Tripurasundari Baitadi

Tripurasundari Baitadi Ancient temples, churches, monasteries and other religious buildings compete for space with urban housing.

"त्रिपुरासुन्दरी बैतडी” पेज २०१५ बाट निरन्तर रुपमा धर्म, संस्कृति र स्थानीय परम्पराको संरक्षणमा समर्पित छ।

यो पवित्र भूमि माता त्रिपुरा सुन्दरीको आस्थाको केन्द्र हो, जहाँ श्रद्धा, भक्ति र परम्पराले एकैसाथ स्थान पाएका छन् ।

Like Follow Share : JaiMataDi HISTORICAL GLIMPSE OF TRIPURA SUNDARI BHAGWATI TEMPLE BAITADI
Your first impression of Nepal may render you speechless by its cultural and relig

ious richness and diversity. Marketplaces and religious sites are always crowded with colorfully dressed people. Temple Tripura Sundari is one of the most famous temples of far western
Nepal, located in Dasrathchand municipality of Baitadi district. It is known for its astonishing architectural beauty, stands as a symbol of faith, religion, culture and tradition. The temple is constructed in pagoda style and decorated with red colored marble tiles. It is believed that red color indicate the symbol of goddess Bhagwati. The present pagoda style of the temple came into existence as a result of renovation by local peoples. It is magnificent piece of art and has huge potential of tourism within and outside the country. It is situated at top of the hill and on its base there is small town market or village known as Jhulaghat on the Indo-Nepal border which is about 4 kilometers away from Tripura Sundari temple .The Mahakali river flows from East to West along the Indo-Nepal Border creating international boundary. The town is good business centre for Indian and Nepali people. Indians are attracted to foreign goods available in shops at Nepal side of Jhulaghat.There are regular bus services from district headquarter Khalanga and Jhulaghat to Tripura Sundari. Temple is only 3 kilometer away from district headquarter khalanga. Tripura Sundari is also known from the name of Ransaini. It is believed that there were seven sisters of Goddess Bhagwati among which one is Ransaini. Word Ransaini is originated from two words ‘Ran’ meaning rice husk and ‘Saini’ meaning Bhagwoti. There are seven such Bhagwati temples in Baitadi representing each sister. There is a myth describing how the Tripura Sundari Bhagwoti temple came to existence या देवी सर्वभूतेषु शक्ति-रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

22/08/2026
17/08/2026

ओल्के पर्व सुदूरपश्चिम नेपालको मौलिक, प्राचीन तथा महत्वपूर्ण सांस्कृतिक पर्व हो। विशेषगरी डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछामलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। डोटेली संस्कृतिमा प्रत्येक महिनाको पहिलो दिनलाई सङ्क्रान्तिका रूपमा विशेष महत्व दिइन्छ। वैशाख सङ्क्रान्तिलाई बिसु, साउन सङ्क्रान्तिलाई हरेली र भदौ सङ्क्रान्तिलाई ओल्के भनिन्छ।

‘ओल्को’ भन्नाले उपहार, कोसेली वा सम्मानस्वरूप दिइने वस्तु भन्ने बुझिन्छ। त्यसैले भदौ सङ्क्रान्तिका दिन आफ्ना मान्यजन, ज्येष्ठ नागरिक, आफन्त तथा नातागोताका घरमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ तथा आफ्नो घरमा उपलब्ध अन्य खाद्यवस्तु लगेर दिने परम्पराका कारण यस पर्वको नाम ओल्के रहन गएको मानिन्छ।

सिंह सङ्क्रान्ति र भदौ महिनाको सुरुवात :

साउनबाट भदौ सुरु हुँदा सूर्य कर्कट राशिबाट सिंह राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई सिंह सङ्क्रान्ति पनि भनिन्छ। भदौ वर्षा ऋतुको दोस्रो महिना हो। लामो समयको वर्षापछि प्रकृति हराभरा हुने, नयाँ वनस्पति उम्रिने, पानीका मुहान फुट्ने र खोलानाला भरिने समय भएकाले पनि भदौको सुरुवातलाई विशेष महत्व दिइएको पाइन्छ।

डोटेली समाजमा ओल्केपछि नयाँ चाडपर्वको मौसम सुरु भएको अनुभूति हुन्छ। त्यसैले ‘ओल्केअघि’ र ‘ओल्केपछि’ भनेर समय छुट्याउने चलनसमेत पाइन्छ।

मान्यजनलाई सम्मान र आफन्तबीचको सम्बन्ध :

ओल्के पर्वको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ठुलालाई सम्मान र सानालाई माया गर्नु हो। भदौ १ गते बिहानै नुहाइधुवाइ गरी घर सफा गर्ने, मिठामसिना परिकार तयार गर्ने र आफन्त तथा मान्यजनलाई भेट्न जाने गरिन्छ।

आफूसँग उपलब्ध वस्तु नै ओल्कोका रूपमा दिने गरिन्छ। फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, कर्कलाको गाभा लगायतका वस्तु ओल्को दिने चलन छ। यसको अर्थ उपहारको मूल्यभन्दा पनि सम्बन्ध, सम्मान र आत्मीयता महत्वपूर्ण हुन्छ भन्ने हो।

