हाम्राे पूजा पसल

हाम्राे पूजा पसल यहाँ पूजाका सबै सामाग्रीहरू सुपथ मूल्यमा पाइन्छ

यहाँ पूजाका सबै सामाग्रीहरू, मूर्ति, धार्मिक पुस्तक , शंख, घण्ट, रुद्राक्ष, फूल, माला र तामा चरेस तथा माटाका भाडाहरू सुपथ मूल्यमा पाइन्छ।
सम्पर्क: 9841708570, 9808437602

16/08/2026
नाग पञ्चमीको लागि नागपास एवम् कृष्णनाग पाेस्टर होलसेल मुल्यमा चाहिएमा हामीलाई सम्पर्क  राख्नुहोला ।हाम्राे पूजा पसल परिव...
16/08/2026

नाग पञ्चमीको लागि नागपास एवम् कृष्णनाग पाेस्टर होलसेल मुल्यमा चाहिएमा हामीलाई सम्पर्क राख्नुहोला ।

हाम्राे पूजा पसल परिवार
च्याम्हासिह भक्तपुर
सम्पूर्ण पूजा सामग्रीहरूकाे भण्डार
९८४१७०८५७०
९८०८४३७६०२

16/08/2026

नागराज दर्शन गर्न नागपाेखरीमा बाटाे निर्माण, भक्तपुर

आदरणीय ठूलीआमा सुवर्ण प्रजापतिकाे ७६ वर्षकाे उमेरमा असमायिक निधन भएको आज चाैथाे दिन लक्च पुण्य तिथीमा दिवङ्गतलाई वैकुण्ठ...
14/08/2026

आदरणीय ठूलीआमा सुवर्ण प्रजापतिकाे ७६ वर्षकाे उमेरमा असमायिक निधन भएको आज चाैथाे दिन लक्च पुण्य तिथीमा दिवङ्गतलाई वैकुण्ठ बासको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछाैं। साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछाैं।

हाम्राे पूजा पसल परिवार
च्याम्हासिह भक्तपुर
सम्पूर्ण पूजा सामग्रीहरूकाे भण्डार
९८४१७०८५७०
९८०८४३७६०२

लप्टे,लपेश, दुना टपरी हाेल्सेलमा उपलब्ध हुन्छ।हाम्राे पूजा पसलच्याम्हासिह भक्तपुर सम्पूर्ण पूजा सामग्रीहरूकाे भण्डार९८४१...
11/08/2026

लप्टे,लपेश, दुना टपरी हाेल्सेलमा उपलब्ध हुन्छ।

हाम्राे पूजा पसल
च्याम्हासिह भक्तपुर
सम्पूर्ण पूजा सामग्रीहरूकाे भण्डार
९८४१७०८५७०
९८०८४३७६०२

गथांमग (Gathemanga)नेपाल सम्बत दिल्लागा चतुर्दशीका दिन मनाइने एक चाड हो गथांमग चर्‍हे । यो चाड लिच्छविकाल देखि सुरु भएको...
11/08/2026

