ त्यसै गरि पुर्ण अटल याेग्य फलकाे इच्छा दर्साइ हामी यसलाइ चडाउछउ । परन्तु सुपारि फुटेकाे
बिग्रेकाे र दाग युक्त भयाे भनी नकारात्मक फल प्राप्त हुन सक्छ
तसर्थ पुजामा प्रयाे हुने सुपारि सफा, पुर्ण, याेग्य हुन जरुरि छ

यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात्।आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः॥------------...
18/06/2024

यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात्।
आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः॥
------------------------------------------------------------------------
यज्ञोपवीत (जनै) अत्यन्त पवित्र छ, जसले प्रजापति ब्रह्माको समयदेखि नै प्रयोग हुँदै आएको छ। यो जनै दीर्घायु र उत्तम जीवनको प्रतीक हो। यसलाई धारण गर्दा यो बल र तेज प्रदान गर्छ।
त्रिदेव, त्रिगुण, त्रिकाल, तीन ऋणको प्रतीक यस यज्ञाेपवीत लाइ धारण गर्ने
ब्यक्तिमा देश, गुरुजन, मातापिता काे ऋण तिर्नकै लागी भयेपनि श्रेष्ठ कर्म गर्ने उर्जा उत्पन्न हुन्छ।
जनैका धागाले व्यक्तिलाई आफ्नो धार्मिक कर्तव्य र अनुशासन पालन गर्न निरन्तर स्मरण गराउँछ।
जनैको शुद्ध सेतो रंगले पवित्रता र शुद्धिको प्रतीकत्व गर्दछ, जसले व्यक्तिलाई आत्मशुद्धि र पवित्र जीवनयापनको प्रेरणा दिन्छ।
जनाइ लगाउने हाेस वा चडाउने याेग्य र शुद्ध हुन आवश्यक छ।

भगवानलाई कपडा चढाउनुको विभिन्न सांस्कृतिक, धार्मिक, र आध्यात्मिक कारणहरू छन्।भगवानलाई विभिन्न रंगका वस्त्र चढाउने परम्पर...
15/06/2024

भगवानलाई कपडा चढाउनुको विभिन्न सांस्कृतिक, धार्मिक, र आध्यात्मिक कारणहरू छन्।
भगवानलाई विभिन्न रंगका वस्त्र चढाउने परम्पराले गहिरो र प्रतीकात्मक महत्त्व राख्छ
रातो रंग शक्ति, ऊर्जा, र उष्णताको प्रतीक मानिन्छ। यसले भगवानको शक्ति र उर्जाको प्रतिकात्मकता प्रकट गर्छ।
पहेलो रंग ज्ञान, विवेक, र समृद्धिको प्रतीक हो। यो रंग भगवानको दिव्य ज्ञान र कृपालाई जनाउँछ।
सेतो रंग शुद्धता, शान्ति, र पवित्रताको प्रतीक हो। यसले भगवानको पवित्रता र निर्मलतालाई जनाउँछ।
यी विभिन्न रंगका वस्त्र चढाउनुले भगवानप्रति भक्तजनहरूको आस्था, श्रद्धा, र विभिन्न भावनात्मक र आध्यात्मिक पक्षहरूको प्रतीकात्मकता जनाउँछ। विभिन्न अवसरहरू र पर्वहरूमा यी रंगहरू प्रयोग गरी भगवानलाई विभिन्न प्रकारले सजाउने परम्परा रही आएको छ।
वस्त्र दानकाे पनि लाभ छ। दान गर्ने क्रियाकलापले मानसिक सन्तोष र खुशी प्राप्त हुन्छ। भगवानप्रति वस्त्र चढाउँदा भक्तिमा समर्पण र श्रद्धा भावना वृद्धि हुन्छ।
तसर्थ ति वस्त्र अर्थात कपडा याेग्य अनि शुद्ध हुन जरुरी छ।

रक्षासूत्र "रक्षा" अर्थात् सुरक्षाका लागि बाधिन्छ। यो एक प्रकारको कवच हो जसले नकारात्मक ऊर्जा, कु दृष्टि र अनिष्टबाट बचा...
15/06/2024

रक्षासूत्र "रक्षा" अर्थात् सुरक्षाका लागि बाधिन्छ। यो एक प्रकारको कवच हो जसले नकारात्मक ऊर्जा, कु दृष्टि र अनिष्टबाट बचाउँछ भन्ने विश्वास गरिन्छ।
धार्मिक अनुष्ठान, पूजा, व्रतबन्ध, जानैउ पूर्णिमा, र अन्य धार्मिक पर्वमा रक्षासूत्र बाधिन्छ। यो गुरुद्वारा आशीर्वाद दिँदा वा भाइबहिनीको सम्बन्धमा विश्वास र सुरक्षा प्रकट गर्न धारण गरिन्छ। यसले भक्तिको प्रतीकको रूपमा काम गर्छ र देवतासँगको सम्बन्धलाई बलियो बनाउँछ।यसलाइ नाडीको नजिक बाधिन्छ, जहाँ रगतको प्रवाह महत्त्वपूर्ण हुन्छ। त्यस क्षेत्रमा रक्षासूत्र बाध्नाले रक्तसञ्चारमा सुधार ल्याउन मद्दत गर्न सक्छ।
मन्त्रहरू उच्चारण गर्दा उत्पन्न हुने ध्वनि तरंगहरूले सकारात्मक ऊर्जा फैलाउँछ। यो ऊर्जा रक्षासूत्रमा संचारित भएर यसलाई धारण गर्ने व्यक्तिलाई लाभान्वित गर्छ।
तसर्थ मन्त्र उर्जा संचारित शुद्ध विदिद्वारा निर्मित सुत्र धारण गर्नु पर्दछ।