देवतालाई ओल्को :

डोटेली समाजमा नयाँ उत्पादनको पहिलो अंश देवतालाई चढाउने परम्परा पुरानै हो। अन्नको नयाँ उत्पादन देवतालाई चढाउने कार्यलाई न्वागी भनिन्छ भने फलफूल, सागपात तथा अन्य उत्पादनलाई ओल्कोका रूपमा देवतालाई चढाउने गरिन्छ।

यसरी ओल्कोको सुरुवात देवस्थलबाट गरी आफन्त तथा सम्बन्धित परिवारका घरसम्म पुर्‍याउने परम्परा रहेको पाइन्छ। यसले मानिस र प्रकृति, मानिस र देवता तथा मानिस मानिसबीचको सम्बन्धलाई जोड्ने सांस्कृतिक भूमिका निर्वाह गर्छ।

चौमासमा छुट्टिएका आफन्तलाई भेट्ने अवसर :

पुरानो समयमा सुदूरपश्चिमका पहाडी तथा दुर्गम गाउँहरूमा वर्षायाममा आवतजावत निकै कठिन हुन्थ्यो। असार साउनको लगातार वर्षा, बाढीपहिरो र बाटोघाटोको समस्याका कारण गाउँहरू एकअर्काबाट सम्पर्कविहीनजस्तै हुन्थे।

त्यस समयमा टाढा रहेका आफन्तलाई आफूले उत्पादन गरेको खाद्यवस्तु वा उपलब्ध सामग्री उपहारका रूपमा पठाउने चलन थियो। यही परम्परा विस्तार हुँदै ओल्को दिने संस्कृतिका रूपमा विकसित भएको मानिन्छ। त्यसैले ओल्के केवल एउटा पर्व नभई वर्षायाममा टाढिएका परिवार र आफन्तलाई पुनः जोड्ने सामाजिक माध्यम पनि हो।

खानपान र डोटेली परिकार :

ओल्के पर्वमा स्थानीय खानपानको विशेष महत्व हुन्छ। डोटेली संस्कृतिमा यस दिन विभिन्न परिकार बनाएर परिवार तथा आफन्तसँग बसेर खाने चलन छ। फाँणो, गतानी डुब्का, भक्के रोटो, रोट, माणा लगायतका स्थानीय परिकार बनाइन्छन्।

चाडपर्वका लागि पहिले नै अन्न तथा अन्य सामग्री छुट्याएर राख्ने परम्परालाई त्यार वाणो भनिन्छ। आफूहरूसँग पर्याप्त सामग्री नभए छिमेकीसँग मागेर भए पनि पर्व मनाउने चलनले गाउँघरको पारस्परिक सहयोग र आत्मीयतालाई देखाउँछ।

प्रकृति र वर्षासँग जोडिएको विश्वास :

ओल्के वर्षायामको महत्वपूर्ण समयमा पर्ने भएकाले यसको सम्बन्ध प्रकृतिसँग पनि गहिरो छ। यस समयमा लामो झरीले धुलो, धुवाँ तथा फोहोर पखालिन्छ। पाखापखेरामा नयाँ वनस्पति उम्रिन्छन्, विभिन्न किरा फट्याङ्ग्रा देखिन्छन् र पानीका नयाँ मूल फुट्न थाल्छन्।

लोकविश्वासअनुसार खहरे खोला ठूला नदी हुँदै समुद्रलाई ओल्को पुर्‍याउन जान्छन्। एउटा खहरेलाई समुद्रसम्म पुग्न सात दिन सात रात लाग्ने भएकाले ‘सतरती’ अर्थात् सात दिन सात रातसम्म वर्षा हुने विश्वास पनि पाइन्छ।

यसैसँग जोडिएका विभिन्न शुभ अशुभ जनविश्वासहरू पनि छन्। प्रकृतिको अवस्था, आकाशमा देखिने तारा, पशुपक्षीको अवस्था तथा वर्षाको प्रकृतिलाई आधार बनाएर आगामी समयको खेतीपाती र अन्न उत्पादनबारे अनुमान गर्ने परम्परा पनि थियो।

लुतो फाल्ने र शरीर शुद्ध गर्ने विश्वास :

लामो वर्षापछि वातावरण सफा हुने भएकाले ओल्के पर्वलाई शारीरिक तथा वातावरणीय शुद्धीकरणसँग पनि जोडिन्छ। वर्षाले धुलो, फोहोर र प्रदूषण पखाल्ने तथा नयाँ पानीका मुहान फुट्ने भएकाले प्रकृति नयाँ र स्वच्छ बनेको अनुभूति हुन्छ।

यसै कारण कतिपय ठाउँमा ओल्के आसपास लुतो फाल्ने तथा रोगव्याधिबाट मुक्ति पाउने सांस्कृतिक विश्वास पनि रहेको पाइन्छ।

पिङ, देउडा र सामूहिक रमाइलो :