गथांमग (Gathemanga)
नेपाल सम्बत दिल्लागा चतुर्दशीका दिन मनाइने एक चाड हो गथांमग चर्‍हे । यो चाड लिच्छविकाल देखि सुरु भएको थियो । सिथिनख:लाई बर्षको अन्तिम चाडको रुपमा लिइन्छ भने सिनाज्या (धान रोप्ने काम) सकेपछी सर्वप्रथम आउने चाडलाई गथामग चर्‍हे भनिन्छ । सिथिनख:लाई म्ह्यामचा नख: (केटीहरुको चाड) भनिन्छ भने यस चाडलाई कायमचा नख: (केटाहरुको चाड) भनिन्छ । भलभल अष्टमी पछि बन्द भएको खिं, त: बाजाहरु यसै दिनबाट बजाउन सुरु गर्ने गरिन्छ । यसै दिन भक्तपुर नवदुर्गामा भगवान महादेवको सृष्टि हुने गर्दछ । महादेवको सृष्टिका निमित्त अखण्डशिल महाबिहारबाट माटो ल्याई महादेवको मुकुन्दो बनाउने गर्दछ । यो चाड विशेषगरि सरसफाइ सम्बन्धित रहेको छ । सिनाज्याको समयमा सफाइ गर्ने फुर्सद हुन्दैनन । सिनाज्या पश्चात् घर सफाई गरि आफ्नो घर, टोल, देशमा रहेको दुष्ट (फोहर) लाई राक्षसको रुप दिएर मिल्काउने गर्दछ । पहिले पहिले धान रोप्ने धेरै हुन्थ्यो र काम गर्ने मानिसहरु थोरै भएका कारण जति काम गरेपनि नसकेका कारण भुतको साधना गर्थे । तान्त्रिक विधि अनुसार भुतको आवाहन गरि काम गराउथे । तर सिनाज्या पछि खासै काम नभएको, धेरै खाने भएकोले बच्चाहरु चोरेर खान थाल्यो भन्दै भुतहरु भगाउन घण्टा बजाउदै हथौड़ाले पिटि भगाउने गर्दछ । यसरी गथांमुगको दहन गर्दा अस्लिल शब्द बोलेर गाली गरि लौजान्छ भने दोबाटो वा चौबाटोमा दहन गरेपछि "रामकृष्ण बासुदेव, राधाकृष्ण बासुदेव" भन्दै भगवानको नाम लिन्दै फर्किने गर्दछ । गँ (घण्टा) था (बजाउनु) मुग (हथौड़ा) भएकै कारण यस चाडलाई गथांमुग भनिन्छ । यस्ता भुत देखि नडराउन भनी यस दिन बच्चाहरुलाई चोकमा बालेको छ्वालीको आगो नाग्न लगाउदछ भने आजकै दिनबाट लाम्खुट्टेको एउटा दाँत भाँचिन्छ भन्ने मान्यता रहेको छ । जसको अर्थ लाम्खुट्टेको टोकाइ कम हुन्छ भन्ने हो । यसैदिन "छें बौ बिगु" भनी घरको सुदृढीकरण पुजा पनि गर्दछ भने हातमा फलामको औंठी पनि लगाउने गर्दछ । पहाड तिर लुटो फाल्ने भनेर घरको छट छटमा आगो बाल्ने गरे झै काठमाण्डौ उपत्यकामा यसरी नै आगो बाल्ने चाडको रुपमा गथंमुग चर्‍हेलाई लिइन्छ । भक्तपुरको थिमीमा रहेको बालकुमारीसंगैको पोखरीमा यसदिन विशेष जात्रा हुने गर्दछ । जात्रालुहरुले फालेको राँगाको खुट्टालाई उक्त पोखरीमा फालिन्छ र केही ब्यक्तिहरुले पौडी खेलेर भेटाइन्छ । उक्त भेटाएको खुट्टा मोलमोलाइ गरि जात्रालुले किन्छ र पुन पोखरीमा फ्याकिन्छ । यहि क्रम दुई घण्टा जस्तो चल्ने गर्दछ ।
नेपालमा मनाउने पर्वलाई गथामुग भनिन्छ भने यस्तै प्रकृतीको चलन भारतको बनारसमा पनि रहेको छ । जसलाई घण्टाकर्ण भनिन्छ ।
भगवान हरिहरको सृष्टि बारे एक किंवदन्ती
भनिन्छ घण्टाकर्ण भगवान बिष्णुका भक्त थिए । उनी केवल भगवान् विष्णुको मात्र पूजा गर्दथे । एकदिन भगवान विष्णुले शिव र आफु एउटै भएकाले शिवको पनि पूजा गर्नु भन्दा घण्टाकर्ण मानेन् तब विष्णुले "हरि र शंकर" एउटै हो भनेर देखाउन "हरिहर"को रुपको दर्शन दिए जस्मा आधा विष्णु थिए भने आधा शिव । तैपनि घण्टाकर्ण सन्तुष्त हुन सकेनन् । उनी बाहिर निस्केका बेला मानिसहरुले शिव शिव भनेर जिस्काउथे । सो सुन्नु पर्ला भनेर उनले आफ्नो कानमा ठूला–ठूला घण्टा झुण्डाएर हिड्थे । कसैले शिवको नाम लिने वित्तिकै कानको घण्टा जोड जोडले बजाउँथ्ये रे त्यसैले पनि यसलाई घण्टाकर्ण भनिएको भनि किवंदन्तीमा उल्लेख गरिएको छ ।
स्राेत: GR Ranjit

Address

Bhaktapur

Telephone

+9779841708570

Website

Alerts

Be the first to know and let us send you an email when हाम्राे पूजा पसल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to हाम्राे पूजा पसल:

Shortcuts

Share