Hindu ved bolaauchh timilaai वेद बोलाउछ तिमिलाइ

Hindu ved bolaauchh timilaai वेद बोलाउछ तिमिलाइ हर हिन्दु को लागि मात्र

14/11/2021

जय बाग्लुङ कालिका

06/11/2021

28/09/2021

शुभ प्रभात लक्ष्मी नारायण को कृपा बनिरहोस

24/09/2021

न धैर्येण विना लक्ष्मी, न शौर्येण विना जयः ।
न ज्ञानेन विना मोक्षो, न दानेन विना यशः ।।

धैर्य बिना धन, वीरता बिना विजय,
ज्ञान बिना मोक्ष र दान बिना यश
प्राप्त हुदैन।
शुभ दिन

10/03/2021

#शुप्रभात_आज_मिती_२७_फागुन_२०७७_बिहिवार_महा_शिवरात्री #नेपाली_सेना_दिवस_आउनुहोस्_आजको_यस_पावन_पबित्र_दिन_मा_भगवान_भोला_नाथ_को #दर्शन_गरि_आज_को_दिन_मात्र_हैन_आगमी_दिन_हरु_समेत_सुखद_हर्ष_उल्लास_मय_बनाउ ुतोष_को_अशिम_कृपा_रहि_रहोस_महा_शिवरात्री_को_हार्दिक_मंगल_मय_शुभकामना
संसारमा सबै कुरा शिवतत्वबाटै आउँछ अनि त्यसै तत्वमा मिसिन्छ, धन, जन या तन त्यागेर भन्दा पनि सँच्चा मान्छे हुन अहम त्यागेर त्यागी बन्न सकौं । गाँजा भाँङ अनि धतूरोको सेवनले शिव बनाउँदैन, शिवतत्वको आत्मसाथ गरौं, यो शिवरात्रिमा रिस, राग अनि अहंकारको त्याग गरौं अनि जीवनको साँचो पथतर्फ लम्कदैजाँऔ ।शुभकामना महासिवरत्री को सम्पुर्ण मा

06/03/2021

#सन्ध्या_कालिन_नमस्कार_सम्पुर्ण_मा_शुभ_साँझ
जालन्धर उत्पत्तिको कथा-शिवपुराणबाट ॥
एक पटक देवगुरु बृहस्पति र देवराज इन्द्र महादेवको दर्शनगर्न
कैलास गए, यो थाहा पाएर महादेव जटाजूट धारी भयङ्कर रूप
लिएर तिनीहरूको बाटो छेक्नुभयो, इन्द्रले अधीर भएर वज्रप्रहार
गर्न खोजे, महादेवले क्रोधित हुँदै उस्को हात स्तम्भन गर्नुभयो,
तब इन्द्रले बृहस्पतिको सुझाव अनुसार महादेव हो भन्ने जानेर
स्तुति गरे, तब भगवान शिवले आफ्नो तेश्रोनेत्रमा रहेको इन्द्रप्रति
को क्रोध झिकेर क्षीरसागरमा फ्याकि दिनुभयो, त्यो अग्नि सागर
मा पुगेर बालकको रूपलियो र रुनलाग्यो, रोएको स्वर यति ठूलो
थियोकि पृथिवी काम्न थालिन, यो देखेर सारा देवता डराएर ब्रह्मा
को शरणमा आए, तब ब्रह्मासहित सवैदेवता स्वरको अनुगमन गर्दै
सागततटमा जाँदा त्यो बालकलाई सागरदेवले काखमा लिएका थिए,
ब्रह्माले सागरलाई "यो बालक को हो ? कस्को पुत्र हो ? भनेर सोधे,
सागरले "यो बालक मैले गंगाको र सागरको संगममा भेटेको हुँ यो को
हो ? कस्को पुत्र हो ? मलाई थाहा छैन" भनेर उत्तर दिए, तब बालक
ले ब्रह्माको घाँटि समात्यो, ब्रह्माजी छटपटाए आँखाबाट आँशु झर्यो र
त्यो बालकमा परेकोले ब्रह्माजीले "यो प्रतापी बालकको नाम "जालन्धर"
भनेर नामाकरण गरे, यो बालक ठूलोयोध्दा हुनेछ, भनेर भविष्य बताए,
यो बालक सम्पूर्ण दैत्यजातीको स्वामी हुनेछ, रुद्रको अतिरिक्त अन्य
सवै देवतालाई यस्ले जित्ने छ, यस्की पत्नी महान पतिव्रता शीलको
सागर हुनेछिन ।
यसपछि दैत्यगुरु शुक्राचार्यले दैत्याधिपतिको रूपमा अभिषेक गरेपछि
सवै देवता आफ्नो लोक गए, सागरपनि महान प्रतापी बलक पाएर
प्रसन्न हुदै दरवारतिर गएर पुत्रवत पालन गर्न लागे, शिवको तेजरूप
नेत्राग्निबाट उत्पन्न भएकोले रूप, शरीर, चाल आदि गतिविधि शिव
जस्तै थियो, तर स्वभाव राक्षसी भएकोले जति हुर्किदै गयो त्यति
डरलाग्दो हुदै गयो ।
साभार शिवपुराण रुद्रसंहिता-युध्दखण्ड अध्याय १३ र १४ बाट
सारांश कथा ।
#नारद_ढुंगाना

