श्री महारुद्र - मादेउ मन्दिर बैतडी

  • Home
  • Nepal
  • Baitadi
  • श्री महारुद्र - मादेउ मन्दिर बैतडी

श्री महारुद्र - मादेउ मन्दिर बैतडी ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्।
उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात्॥

बैतडि जिल्ला दशरथ चन्द नगरपालिका वडा न १ मा अवस्थित पवित्र भुमि श्री महारुद्र देवताको मन्दिर र यस वरिपरिका मनोरम द्र्श्य हरु देवाधि देव महादेव तथा बैतडि जिल्लाका बिभिन्न धार्मिक महत्व बोकेका एतिहासिक मठ मन्दिर हरुमा समर्पित पेज |

25/10/2025

प्राचीन समयमा मलासबाट भारतको उत्तराखण्ड हुँदै विभिन्न देवी देवताहरुसँग युद्ध गर्दै आएका अठौति मल्ल तथा खोपर्‍या बैतडी सहित स्वराडका देवीदेवताहरुसँग युद्ध लड्ने इच्छाले आएको यस क्षेत्रमा विभिनन अवसरमा गाइने लोगाथाहरुमा सुन्न पाइन्छ । यस क्षेत्रका बुढापाकाहरुले पनि अठौति र खोपर्‍यासँग स्थानीय देवी देवताहरुले युद्धमा विजय हाँसिल गरेको कथा सुनाउँदै आएको पाइन्छ । भारतको उत्तराखण्डका देवीदेवताहरुलाई पराजित गर्दै आएका अठौति मल्ल र खोपर्‍या बैतडीसँग जोडिएको नेपाल भारतको सीमाना झुलाघाट पुगेर बैतडी तिर नजर लगाउँछन् । झुलाघाटमा नदी तराउने मान्छेलाई बैतडी तथा स्वराडक्षेत्रका देवीदेवताहरुसँग युद्ध गर्न नदी तराइदिन आग्रह गरेपछि नदी रताउने मान्छेले बैतडी तथा स्वराडमा ठूलाठूला देवता भएकाले तिमीले युद्ध जित्न सक्दैनौ त्यस ठाउँमा नजाउ भनि सम्झाएको कथा अठौति मल्लको लोक गाथामा यसरी प्रस्तुत भएको पाइन्छ ।
जन चलइ अठौति स्वराड गड
बडाबडा देउ छन् स्वराड गड
उनमुण्डो उबखुट्टा लौन्ना स्वराडगड
यसरी नदी तराउने मान्छेले सम्झाइ बुझाइ गर्दा पनि अठौति तथा खोप र्‍यले आफ्नो जिद्दी नछोडेपछि नदी तरेर बैतडीमा प्रवेश गर्दछन् । बैतडीमा अठौति प्रवेश भएको तथा पाएपछि रणशैनी भगवती अठौति आएको खबर दिन तथा त्यसलाई कसरी पराजित गर्ने भन्ने सल्लाह र सहायताका लागि निङलाशैनी भगवती कहाँ आएको र निङ्लाशैनीले चिन्ता नगर हामी त्यसलाई सजिलै पराजित गछौँ भन्ने बाचा गरेको कथा अठौति मल्लको गाथामा यसरी प्रस्तुत भएको पाइन्छ ।
दिदी निङलाशैनी मेरो बोल लेन
बलियाकि साङी आइछ मेरो बोल लेन
बैना रैण्याशैनी मेरो बोल लेन
तोखिलेखा बलियो छ मुखिलेखा केइन
झल्यामल्या गावडीको बेल्या भरी घिउँ
एइमेरी सोराड छुनु नदिउँ
यसरी दुबै दिदी बहिनी बीच संवाद भएपछि बैतडी र स्वराडका सबै देवीदेवताहरुलाई खबर गरेर बैतडी जिल्लाको झौलेकमा सभाका लागि निमन्त्रण पठाइयो । सबै देवीदेवताहरुले यो खबर सुनेपछि शशीलिङ्ग (असमी केदार) देवताको अध्यक्षतामा सभा गरेको कथा अठौतिको लोक गाथामा यसरी प्रस्तुत भएको छ।
खेड्या मेड्या कटकको झौलेक ठउँ
खेड्यामेड्या कटकको को होलो माझी
खेड्यामेड्या कटकको ससालिङ्ग माझी
शैपाल सुरपाल सस्याका बाग
यसरी सभा बसेपछि देवताहरुले युद्ध गरेर अठौति मल्ललाई पराजित गरेको कथा लोकगाथाहरुमा पाइन्छ । बैथडी तथा स्वराडका विभिनन देवीदेवताहरुको सहायतामा शैपाल र सुरपाल देवताले सल्म्या धुरामा खोपर्‍यालाई मारेको कथा बुढापाकाहरुले सुनाउँछन् । उक्त खोपर्‍यालाई गुफाभित्र छिराएर मारेको हुनाले बैतडीको सुरकाल गाउँमा असमी केदार मन्दिरको ठिक माथिपट्टी खोपर्‍या मारेको गुफा भनेर अझै पनि रहेको छ ।
यसरी बैतडी जिल्लाका विभिनन स्थानहरु ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण रहेका छन् । खोपर्‍या मार्न सभा बसेको बैतडीको झौलेक धर्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको छ । पहाडको बीचमा सम्म परेको भाग, त्यसैमा छडीलिङ्ग देवताको मन्दिर र माथिपट्टी महारुद्र मन्दिर रहेको छ । यसमा मंसिर महिनामो शुक्ल द्वितीयाका दिन स्थानीय मेला लाग्दछ, जसलाई झौलेककी दुत्या भनिन्छ । यस दिन यस मन्दिरमा बाँजागाजाका साथ भैलोको प्रस्तुति गर्दै जात्र लगाइन्छ । यो क्षेत्र प्रकृतिक सुन्दरताले पनि अत्यन्त सुन्दर भएकाले धार्मिक तथा प्राकृतिक पर्यटकहरुका लागि उचित गन्तव्य हुने सम्भावना प्रसस्त छ । यस्ता ठाउँहरुको संरक्षण र प्रचारप्रसार हामी सबैको कर्तव्य हो ।
✍️ Kabiraj Bhatt Bilouna
🎬️ Harish Bohara

