04/09/2026
जयमसिह सम्पुर्ण लाई 🙏
इस्राएलीहरूले यरीहोको पर्खाल कसरी भत्काए? राजा यहोशापातले युद्ध कसरी जिते? माथिल्लो कोठामा प्रेरितहरू कसरी पवित्र आत्माले परिपूर्ण भए?
तिनीहरू सबैजना संग एउटै हृदय, एउटै चाहना, एउटै मन र एउटै आवाज थियो।
त्यो एकताको परिणाम महान् महिमा थियो।
आउनुहोस्, पृथ्वीमा स्वर्ग ल्याउन र हाम्रा प्रभु येशू ख्रीष्टको महिमाले हामी बसेको ठाउँ र नेपाललाई भर्न हामी एउटै हृदय, एउटै चाहना, एउटै मन र एउटै आवाज बनौं।
परमेश्वरले हामीलाई देख्नु मात्र हुन्न, तर उहाँले हाम्रा सुस्केराहरुलाई सुन्नु पनि हुन्छ। उहाँले हाम्रो सानोभन्दा सानो कुराहरुको पनि वास्ता गर्नुडहुन्छ, र उहाँ हाम्रो निम्ति सधैँ तत्पर हुनुहुन्छ। आउनुहोस्! हामी सबैजना एकै चित्त र एकै हृदय लिई सनिवार को होलनाइट संगति मा "आराधना ,बचन अध्यायन र प्रार्थनामा " मा सहभागि भई हाम्रो महान् प्रभुको स्तुति गर्नेछौं।
Assembly of God
परमेश्वरले तपाई लाई आशिष दिनुभएको होस🙏❤️ See less