08/06/2026
🙏 UNC Kyoto Youth Prayer Fellowship
जयमसी सम्पूर्णमा।
गत शनिबार हाम्रो UNC Kyoto Youth Fellowship मा विशेष प्रार्थना समय सम्पन्न भयो। हामीले मण्डली, जवानहरू, परिवार, सेवाकाइ, अध्ययन, काम, भिषा, आर्थिक आवश्यकता, नयाँ आत्मा, आत्मिक वृद्धि तथा जापान र नेपालका विभिन्न विषयहरूको लागि एकतामा प्रार्थना गर्यौं।
परमेश्वरले हाम्रा प्रार्थनाहरू सुन्नुहोस् र उहाँको इच्छा अनुसार उत्तर दिनुहोस् भन्ने हाम्रो विश्वास छ। कृपया यी विषयहरूलाई निरन्तर आफ्नो व्यक्तिगत प्रार्थनामा पनि सम्झनुहोस्। 🙏
कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्,
-फिलिप्पी 4 : 6