03/03/2021

#प्रभात_कालिन_नमस्कार_सम्पुर्ण_मा_शुभ_प्रभात_आज_मिती_२०७७_फागुन_२०_गते_बिहिबार #आउनुहोस्_आज_को_सुनौलो_बिहानी_भगवन_नारायण_को_दर्शन_गरि_आज_को #सुखद_दिन_को_सुरुवात_गरौ_भगवान_नारायण_ले_हामि_सबै_को_कलयण_गरुन_जय_श्रीमन_नारायण
शास्त्रोल्लेखित संस्कार निर्देशन ।
००००००००००००००००००००
सदैव वर्ज्यं शयनमुदक्शिरास्तथा प्रतीच्यां रजनीचरेश ।
भुञ्जीत नैवेह च दक्षिणमुखो न च प्रतीच्यामभिभोजनीयाम् ।।
भावार्थ***उत्तर र पश्चिमदिशा तिर शिर गरेर कहिल्यै शयन नगर्नु,
दक्षिण र पश्चिम दिशा तिर फर्केर कहिल्यै भोजन नगर्नु ।
देवालयं चैत्यतरुं चतुष्पथं विद्याधिकं चापि गुरुं प्रदक्षिणम् ।
माल्यान्नपानं वसनानि यत्नतो नान्यैर्धृतांश्चापि हि धारयेद् बुध: ।।
भावार्थ***देवालय, देवालय समान पूज्य पिपल आदि वृक्षहरु, चौबाटोका
वृक्षहरु, आफुभन्दा धेरै ज्ञान-विद्या भएका विद्वानहरुको बुध्दिमान मानिसले
सधैं प्रदक्षिणा गर्नु र बुध्दिमान मानिसले अरुले लगाएको माला वा वस्त्रहरु,
अरुले खाएर बाँकि रहेको अन्न (भोजन) को प्रयोग नगर्नु ।
स्नायाच्छिर:स्नानतया च नित्यं न कारणं चैव विना निशासु ।
ग्रहोपरागे स्वजनापयाते मुक्त्वा च जन्मर्क्षगते शशाङ्के ।।
भावार्थ***नित्य शिरको माथिबाट नै स्नान गर्नु, ग्रहणको समयमा, आफ्ना मानिसको मृत्युमा तथा जन्म-नक्षत्रमा चन्द्रमा भएको बेलामा बाहेक अन्य
समय रात्रीमा कुनै विशेष कारण विना स्नान नगर्नु ।
वामन पुराण संक्षिपत बाट ।
#नारद_ढुंगाना

