06/10/2026
💠प्रबन्धक ( Manager) आवश्यकता सम्बन्धी सूचना💠
🔸नन्द नेउपाने धर्मशाला - याँगौंमा
Manager पदको लागि
जिम्मेवार, इमानदार, मेहनती तथा व्यवस्थापकीय क्षमता भएको योग्य व्यक्ति आवश्यक परेको छ।।
🔸धर्मशालाको दैनिक प्रशासनिक तथा व्यवस्थापकीय कार्यलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सक्ने, सेवाग्राही तथा आगन्तुकहरूसँग शिष्ट र धैर्यतापूर्वक व्यवहार गर्न सक्ने तथा सम्बन्धित शाखा/कार्य समितिसँग समन्वय गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
🔸आवश्यक योग्यता तथा अनुभव🔸
१. सम्बन्धित विषयमा स्नातक तह (Bachelor’s Degree) उत्तीर्ण गरेको हुनुपर्नेछ।
२. नेपाली भाषा राम्रो संग बोल्न, पढ्न तथा लेख्न सक्ने हुनुपर्नेछ।
३. कार्यालय सम्बन्धि कागजात व्यवस्थापन (Documentation), अभिलेख व्यवस्थापन (Record Keeping) तथा रिपोर्ट तयार गर्ने सम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्नेछ।
४. धर्मशालाको दैनिक प्रशासनिक तथा सञ्चालनसम्बन्धी कार्यहरू व्यवस्थापन गर्न सक्ने क्षमता भएको हुनुपर्नेछ।
५. धर्मशालाका कर्मचारीहरुलाई आवश्यक निर्देशन दिई कामको समन्वय, सुपरिवेक्षण तथा अनुगमन गर्न सक्ने हुनुपर्नेछ।
६. दैनिक आम्दानी–खर्च, बिल तथा अन्य आर्थिक अभिलेखहरू व्यवस्थित रूपमा राख्न सक्ने सामान्य ज्ञान भएको हुनुपर्नेछ।
७. धर्मशालाका पाहुना तथा सम्बन्धित व्यक्तिहरूसँग शिष्ट, सम्मानजनक तथा धैर्यतापूर्वक व्यवहार गर्न सक्ने हुनुपर्नेछ।
८. धर्मशालाको सरसफाइ, सुरक्षा, मर्मतसम्भार, दैनिक सञ्चालनका विषयमा निगरानी तथा समन्वय गर्न सक्ने हुनुपर्नेछ।
९. इमानदार, जिम्मेवार, धैर्यवान, मेहनती , निरोगी तथा सामाजिक सेवाभाव भएको व्यक्तिलाई प्राथमिकता दिइनेछ।
१०. आवश्यकता अनुसार कार्यालय समयभन्दा बाहिर तथा सार्वजनिक बिदाका दिनमा पनि धर्मशालाको सञ्चालनसम्बन्धी आवश्यक जिम्मेवारी सम्हाल्न सक्ने हुनुपर्नेछ।
११. ३५ वर्षभन्दा माथिका अनुभवी तथा निरोगी उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ।
१२. सम्बन्धित शाखाबाट सिफारिस पत्र (Recommendation Letter) अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
🔸कागजात၊ पत्राचार तथा आवश्यक अभिलेखहरू व्यवस्थित गर्न सक्ने
🔸दैनिक/मासिक आम्दानी–खर्च तथा आवश्यक प्रशासनिक रिपोर्टहरू तयार गरी धर्मशाला समितिमा पेश गर्न सक्ने।सरकारी कार्यलयमा त्रैमासिक, वार्षिक कार्यवृत्त (အစီရင်ခံစာ) लेख्न सक्ने हुनुपर्ने छ।
🔸सुविधा तथा पारिश्रमिक
मासिक तलब: उम्मेदवारको योग्यता, अनुभव तथा जिम्मेवारीअनुसार आपसी सहमतिमा निर्धारण गरिनेछ।
🔸निःशुल्क आवास: धर्मशालाको व्यवस्थाअनुसार निःशुल्क बसोबासको सुविधा उपलब्ध गराइनेछ।
🔸संस्थाको नियमअनुसार अतिरिक्त प्रोत्साहन रकम (Incentive) कार्य क्षमताअनुसार उपलब्ध गराउन सकिनेछ।अन्य सुविधा तथा सेवा–सर्तहरू धर्मशाला समितिको नियमअनुसार लागू हुनेछ।
🔸आवेदनका लागि आवश्यक कागजातहरू
१. व्यक्तिगत विवरण (CV )
२. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
३. नागरिकताको प्रतिलिपि
४. सम्बन्धित शाखाको सिफारिस पत्र
५. अनुभव प्रमाणपत्र (भएमा)
६. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो
🔸योग्य तथा इच्छुक उम्मेदवारहरूले माथि उल्लिखित कागजातसहित 15/10/2026 भित्र निम्नलिखित Viber no. मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
🙏भवदीय 🙏
कमल खरेल
सचिव
नन्द न्यौपाने धर्मशाला संचालन समिति - याँगौं
09-402715496