06/09/2026
ख्रीष्टिय न्यानो अभिवादन जयमसिह
🙏🙏🙏
~ तपाईंको लागि आजको घोषणा ~
* येशूमाथिको विश्वासले पुनर्स्थापना ल्याउँछ *
मर्कुस ५:२७-२८
"१७. येशूको विषयमा त्यसले सुनेकी थिई, र भीड़को पछिल्तिरबाट आएर उहाँको वस्त्र त्यसले छोई।
२८. किनकि त्यसले मनमनै भनी, “मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि म निको हुनेछु।”
-प्रतिकूल परिस्थितिले ती महिलालाई येशूमा बालक जस्तो विश्वासमा फर्कायो। विश्वाससाथ उनले येशूलाई छोएको कारण पूर्ण पुनर्स्थापना ल्यायो , चंगाङ ल्यायो ।
●यशैया ६:७
"तिनले मेरो मुख त्यस भुङ्ग्रोले छोएर भने, “हेर, यसले तिम्रो ओठ छोएको छ। अब तिम्रो अधर्म मेटियो, र तिम्रो पापको प्रायश्चित भयो।”
-तपाईं जिवनमा चिन्तामा भुमरीमा रूमलिदा , आफ्नो चिन्तामा एउटा बच्चाले उसका आमाबाबु लाई गरेको बिश्वास झै आफ्नो बिश्वास येशूमा आदान प्रदान गर्नुहोस्। आफ्नो हृदय खोल्नुहोस् र परमेश्वरको नजिक जानुहोस्। यो तपाईको छुट्काराको प्राप्त गर्ने समय हो।
तपाईंको हृदय र आशा येशूमा फेरि उठ्न दिनुहोस्।
🙏: हे प्रभु येशू, म तपाईंलाई ग्रहण गर्दछ। कृपया मेरो हृदयमा आउनुहोस् र मेरो जीवनलाई छुनुहोस्।आमेन
"हेर, म ढोकामा उभिएर ढकढक्याउँछु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्यसकहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु, र त्यसले मसँग खानेछ।"
-प्रकाश ३:२०
🌄आजको दिन परमेश्वरले हजुर र हजुरको परिवारमा प्रशस्तै आशिष दिनुभएको होस्💒✝️🌈