ओल्के पर्वमा मनोरञ्जनको पनि विशेष महत्व हुन्छ। बाबियोको डोरीबाट पिङ बनाउने, देउडा खेल्ने, गीत गाउने तथा आफन्त र छिमेकीसँग सामूहिक रूपमा रमाइलो गर्ने परम्परा छ।

डोटेली समाजमा चाडपर्वलाई ‘त्यार’ भन्ने गरिन्छ र ओल्केलाई वर्षायामपछि आउने पहिलो प्रमुख त्यारका रूपमा लिइन्छ। त्यसपछि गौरा, कृष्ण जन्माष्टमी, तीज लगायतका पर्वहरू क्रमशः आउँदै जाने भएकाले भदौ महिनालाई पर्वैपर्वको महिना पनि मानिन्छ।

‘बुडी हालेको’ परम्परा :

सुदूरपश्चिमका केही क्षेत्रमा ओल्के पर्वसँग जोडिएको ‘बुडी हालेको’ नामक मौलिक परम्परा पनि पाइन्छ। गाउँका मानिसहरू मिलेर रुखका हाँगाबिँगा, झ्याङ तथा अन्य सामग्री जम्मा गरी अग्लो स्थानमा थुप्रो बनाउने चलन छ।

पछि निश्चित दिनमा त्यसलाई सामूहिक रूपमा जलाउने गरिन्छ। यससँग रोगव्याधि हट्ने, अन्नबाली राम्रो हुने तथा प्राकृतिक विपत्तिबाट सुरक्षा हुनेजस्ता लोकविश्वास जोडिएका छन्। यस्ता परम्पराले सुदूरपश्चिमको लोकसंस्कृति, सामूहिकता र प्रकृतिसँगको सम्बन्धलाई झल्काउँछन्।

ऐतिहासिक पृष्ठभूमि :

मध्यकालीन डोटी राज्यको सामाजिक तथा आर्थिक व्यवस्थासँग पनि ओल्के परम्परा जोडिएको देखिन्छ। पुरानो समयमा गाउँका प्रतिनिधि तथा मुखियाहरूले राज्यसत्ता र देवस्थलमा ओल्को चढाउने परम्परा रहेको जनश्रुति तथा ऐतिहासिक विवरणहरू पाइन्छन्।

राजा स्वयं देवालयमा पुगेर ओल्को चढाउने, पूजा गर्ने तथा भाकल गर्ने परम्पराले ओल्केलाई केवल पारिवारिक पर्व नभई राज्य, धर्म, समाज र उत्पादन प्रणालीसँग जोडिएको पर्वका रूपमा पनि स्थापित गरेको देखिन्छ।

त्यतिबेला किसानले आफूले उत्पादन गरेको वस्तुमध्ये उपलब्ध वस्तु देवता, राजा वा मान्यजनलाई दिने गर्थे। ओल्कोका लागि एउटै वस्तु अनिवार्य थिएन। जसको घरमा जे उपलब्ध छ, त्यही वस्तु सम्मानपूर्वक दिने गरिन्थ्यो। यसले तत्कालीन समाजमा रहेको उत्पादनमा आधारित आदानप्रदान र सामाजिक सम्बन्धलाई देखाउँछ।

ओल्केको मौलिक सन्देश :

ओल्के पर्वको मूल भावना वस्तुको लेनदेन मात्र होइन। यसको गहिरो सन्देश आपसी सम्मान, आत्मीयता, सहयोग, प्रकृतिप्रतिको कृतज्ञता र सामाजिक एकता हो।

ठूला बडालाई सम्मान गर्ने, सानालाई माया गर्ने, टाढिएका आफन्तलाई सम्झने, आफूले उत्पादन गरेको वस्तु बाँड्ने, देवतालाई नयाँ उत्पादन चढाउने र समुदायसँग मिलेर रमाइलो गर्ने परम्पराले ओल्केलाई विशिष्ट बनाएको छ।

आजको समयमा जीवनशैली परिवर्तन हुँदै गए पनि ओल्के पर्वले बोकेको मौलिकता जोगाउनु आवश्यक छ। नयाँ पुस्तालाई ओल्केको इतिहास, ओल्को दिने परम्परा, स्थानीय परिकार, देउडा, पिङ तथा अन्य सांस्कृतिक अभ्यासबारे जानकारी गराउन सके मात्र यो पर्व पुस्तौँसम्म जीवित रहन सक्छ।

यस अर्थमा ओल्के सुदूरपश्चिमको एउटा सङ्क्रान्ति मात्र होइन, प्रकृति, परिवार, समाज, देवता र स्थानीय जीवनपद्धतिलाई एउटै सूत्रमा बाँध्ने सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचान हो। ओल्के पर्वको शभकामना

13/08/2026

Kapadigau Mandir

📷 ashokchand72

05/08/2026

Tripurasundari Baitadi

Video: Gopal Hamal

Address

Tripura
Baitadi
10200

Website

Alerts

Be the first to know and let us send you an email when Tripurasundari Baitadi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Tripurasundari Baitadi:

Shortcuts

Share

Category