नैमिषारण्य संस्कृत गुरुकुलम् Naimisharanya sanskrit gurukulam

  • Home
  • Nepal
  • Banepa
  • नैमिषारण्य संस्कृत गुरुकुलम् Naimisharanya sanskrit gurukulam

नैमिषारण्य संस्कृत गुरुकुलम् Naimisharanya sanskrit gurukulam Sanskrit gurukul (hindus traditional school)

नैमिषारण्य क्षेत्र विकास समितिका उपाध्यक्ष श्री सुदर्शन आचार्य एवं यस गुरुकुल व्यवस्थापन समितिका सदस्य श्री बद्रीप्रसाद ...
10/10/2021

नैमिषारण्य क्षेत्र विकास समितिका उपाध्यक्ष श्री सुदर्शन आचार्य एवं यस गुरुकुल व्यवस्थापन समितिका सदस्य श्री बद्रीप्रसाद बडाल ज्यू ले २०७८/०६/२४ गते आफूलगायत सम्पूर्ण परिवारको सुस्वास्थ्य दीर्घायु र नवग्रह शान्तिको कामना गर्दै आफ्नो जन्मदिनको अवसरमा ब्राह्मण भोजनको व्यवस्था गर्नु भयो उहाँ लगायत सम्पूर्ण परिवारजनमा भगवानको कृपा सदैब रहिरहोस जन्मदिनको अनन्त शुभकामना ।
🙏🌻🌼🌷🌱🌹🌴🌳🌲🥀🍁🍀🏵️🙏
सुस्वास्थ्यं कामये नित्यं जीवनं मोदसंयुतम् ।
रोगान् हरन्तु ते देवा: त्वं जीव शरदां शतम् ॥

शारदीय नवरात्रको हार्दिक मङ्गलमय शुभकामना   विजयादशमी एवं नवरात्रको पावन अवसरमा  भोली घटस्थापना देखि ९ दिनसम्म वैदिक विध...
06/10/2021

शारदीय नवरात्रको हार्दिक मङ्गलमय शुभकामना

विजयादशमी एवं नवरात्रको पावन अवसरमा भोली घटस्थापना देखि ९ दिनसम्म वैदिक विधिपूर्वक गुरुकुलका शुभचिन्तक सहयोगी दाताहरु एवं समस्त प्राणीको काल्याणको कामना गर्दै गुरुकुलमा रहेको भगवती काली आमाको शारदीय नवरात्रको उपासना पूजा हुनेभएकोले यस पूण्य कर्ममा सहभागी भई आफू र आफ्नो परिवारलाई वैदिक ज्ञानको ज्योति सङ्ग जोडी शान्ति र आनन्द प्राप्त गरौ भन्दै सवैमा शुभकामना प्रदान गर्दै भगवती काली आमाले हामीलाई कृपा गर्नुहुनेछ भन्न चाहान्छौ ।
जय काली जय आमा जय भगवती

आजको भेटघाट कार्यक्रम
03/10/2021

आजको भेटघाट कार्यक्रम

संखुवासभा घर भई  हाल धुलिखेल  बासघारी  निवासी यस गुरुकुलका सचीव एवं  व्यवस्थापक अभिभावक श्री पदमनाथ ढुंगाना ज्यू का पूज्...
02/09/2021

संखुवासभा घर भई हाल धुलिखेल बासघारी निवासी यस गुरुकुलका सचीव एवं व्यवस्थापक अभिभावक श्री पदमनाथ ढुंगाना ज्यू का पूज्य माताज्यू को आज ०५/१७ गते १३औं दिनको पूण्य तिथिमा उहाँको भगवत्धाम प्राप्तिको कामना गर्दै गुरुकुलमा अध्ययनरत वटुहरुले श्रीमद्भागवत अष्टमस्कन्ध, विष्णुसहस्रनाम , शुक्ल यजुर्वेद , श्रीरामगीता , भगवत्गीता, गोकर्णोपाख्यान पाठ पारायण गरेका छन् । उहाँहरुको परिवारमा सुख शान्ति समृद्धि तथा सुस्वास्थ्यको कामना गर्दै सधैभरी पितृहरुको आशीर्वाद र भगवद्कृपा प्राप्त भिइरहोस भनी भगवान सङ प्रार्थना गर्दछौं ।

नैमिषारण्य गुरुकुल परिवार
जय होस सबको ।।।

श्रीकृष्ण जन्माष्टमी एवं राधाकृष्ण मन्दिरको वार्षिकोत्सब पछि गरिएको  ग्राम परिक्रमाको दृश्यहरु
31/08/2021

श्रीकृष्ण जन्माष्टमी एवं राधाकृष्ण मन्दिरको वार्षिकोत्सब पछि गरिएको ग्राम परिक्रमाको दृश्यहरु

ॐ पवित्र  भावना पवित्र संदेश बुढानिलकण्ठ स्थित बोधिसत्त्व बिहारले आज नैमिषारण्य संस्कृत  गुरुकुलममा अध्ययनरत बिद्यार्थी ...
26/08/2021