20/02/2021

#प्रभात_कालिन_नमस्कर_सम्पुर्ण_मा_शुभ_प्रभात_आज_मिती_८ #फागुन_२०७७_आइताबार_आउनुहोस्_न्यानो_घाम_का_किरण_सङ्गै_सुनौलो_बिहानी_मा_भगवान_नारायण #को_दर्शन_गरि_आज_को_दिन_लाइ_स्वागत_गरौ_हामि_सबै_लाइ_भगवान_नारायण_ले_कल्याण_गरुन
#शुभ_प्रभात
आत्मानमेव मन्येत कर्तारं सुखदु:खयो: ।
तस्माच्छ्रेयस्करं मार्गं प्रतिपद्येत नो त्रसेत् ।।
भावार्थ***सुख र दु:खको कर्ता व्यक्ति आफैं हुन्छ, यस्तो बुझेर कल्याण
कारी मार्गको नै अवलम्बन गर्नु पर्छ, अनि भयबीत भइरहनु पर्दैन ।
हितमेवानुरुध्यन्ते प्रपरीक्ष्य परीक्षका ।
रजोमोहावृतात्मान: प्रियमेव तु लौकिका: ।।
भावार्थ***परीक्षक वा विवेकी व्यक्ति (सार-असारको विचार गर्न सक्ने) मानिस
ले कुन उचित र कुन अनुचित विचार गरेरमात्र त्यस्को प्रयोग वा सेवन गर्छन, तर रजोगुण र तमोगुणले घेरिएका वा बेह्रिएका मानिसहरुले
लौकिक वस्तु (हित वा अहित भन्दापनि क्षणिक सुख दिने देख्दा राम्रो वस्तुको प्रयोग धेरै गर्छन, यसबाट अनेकौं विकारहरु उत्पन्न भएर दु:खि हुन्छन ।
सुखार्था: सर्वभूतानां मता: सर्वा: प्रवृत्तय: ।
सुखं च न विना धर्मात्तस्माध्दर्मपरो भवेत् ।।
भावार्थ***सम्पूर्ण प्राणीहरु सुख प्राप्त गर्नको लागीनै अनेक प्रयत्न गर्छन,
र त्यस्तो सुख धर्माचरण विना प्राप्त हुन सक्दैन, यसकारण सवैले धर्ममा
परायण हुनु पर्छ ।
अवृत्तिव्याधिशोकार्ताननुवर्तेन शक्तित: ।
आत्मवत्सततं पश्येदपि कीटपिपीलिकाम् ।।
भावार्थ***जो आजीविकाले रहित (वेरोजगार) छ, जो रोगले ग्रस्त छ, जो
शोकले पीडित छ, यस्ता मानिसहरुको यथा-शक्ति सेवा-सहायता गर्नु पर्छ,
कीरा-फट्याङ्ग्रा कमिला आदि सानाजीवहरुमा पनि आफैं समान देख्नु पर्छ,
अर्थात यस्मा पनि आत्मा छ वा मजस्तै शरीरधारी प्राणी हो भन्ने बुझेर यस्को अनुकूल व्यवहार गर्नुपर्छ ।
अर्चयेद्देवगोविप्र वैद्यवृध्दनृपातिथीन् ।
विमुखान्नार्थिन: कुर्यान्नावमन्येत नाख्षिपेत् ।
उपकारप्रधान: स्यादपकारपरेऽप्यरौ ।।
भावार्थ***भगवान (देवता), गाई, ब्रह्मज्ञानी ब्राह्मण, वृध्द (वयोवृध्द-उमेरको कारणले वृध्दभएको, शीलवृध्द-शीलस्वभावको कारण अनुकरण योग्य व्यक्ति,
ज्ञानवृध्द-ज्ञान सम्पन्नताको कारण वृध्द भएको), वैद्य, राजा र अतिथि यिनको यथासम्भव, यथायोग्य सम्मान गर्नु पर्छ, भोका माग्नेहरुलाई विमुख नगर्नु केहि न केहि दिएर पठाउनु, कठोर वचनले कसैको तिरस्कार नगर्नु, अपकार-परायण (अरुको अहित गर्ने मानिस) शत्रुलाईपनि सकेसम्म उपकार नै गर्नु ।
साभार-कल्याण मङ्गलाचरण अङ्क ।
शुभप्रभात !
#नारद_ढुंगाना

17/02/2021

#मध्याह्न_को_नमस्कर_हामि_सबै_को_समय_शुभ_रहोस_शुभ_समय_शुभ_दिन
ध्येयं वदन्ति शिवमेव हि केचिदन्ये
शक्ति गणेशमपरे तु दिवाकरं वै ।
रूपैस्तु तैरपि विभासि यतस्त्वमेव
तस्मात्त्वमेव शरणं मम दीनबन्धो ।।
भावार्थ***कोहि शिवको ध्यान गर्नु भनेर सिकाउछन, कोहि गणेशको,
कोही भगवान सूर्यको लाईनै ध्यानगर्न योग्य बताउछन तर ती सवैरूप
मा तपाईंनै आभासित हुनुहुन्छ, हे दीनबन्धो ! मेरो शरण त केवल एक
मात्र तपाईंनै हुनुहुन्छ ।
नो सोदरो न जनको जननी न जाया
नैवात्मजो न च कुलं विपुलं बलं वा ।
सन्दृश्यते न किल कोऽपिसहायको मे
तस्मात्त्वमेव शरणं मम दीनबन्धो ।।
भावार्थ***दाजु-भाई दिदी-बहिनी, पिता, माता, स्त्री, पुत्र, कुल,
तथा प्रयाप्त बल-यीनी मध्ये कुनै पनि मलाई आफ्नो सहायक
देख्दिन, यसैले हे दिनबन्धो मेरो शरण त केवल एकमात्र तपाई
नै हुनुहुन्छ ।
श्रीहरिशरणाष्टकम बाट २ श्लोक ।
शुभ समय शुभ दिन

