21/09/2026
एल्डर गुरुङ सुरज चन ।“बलियो र साहसी हुनुहोस्—यात्रा जारी छ”। उत्साहा नेपालि चर्च ताचिकावा।२०२६/९/१९गते
आजको हाम्रो जीवन पनि एउटा यात्राजस्तै हो। यात्रामा कहिले खुशी, कहिले दुःख, कहिले सजिलो बाटो र कहिले कठिन परिस्थिति आउँछन्। तर परिस्थिति जस्तोसुकै भए पनि परमेश्वरको योजना र उहाँको काम कहिल्यै रोकिँदैन। मानिसहरू टाढा जान सक्छन्, ठाउँ र जिम्मेवारी बदलिन सक्छ, परिस्थिति परिवर्तन हुन सक्छ; तर परमेश्वरको योजना रोकिँदैन। नयाँ ठाउँ नयाँ परमेश्वर होइन—हामी जहाँ गए पनि परमेश्वर हामीसँगै हुनुहुन्छ।
साहसी हुनु भनेको डर कहिल्यै नलाग्नु होइन। डर लागे पनि परमेश्वरमा भरोसा गरेर अगाडि बढ्नु हो। त्यसैले परमेश्वरको वचनमा स्थिर रहँदै, उहाँको आज्ञा पालन गर्दै र निरन्तर प्रार्थना गर्दै अघि बढ्नुपर्छ। प्रार्थना केवल समस्या पर्दा मात्र होइन, खुशी हुँदा, अन्योल हुँदा, मण्डली बढ्दा, संघर्ष हुँदा र नयाँ जिम्मेवारी आउँदा पनि निरन्तर हुनुपर्छ।
हामी एक-अर्कालाई प्रेम गरौँ, क्षमा गरौँ, प्रोत्साहन गरौँ, एक-अर्काको भार बोकौँ र नयाँ विश्वासीहरूलाई विश्वासमा बलियो बनाउन सहयोग गरौँ। हामी केवल चर्चमा भेला हुन वा आशिष् पाउन मात्र बोलाइएका होइनौँ; जहाँ परमेश्वरले पठाउनुहुन्छ, त्यहाँ हाम्रो जीवनबाट ख्रीष्टको साक्षी दिन बोलाइएका हौँ।
त्यसैले आज हाम्रो जीवनमा कुनै परिवर्तन, बिदाइ, नयाँ जिम्मेवारी वा अनिश्चित भविष्य आएको छ भने निराश नहौ।
होम्रो ठाउँ बदलिन सक्छ, परिस्थिति बदलिन सक्छ, मानिसहरू बदलिन सक्छन्; तर परमेश्वर बदलिनुहुन्न। उहाँ आज पनि हामीसग हुनुहुन्छ र बामीसगै अगाडि बढाउँदै हुनुहुन्छ।
यात्रा अझै समाप्त भएको छैन—परमेश्वरको योजना अझै जारी छ।
त्यसैले उठौ, विश्वास गर्रौ, अघि बढौ, जहाँ जान्छौ त्यहाँ परमेश्वरको साक्षी बनौ।
Footnote
¹ यहोशू १:९
² यहोशू १:१–२
³ यहोशू १:७
⁴ १ थेसलोनिकी ५:१७
⁵ यूहन्ना १३:३४–३५
⁶ गलाती ६:२
⁷ मत्ती २८:१९–२०
⁸ मत्ती ५:१४–१६
⁹ हिब्रू १३:८
¹⁰ भजनसंग्रह १२१ः८