24/04/2026
विशेष निमन्त्रणा: आध्यात्मिक उत्सव तथा सत्संग कार्यक्रम! 🌸
हरे कृष्ण!
सम्पूर्ण भक्तजन तथा शुभेच्छुक महानुभावहरूमा सादर निमन्त्रणा।
आफ्नो जीवनमा आध्यात्मिक शान्ति र आनन्द भर्नका लागि भोलि शनिबार इस्कोन भैरहवा (ISKCON Bhairahawa) द्वारा आयोजना गरिने विशेष कार्यक्रमहरूमा सहभागी भई पुण्य लाभ उठाउनुहुन हार्दिक अनुरोध गर्दछौं।
मुख्य कार्यक्रमहरू:
✨ मङ्गल आरती
🌿 तुलसी आरती
📿 सामूहिक नाम जप
🙌 गुरु पूजा
📖 श्रीमद्भागवतम् प्रवचन
🍲 महाप्रसाद वितरण
विवरण:
🗓 मिति: भोलि २०८३ बैशाख १२ गते,शनिबार
⏰ समय: बिहान ७:०० बजे देखि ११:०० बजे सम्म
📍 स्थान: पुरानो अञ्चलपुर, लेखनाथ पथ, भैरहवा (विद्युत प्राधिकरण पछिको तेस्रो बाटो)
आउनुहोस्, भक्तिमय वातावरणमा परमात्माको सानिध्य प्राप्त गरौँ।