16/02/2021

िती२०७७_फागुन_४_मंगलवार_वसन्तपञ्चमी_व्रत_सरस्वती_पूजा
#सरस्वती_मया_दृष्टा_वीणा_पुस्तक_धारिणी।। #हंस_वाहन_संयुक्ता_विद्यादानं_करोतु_मे।।

जो चन्द्रको समान उज्ज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने मालासहित सुशोतित हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ । उनै माता सरस्वती हाम्रा अज्ञानताहरु चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् ।

वैदिक सनातन हिन्दू संस्कारका अत्यन्त ब्यवहारिक आयाम छन् । यी संस्कार नेपालीपनका अभिन्न अङ्ग मानिन्छन् । हलो, गोरु, माटो, बोट–बिरुवा, कुकुर लगायत चेलीबेटी, औजारहरु अनि अन्नबालीका साथै आजको दिन श्रृजना अनि ज्ञानको पूजा गर्ने दिन हो ।

‘ब्रह्मा भिभर्त पुराण’मा प्रष्ट रूपमा उल्लेख छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गर्नू भनी भगवान श्रीकृष्णले वरदान दिएका हुन् । बिहानै उठेर प्रातः स्नानपश्चात् चोखो–नितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ । अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ ।

विद्यालयहरुमा त आज विशेष पूजा–आजाका साथ रमाइलो चहलपहल हुन्छ ।
सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको आज पूजा गरिन्छ । सरस्वतीको असिम कृपाले सकारात्मक शब्दहरु, भावहरु, ब्याख्याहरुको पर्दापण भइरहोस्, सर्जकहरु चाहे लेखक हुन् या गायक या ब्यूटिसियन हुन् या सूचीकार या घर बनाउने मिस्त्रीदेखि मूर्ति बनाउने मूर्तिकारसम्म सबैले आफ्नो सिर्जनाको सम्मान तथा सही मूल्य पाउन् । जाँगर लागिरहोस् अनि सिर्जनाका उजेलीले समाजका अँध्यारो सँधै दूर होस् ।
#आजको_वसन्त_पञ्चमीलाई_मुस्लिम_समुदायले_सुफी #वसन्तका_रुपमा_१२_औँ_शताब्दीदेखि_मनाउँदै_आएको_विभिन्न_दस्तावेज_अनि_किंवदन्तीहरुमा_पाइन्छ
#तपाई_हामी_जुनै_धर्म_या_संस्कृति_या_विश्वास_राख्ने_ब्यक्ति_भएपनि_विद्या_हामी_सबैलाई_आवश्यक_छ । सिर्जना र सर्जकको कदर हामी सबैले गर्नु जरुरी छ ।
हरेक वर्षको सरस्वती पूजाका दिन राष्ट्रिय पुस्तक दिवस पनि मनाइने गरिन्छ । केही वर्षअघि मात्रै राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले सरकारसँग सरस्वती पूजाका दिनलाई राष्ट्रिय पुस्तक दिवस घोषणा गर्न माग गरेको हो ।
हरेक पुस्तकका पाना अनि अक्षरहरुमा विद्याकी देवी सरस्वतीको बास छ, सरस्वतीको कृपा अनि अनुकम्पा नेपाली वर्णमाला, व्याकरण अनि शव्दमालामा सदैव रहिरहोस् । विद्याको कमी यो भूमिमा कहिल्यै नहोस्,
शुभकामना सम्पुर्ण मा सरस्वती पुजा को