ॐ पवित्र भावना पवित्र संदेश

बुढानिलकण्ठ स्थित बोधिसत्त्व बिहारले आज नैमिषारण्य संस्कृत गुरुकुलममा अध्ययनरत बिद्यार्थी हरुका लागि १५ बोरा चामल, ३ काटुन तेल दाल ,पिठो ,नुन साबुन लगायतका खाद्य सामग्री समाजसेवी एवं परोपकारी डा . दिलबहादुर तामाङ ज्यू को बिशेष पहलमा उपलब्ध गराउनु भएको छ । उहाँहरु सबैजनाको सुस्वास्थ दीर्घायू एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।ओमकार परिवार भित्रका बिहार र गुरुकुल विचको यस पवित्र सम्बन्द्ध आगामी दिनमा अझै प्रगाढ र सफल बन्नेछ ।
जयतु गुरुकुल

जायते म्रियते वा कदाचिन्नायं भूत्वाऽभविता वा न भूयः ।                 अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरी...
24/08/2021

जायते म्रियते वा कदाचिन्नायं भूत्वाऽभविता वा न भूयः ।
अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे ।।

यस नैमिषारण्य क्षेत्रविकास समितिका सचिव एवं श्रीनैमिषारण्य संस्कृत गुरुकुलम् का व्यवस्थापक एवं अविभावक श्री पदमनाथ ढुङ्गानाज्यू को पूजनीय ममतममयी माता श्री चन्द्रकुमारी ढुङ्गानाज्यूको असामयिक निधनले हामीलाई मर्माहत तुल्याएको छ । यस दुःखद घडीमा आत्माको शान्तिको लागि र भगवत् धाम प्राप्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा भूतभावन श्रीदिव्येश्वर भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गर्नुहोस् भन्दै हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

नैमिषारण्य क्षेत्र विकास समिति एवं नैमिषारण्य संस्कृत गुरुकुल परिवार न

सुस्वास्थ्यं कामये नित्यं जीवनं मोदसंयुतम् ।    रोगान् हरन्तु ते देवा: त्वं जीव शरदां शतम् ॥      यस गुरुकुलमा अध्यापनरत...
15/08/2021

सुस्वास्थ्यं कामये नित्यं जीवनं मोदसंयुतम् ।
रोगान् हरन्तु ते देवा: त्वं जीव शरदां शतम् ॥
यस गुरुकुलमा अध्यापनरत आचार्य गुरु श्री मधुसूदन पराजुली ज्यू ले आज परेको शुभजन्मोत्सवको अवसरमा नैमिषारण्य संस्कृत गुरुकुलमा अध्ययनरत छात्र एवं गुरुहरु सम्पूर्णका निमित्त मिष्टान्न भोजनको व्यबस्था गराउनु भएको छ । उहाँको परिवारमा सुख शान्ति समृद्धि तथा सुस्वास्थ्यको कामना गर्दै जन्मदिनको अनन्त शुभकामना सहित आगामी दिनमा समेत यस्तै सत्सङ्कल्प सत्कर्म गर्ने कृपा परमात्मा बाट मिलोस ।
जय होस सबको ।।।

शुभ भावना  -  शुभ सन्देश पाँचखाल नगरपालिकाका नगर प्रमुख,  राष्ट्र र जनताप्रति उत्तरदायी, सेवाप्रेमी,  बिकास प्रेमी एवं  ...
13/08/2021

शुभ भावना - शुभ सन्देश

पाँचखाल नगरपालिकाका नगर प्रमुख, राष्ट्र र जनताप्रति उत्तरदायी, सेवाप्रेमी, बिकास प्रेमी एवं मृदुभाषी युवा नेता श्री महेश खरेल ज्यू सङ्गको आजको भेटघाट र छलफल गुरुकुलको विकास र उन्नतिका लागि महत्त्वपूर्ण भएको छ । उहाँले गुरुकुलको शैक्षिक गुणस्तर अभिवृद्धि एवं गुरुकुलमा आवासीय रूपमा अध्ययनरत ५० जना वटुकहरुको दैनिक भोजन व्यवस्थापनका निमित्त एक महिनाको सम्पूर्ण खर्चका लागि गुरुकुललाई ५००००० /- रू पाँच लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँको यस सौहार्दता प्रती गुरुकुल परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ । साथै नगरपालिका परिवार लगायत उहाँको परिवारको सुख शान्ति समृद्धि र सुस्वास्थ्यको कामना गर्दछौं ।
जय होस! मङ्गल होस! कल्याण होस !!

Address

Banepa

Telephone

+97711491466

Website

Alerts

Be the first to know and let us send you an email when नैमिषारण्य संस्कृत गुरुकुलम् Naimisharanya sanskrit gurukulam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to नैमिषारण्य संस्कृत गुरुकुलम् Naimisharanya sanskrit gurukulam:

Share

Category