तिलस्यानन्तरं तु यवास्ते स्युः पार्थिवाहरा:।यवैस्तु कुरुते कर्म तस्य लभ्यं फलं तथा।।मनुस्मृति (अध्याय 3, श्लोक 262)—————...
13/06/2024

तिलस्यानन्तरं तु यवास्ते स्युः पार्थिवाहरा:।
यवैस्तु कुरुते कर्म तस्य लभ्यं फलं तथा।।मनुस्मृति (अध्याय 3, श्लोक 262)
———————————————————————————
अर्थ: तिल र यव (जौ) पृथ्वीमा उत्पन्न भएका उत्तम अन्न हुन्। यवको प्रयोगले कर्म सफल र फलदायी हुन्छ।
जौलाई समृद्धि र शुभताको प्रतीक मानिन्छ। यसले खेती र उत्पादनमा वृद्धि हुने विश्वास छ।
यज्ञ र हवनमा जौको प्रयोग अनिवार्य छ। यसले वातावरणलाई शुद्ध र पवित्र बनाउँछ।
तिल आरोग्य र स्वास्थ्यको प्रतीक हो। यो शरीरलाई स्वस्थ राख्न सहयोग पुर्याउँछ।
तिल विशेष गरी हवन र पूजा क्रममा प्रयोग गरिन्छ।
पितृ पूजा र श्राद्धमा तिलको विशेष महत्त्व हुन्छ। यसले पितृहरूको तृप्ति र शान्ति मिल्ने विश्वास गरिन्छ। तसर्थ तिल र जाै शुद्ध अनि याेग्य हुन जरुरि छ

पूजा ,हवन र आरतीको समयमा कपूर बाल्ने प्रचलन छ। कपूर बाल्दा नकारात्मक ऊर्जा हटेर सकारात्मक ऊर्जा भित्रिने विश्वास गरिन्छ।...
12/06/2024

पूजा ,हवन र आरतीको समयमा कपूर बाल्ने प्रचलन छ। कपूर बाल्दा नकारात्मक ऊर्जा हटेर सकारात्मक ऊर्जा भित्रिने विश्वास गरिन्छ। पूजा स्थलमा कपूर बालेर दीप जलाउनुहोस्। कपूरको शुद्धिकरण प्रभावले पूजा कोठाको वातावरणलाई पवित्र र शान्त बनाउँछ, जसले तपाईंलाई ध्यान केन्द्रित गर्न र आध्यात्मिक शान्ति प्राप्त गर्न मद्दत पुर्याउँछ। कपूरको शुगन्धले मच्छर र अन्य कीरा-पतंगलाई भगाउँछ, जसले गर्दा घरलाई कीरामुक्त राख्न मद्दत गर्दछ।कपूरको शुगन्धले श्वासप्रश्वास सम्बन्धी समस्याहरूमा आराम पुर्याउँछ। यसले नाक बन्द हुनु, खोकी र चिसोबाट छुटकारा दिलाउन सक्छ। तसर्थ शुद्ध र याेग्य कपुरकाे प्रयाेग हुन जरुरि छ ।

अबिरलाई धार्मिक दृष्टिकोणले अध्यात्मिक शक्ति र सकारात्मक ऊर्जा उत्पन्न गर्ने माध्यम मानिन्छ। रंग विभिन्न देवी-देवता र धा...
12/06/2024

अबिरलाई धार्मिक दृष्टिकोणले अध्यात्मिक शक्ति र सकारात्मक ऊर्जा उत्पन्न गर्ने माध्यम मानिन्छ। रंग विभिन्न देवी-देवता र धार्मिक अनुष्ठानहरूमा प्रतीकात्मक अर्थ राख्छ। जस्तै, रातो रंग शक्तिको प्रतीक मानिन्छ भने पहेंलो रंग ज्ञानको प्रतीक हो।वैज्ञानिक दृष्टिकोणले रंगहरूकाे हाम्रो मनोविज्ञानमा प्रभाव पर्छ। उदाहरणका लागि, रातो रंगले ऊर्जा र जोश प्रदान गर्छ भने पहेँलो रंगले खुशी र सकारात्मकता बढाउँछ। पुजन कार्य हरुमा यी रंगहरूको प्रयोगले वातावरणलाई सकारात्मक ऊर्जा र उत्साहले भरिपूर्ण बनाउँछ। तसर्थ यस्ता कार्य हरुमा शुद्ध र जैविक अबिरकाे प्रयाेग गर्ने गराै‌‍‍‍।

Address

Kaushaltar
Bhaktapur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Yagyashala Puja Samagri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share