06/10/2025

🛕 महारुद्र मन्दिरको ऐतिहासिक र धार्मिक महत्त्व
बैतडीको दशरथचन्द नगरपालिका–१ मा रहेको महारुद्र मन्दिर प्राचीन इतिहास बोकेको एक महत्वपूर्ण तीर्थस्थल हो।
• मन्दिरको स्थापना काल स्पष्ट छैन, तर किंवदन्ती अनुसार १२औं शताब्दीभन्दा पुरानो मानिन्छ।
• प्रारम्भमा ठूला रुखको फेदमा पूजा गरिन्थ्यो, पछि मन्दिर निर्माण भयो।
• मन्दिरको गर्भगृहमा रहेको महारुद्र देवताको शिला जमिनबाट आफैँ बढ्ने विश्वास छ।
• मन्दिर नजिकै मसानघाट पनि रहेको छ, जुन एक किंवदन्ती अनुसार मिस्त्रीको छोरा मरेपछि स्थापना गरिएको हो ।
🕉 धार्मिक परम्परा र पूजाआजा
• विशेष पूजाका दिनहरू: वैशाख संक्रान्ति, पूर्णिमा, असोज नवरात्रि, वसन्त पञ्चमी, शिवरात्रि
• श्रावण र माघ महिनामा: गुरुखोला जरकट्टेमा रहेको भण्डारगृहमा नित्य पूजा
• दशैंमा: सामूहिक जमरा राख्ने, जाग्राम बस्ने, भण्डार घरबाट भण्डार ल्याउने परम्परा।
• देवताको अन्य नामहरू: पखान, घुगु, भम्सिन, मादेउ
📿 स्थानीय विश्वास र किंवदन्तीहरू
• महारुद्र देवता बैतडीको उत्तर पुर्चौणीदेखि दक्षिण तल्लो स्वराडसम्मको भूभागमा शयन गरिरहेको विश्वास
• देवताको विभिन्न अंगहरू विभिन्न स्थानमा पूजिन्छन्, महारुद्र मन्दिरमा पेटको भागको रूपमा पूजा गरिन्छ
• मन्दिरमा ढुङ्गाको प्राचीन देवल, बाघको मूर्ति, चक्र आदि रहेका छन्
महारुद्र मन्दिर केवल एक धार्मिक स्थल मात्र होइन, यो बैतडीको सांस्कृतिक पहिचान, आस्था र ऐतिहासिक गौरवको प्रतीक हो।

14/06/2024

अठौति तथा खोपर्‍यासँग युद्धको रणनीतिका लागि स्वराड बैतडीका देवताहरुले सभा बसेको ठाउँ झौलेक 💜
खेड्या मेड्या कटकको झौलेक ठउँ
खेड्यामेड्या कटकको को होलो माझी
खेड्यामेड्या कटकको ससालिङ्ग माझी
शैपाल सुरपाल सस्याका बाग 😊

13/11/2023

अठौति तथा खोपर्या सङ्ग युद्धको रणनीतिका लागि स्वराड बैतडीका देवताहरुले सभा बसेको ठाउँ झौलेक नजिकै द.न.पा. वडा न.०१ महादेवको पातलमा अवस्थित एतिहासिक र पौराणिक शैलिमा बनेको मन्दिरमा भगवान शिवको दर्शन गरि पुण्य फल प्राप्त गर्नुहोस 😍💚🙏🙏

वुवा देव महादेव रक्षा गरुन सबैलाइ जै शम्भो ॥
15/08/2023

वुवा देव महादेव रक्षा गरुन सबैलाइ जै शम्भो ॥

11/10/2022

भवतु सब्ब मङ्गलम 😍

11/08/2022

शिव नाम से है,
जगत में उजाला ।
हरी भक्तो के है,
मन में शिवाला ॥

महादेवको पवित्र भुमि वरिपरि हिउले ढकमक्क बनाउदाको मनोरम क्षण 🥰🥰🕉🕉
22/02/2022

महादेवको पवित्र भुमि वरिपरि हिउले ढकमक्क बनाउदाको मनोरम क्षण 🥰🥰🕉🕉

Address

Baitadi
977

Website

Alerts

Be the first to know and let us send you an email when श्री महारुद्र - मादेउ मन्दिर बैतडी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share