14/02/2021

#प्रभात_कालिन_नमस्कर_सम्पुर्ण_मा_शुभ_प्रभात_आज_मिती_२०७७_फागुन_३गते_सोमबार
#आउनुहोस्_सोमबार_को_सुनौलो_बिहानी_मा_भगवान्_शिव_जी_को_दर्शन_गरौ_
#भगवान_आशुतोष_ले_हामि_सवै_को_मनोकामना_पुरा_गरुन_भोला_भण्डारी_को_कृपा_ले_
ो_दिन_सुखद_रहोस_शुभ_सोमबार_शुभ_बिहानी_जय_सम्भो_जय_श्री_स्वस्थानी_माता
शिवपुराण रुद्र-संहिता अन्तर्गत पार्वती-खण्ड अध्याय २२ को कथाको अंश ।
देवर्षि नारदबाट प्राप्त पञ्चाक्षर "ॐ नम: शिवाय" लाई मूलमन्त्र मान्दै देवी
पार्वतीले हिमालयको उच्च-श्रृंखला श्रीङ्गी-तीर्थ (गौरी-शंङ्कर हिमालयमा पर्छ)
त्यहा गएर तपस्या गर्न लागिन, त्यहाँ आफ्नो तपस्याको परीक्षको लागी धेरै
किसिमका फलका वृक्षहरु लगाइन, उनले शुध्द-भूमिमा सुन्दर वेदी बनाइन र
मनका समस्त इन्द्रिय-वृत्तिहरुलाई रोकेर त्यही स्थानमा बसेर ऋषिमुनीहरुको
भन्दापनि कठीन तपस्या गर्न लागिन, गृष्म-कालीन समयमा वरीपरी अग्नि-प्रज्वलित गरेर त्यही पञ्चाग्नी तापेर पञ्चाक्षरमन्त्र जपगर्ने, वर्षाऋतुमा विना
छहारी खुल्ला चट्टानको समतलप-भागमा आकाशको छत्र बनाएर मन्त्र-जप
गर्थिन, वर्षामा आकाशबाट वर्षेको जलकोधारा शिरमाथापेर तपस्या गरिन, र
शितकालमा पनि वुना गुफा, विना छहारी शीत-सहन गर्दै चीसोजलमा डुबेर
तपस्या गर्थिन, यसरी पञ्चाक्षर-मन्त्रको जपगर्दै वर्षभरी आउने मौसमीप्रभाव
सहनगर्दै तपस्या गर्थिन, अवकासको समयमा आफुले रोपेको फलका वृक्षहरु
सिञ्चन गर्थिन, आँधि, वर्षा, गर्मी, जाडो, सवै सहदै शुध्दचित्त भइकी गौरीले
अखण्ड तपस्या गरिन, यो अवदीमा अनेक-प्रकारको वाधाहरु आएपनि तीनको
वास्ता नगरी तपस्यामै संलग्न रहिन, यसरी तपगर्ने क्रममा पहिले फलाहार
गर्थिन, विस्तारै विस्तारै, वृक्षको पालुवा, पछि जलमात्र त्यसपछि हावा मात्र
लिएर निराहार तपस्या गर्थिन, यसरी पार्वतीले पर्णा (वृक्षको पालुवा वा पात)
पनि खान छोडेकोले देवताहरुले पार्वतीलाई "अपर्णा" अर्थात् पातपनि नखाने
भन्ने नाम दिए, पार्वतीको अनेक नाममध्ये अपर्णा एक नाम हो, यसपछि
पार्वतीले एक गोडाले उभिएर तपस्या गर्न लागिन, य्ो बेला उनको शरीर
मा चीर-वल्कल (बनका वनस्पति-जन्य पात र बोक्राको वस्त्र) मात्र लगाएकी
थिइन, शिरका केशहरु जटाजूट बनेका थिए, पञ्चाक्षर-मन्त्रको अखण्ड जपले
गर्दा पार्वतीले तपस्यामा ऋषिमुनिलाई पनि जीतेर तपस्या गरिन, यसरी
देवी पार्वतीले त्यो महाबनमा तपस्या गरेर तीन-हजार वर्ष बिताइन, उनको तपस्याको प्रभावले बनमा बस्ने जन्तु जो एक-अर्काको धातक थिए, उनीहरु मा वैरभाव रहेन, गाई र सिंह एउटै पानीघाटमा निर्धक्क पानीपिउथे, त्यहाको वृक्षमा छऋतुका फलहरु आफ्नो मौसमबिर्सेर सबै फलेका पाकेका मीठा हुन थाले, यसरी पार्वतीको तपस्याको कारणले समृध्दि प्राप्त गरेको त्यो श्रृङ्गी
(गौरी-शङ्कर) पर्वतको शोभा कैलास-पर्वतको जस्तो देखिन थाल्यो ।
शुभ प्रभात जय सम्भो
#नारद_ढुंगाना

Address

Kuala Lumpur
50050

Website

Alerts

Be the first to know and let us send you an email when Hindu ved bolaauchh timilaai वेद बोलाउछ तिमिलाइ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Hindu ved bolaauchh timilaai वेद बोलाउछ तिमिलाइ:

Share