13/03/2024
(नेपालीहरुले राम लाइ किन आदर्श पुरुष, रामायण किन नेपाली माटोमा रचे बसेको छ . हामीले रामायणबाट के शिक्षा लिने ? रामायण मा उल्लेख गरिएका ऋषिहरु सबै नेपालको कुन कुन ठाउमा जन्मिएका हुन् . नेपाल तपोभूमि देवभूमि किन भनिन्छ ? रामका ४ भाइको शिक्षा दिक्षा र रावणको शिक्षा पनि नेपालमा भएको हो . सानो जानकारी )
रामलाई मर्यादा पुरुषोत्तम किन भनिन्छ ?
रामले रावणको वध गरेपछि विभिषणलाई राजकीय सम्मानका साथ अन्त्येष्ठि गर्न भन्नुहुन्छ । मरणान्तानि वैराणि निर्वृत्तं नः प्रयोजनम् ।(वाल्मीकि रामायण युद्धकाण्ड सर्ग ६१÷२८) अर्थात—जबसम्म मानिस जीवित हुन्छ तवसम्म ऊसँग वैर रहन्छ मरेपछि वैर समाप्त हुन्छ । रावण मरिसक्यो अब जस्तो तिम्रो दाइ थियो त्यस्तै मेरो पनि हो । सम्मानपुर्वक अन्त्येष्ठि गर ।
रामले बालीको वध गर्नु भयो सुग्रिवलाई राजसिंहासनमा बसाउनु भयो । लंकामा रावणको वध पछि विभिषलाई राजसिंहासनमा बसाउनु भयो ।
लक्ष्मणले वैभव, सौन्दर्य र सुनको राज्य लंकामा किन नबस्ने भन्दा श्रीरामले भन्नुभयो–
“अपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।
अर्थात – हे लक्ष्मण ! यो स्वर्णमयी लंका मलाई राम्रो लागेको छैन, किनकि माता र मातृभूमि यी दुवै स्वर्ग भन्दा पनि ठूला हुन् ।”
के तपाईलाई थाहा छ ?
१. आजसम्मको लिखित प्रमाण अनुसार संसारको पहिलो महाकाव्य कुन हो ?
उत्तर – वाल्मीकि रामायण
२. वाल्मीकि रामायणको पहिलो काण्डमा उल्लेख भएका प्रसिद्ध नारद ऋषिको तपस्या स्थल कहाँ हो ?
उत्तर – नारद पोखरी, वार्पाक गाविस, गोरखा ।
३. वाल्मीकि रामायणमा पुप्पक विमानको निर्माण गर्ने वास्तुकार विश्वकर्माको जन्म स्थल कहाँ हो ?
उत्तर – चण्डीभंज्याङ गाविसको भृगतूम, स्याङजा, नेपाल ।
४. सुवर्णमय लंकाको निर्माण गर्ने वास्तुकार को हुन ?
उत्तर – विश्वकर्मा, नेपाल ।
५. लक्ष्मण मुर्छा परेपछि बचाउन संजीवनी वुटी हनुमानले कहाँबाट लगेका थिए ?
उत्तर – हिमालय पर्वत, नेपाल ।
६. ‘छाया हि भूमेः’ रघुवंशमा १४÷४० अर्थात ‘चन्द्रमा माथि केवल पृथिवीको छायाँ पर्दछ । प्रजाले त्यही छायालाई चन्द्र कलंक मान्दछन् ।’ चन्द्रग्रहणको उपमा हजारौ वर्ष पहिला दिने संस्कृतका महाकवि को हुन् ? (Lunar eclipses occur when Earth is between the Sun and Moon.)
उत्तर– कालीदास
७. ‘रामचन्द्रमसं दृष्ट्वा ग्रस्तं ..’ सर्ग १२० श्लोक ३२ अर्थात ‘चन्द्रमाले सुर्यलाई छोपि दिएपछि सुर्य ग्रहण हुन्छ ।’ ( Solar eclipse occurs when moon blocks sunlight. ) वाल्मीकि रामायणको कुन काण्डमा लेखेको छ ?
उत्तर– युद्धकाण्ड
८. नेपालको एकीकरण भन्दा सयाँै वर्ष पहिला विशाल मकवानपुर राज्यका मगर राजा राघव नरेन्द्र सेनले आफू भगवान श्रीरामका परम भक्त भएकाले वि.सं. १५३० देखि ‘सिन्धुल’ उपनामले परिचित गराएका हुनाले नेपालको कुन ठाउँको नाम रहन गएको छ ?
उत्तर– सिन्धुली जिल्ला ।
९. हालको जनकपुरको जानकी मन्दिर वि.सं. १८५४मा टिकमगढ(भारत) रानी वृषभानु देवीले निर्माण गर्न लगाएकी हुन, त्यो भन्दा पहिलेको प्राचिन मन्दिर कसले निर्माण गर्न लगाएका थिए ?
उत्तर– सेनमगर राजा मणिमुकुन्द सेन, पाल्पाराज्य ।
१०. जनकपुरको जानकी मन्दिरको पर्व आदि सन्चालन गर्नका लागि मकवानपुरका मगर राजा माणिक सेनले वि.सं.१७८४ मा आफ्नो राज्य अन्तर्गत पर्ने धनुषा जिल्लामा कति बिगाह जग्गा दान लेखिदिएका थिए ?
उत्तर– १४०० बिगाहा जमिन ।
११. राजा जनकले सीताको स्वयंवरको लागि राखेको शर्त अनुसार रामले धेरै वजनको शिव धनुषमा ताँदो चढाउन लाग्दा सो धनुष खण्डित भएर एक टुक्रा झरेको स्थानलाई आज के भनिन्छ ?
उत्तर– धनुषाधाम, धनुषा, नेपाल ।
१२. ‘म किराँतहरुमा किरातहरुसँग पाली, पोसी, खेली, कुदी बढेको हु ।’ (वाल्मीकि रामायण आदि. १÷५५÷३) कसले भनेका हुन ?
उत्तर– ऋषि वाल्मीकि
१३. ऋषि वाल्मीकिले रामायण कहाँ लेख्नु भएको थियो ?
उत्तर– त्रिवेणी, चितवन, नेपाल ।
१४. वाल्मीकि आश्रम नेपालको कुन ठाउँमा थियो ?
उत्तर– त्रिवेणी, चितवन, नेपाल ।
१५. रामायणमा महर्षि वाल्मीकिले रामलाई आफ्नो परिचय दिदा पिताको नाम के भन्नु भएको छ ?
उत्तर – प्रचेतस ऋषि
१६. कथाकारहरुले रामायणको कथामा भन्ने गरे जस्तो वाल्मीकि ले हत्या अपराध गर्ने गर्दथे ?
उत्तर – रामायणमा वाल्मीकिले कुनै हत्या अपराध गरेको कुरा लेखेको छैन ।
१७. सीताले छोराहरु लव र कुशलाई जन्म दिएको ठाउँ कहाँ हो ?
उत्तर– वाल्मीकि आश्रम, त्रिवेणी, चितवन, नेपाल ।
१८. वाल्मीकि ऋषिले रामका छोराहरु लव र कुशलाई कहाँ पढाउनु भएको थियो ?
उत्तर– वाल्मीकि आश्रम, त्रिवेणी, चितवन, नेपाल ।
१९. ऋषि विश्वामित्रको तपोवन आश्रम कुन ठाउँमा थियो ?
उत्तर – पाँचपोखरी, काभ्रेपलान्चोक
२०. विश्वामित्रले राम लक्ष्मणलाई धनुर्विद्याको शिक्षा कहाँ दिएका थिए ?
उत्तर – पाँचपोखरी, काभ्रेपलान्चोक
२१. राजा दशरथले सन्तान पाउनको लागि कुन यज्ञ गरेका थिए ?
उत्तर – पुत्र कामेष्ठि यज्ञ
२२. श्रृङ्गि ऋषिले पुत्रेष्ठियज्ञ गरिदिएपछि रामका चार भाइ जन्मिए , उहाँको आश्रम नेपालको कुन ठाउँमा थियो ?
उत्तर– रेसुङ्गा, गुल्मी
२३. ऋष्यशृंग ऋषिले तपस्या गरेको हुनाले नेपालको त्यो ठाउँको नाम के रहन गएको छ ?
उत्तर – रेसुङ्गा, गुल्मी, नेपाल ।
२४. ऋष्यशृंग ऋषिको दर्शन गर्न आएका रामलाई ऋषिले रेसुङ्गा, गुल्मीमा पानीको समस्या छ भन्दा रामले धनुबाण हानेर पानी निकालेको स्थानलाई के भनिन्छ ?
उत्तर – रामकुवा ।
२५. दशरथ र रामका कुलगुरु वसिष्ठको आश्रम कहाँ थियो ?
उत्तर– देवघाट, तनहँु, नेपाल
२६. राम, लक्ष्मण, भरत र शत्रुघनको नामकरण संस्कार कसले गर्नु भएको हो ?
उत्तर – ऋषि वशिष्ठ
२७. राम, लक्ष्मण, भरत र शत्रुघनले वेद वेदाङ्गको शिक्षा कहाँ पाउनु भएको थियो ?
उत्तर– ऋषि वशिष्ठको आश्रम गुरुकुल, देवघाट, तनहुँ, नेपाल ।
२८. श्रवणकुमारका अन्धा बा आमाले शोक गरेर जीवन त्यागेको ठाउँ कहाँ पर्दछ ?
उत्तर– अन्धाअन्धी दह, पन्चासे, स्याङजा, नेपाल ।
२९. श्रवण कुमारले बाबु आमाको लागि पानी भर्न लाग्दा दशरथले वाण हानेको ठाउँ कुन हो ?
उत्तर – आँधिखोलाको मुहान, पन्चासे, स्याङजा, नेपाल
३०. रामायणका श्रवण कुमारको समाधि स्थल कहाँ छ ?
उत्तर – घ्याङगसिरी, बाङगसिङग गाविस, स्याङजा
३१. कुबेर र रावणका हजुरबा पुलत्स्य ऋषिको आश्रम कहाँ थियो ?
उत्तर– पुलाचौर, म्याग्दी, नेपाल ।
३२. लंकाका प्रतापी राजा रावणको जन्म भुमि कुन ठाउँ हो ?
उत्तर– तातोपानी, म्याग्दी, नेपाल ।
३३. रावणका बाजे पुलत्स्य ऋषिका दुई छोरा को को हुन् ?
उत्तर– अगत्स्य र विश्रवा
३५. रावणको बाबु र आमाको नाम के हो ?
उत्तर– विश्रवा मुनि र कैकसी
३६. रावणका मावली बाजे लंकाका राजा सुमाली भागेर नेपालको कुन ठाउँमा शरण लिएका थिए ?
उत्तर– गण्डक क्षेत्र ।
३७. महर्षि भारद्वाज की पुत्री इडविडा र विश्रवा ऋषि का पुत्रको नाम के हो ?
उत्तर – कुबेर
३८. नेपालका विश्रवा ऋषि र लंकाका दैत्य राजा सुमाली की पुत्री कैकसी का सन्तानको नाम के हो ?
रावण, कुम्भकर्ण, विभिषण र पुत्री शूर्पनखा ।
३९. ज्योतिष शास्त्रका लेखक नेपालका महर्षि भृगु र दैत्य राजा हिरण्यकश्यप की पुत्री दिव्या का सन्तान को हुन ?
उत्तर – शुक्राचार्य र विश्वकर्मा
४०. महर्षि भृगु र दैत्य राजा हिरण्यकश्यप की पुत्री दिव्या का पुत्र शुक्राचार्य के का विद्वान थिए ?
उत्तर – खगोल, ज्योतिष, यज्ञ कर्मकाण्डहरुका विद्वान हुन् ।
४१. भारद्वाज ऋषिले वेद शास्त्र र विमान शिक्षा ऋषि वाल्मीकिबाट कहाँ पाउनु भएको थियो ?
उत्तर – त्रिवेणी, चितवन, नेपाल ।
४२. रामायणमा वर्णित गौतम ऋषि र उनकी श्रीमती अहिल्या को आश्रम कुन ठाउँमा थियो ?
उत्तर – त्रिवेणीघाट, पनौती, काभ्रेपलान्चोक ।
४३. राजा दशरथलाई मृत्यु र आत्मा सम्बन्धी रहस्यको ज्ञान दिने लोमश ऋषि कुन देशका हुन् ?
उत्तर – नेपाल
४४. राजा जनकलाई मिथिला जनकपुरमा ऋषि अष्टावक्रले दिएको गीता ज्ञानलाई कुन गीता भनिन्छ ?
उत्तर – अष्टावक्र गीता
४५. देशमा सबै मिलेर उन्नति गर्नु, स्वतन्त्रतापूर्वक सुखी र आनन्दित जीवन बिताउनुलाई के को उपमा दिइन्छ ?
उत्तर– रामराज्य
४६. जटायु विद्वान भएकाले पक्षी र जटा बढाएकाले जटायु भनिएको हो । जटायु वास्तवमा को थिए ?
उत्तर– गृधकुट राज्यका राजा ।
४७. राजा जनकले देशमा खेती राम्रो होस् भनेर ‘सीता यज्ञ’ (कृषि हवन) गरेको दिन रानी योगिनीको कोखबाट जन्मिएकी छोरीको नाम के राखेका थिए ?
उत्तर– सीता
४८. रामायणमा भगवान् रामले रघुकुलको के विशेषता बताएका थिए ?
उत्तर– प्राण जाओस् तर वचन नजाओस् ।
४९. कथाकारहरुले सुनाउने कथा ‘साबरीले जुठो बयर श्रीरामलाई दिएको’ प्रसंग वाल्मीकि रामायणमा कुन चिज दिइन भनिएको छ ?
उत्तर– कन्दमुल ।
५०. वाल्मीकि रामायाणमा भरतले कौशल्यालाइ ‘सूर्य तिर फर्केर के नगर्नू’ भनेका छन् ?
उत्तर– मलमुत्र त्याग नगर्नू ।
५१. वाल्मीकि रामायाणमा भरतले कौशल्यालाई ‘जनतासँग ६ प्रतिशत कर लिएर पनि जनताको रक्षा नगर्ने राजा’ लाई के को संज्ञा दिएका छन् ?
उत्तर– अन्यायी पापी राजा ।
रामले जीवनमा जस्तो सुकै कठिन परिस्थितिमा पनि निर्वाह गर्नु भयो । आज रामको त्यही आदर्शलाई जीवनमा थोरै भएपनि “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।। माता र मातृभूमि यी दुवै स्वर्ग भन्दा पनि ठुला हुन् ।” हृदयमा सधै राखेर वैदिक सनातन धर्मको ज्योतिलाई अगाडि बढाऔँ ।