20/02/2024
भावपुर्ण हार्दिक समवेदना !
नेपाली ईसाई जगतका एक महान योद्धा, नेपाली भाषी साहित्यका धनी, प्रखर तथा स्पष्ट वक्ता, कुशल शिक्षक, पि.एफ.सी. काउन्सिलका बरिस्ठ पास्टर तथा हाम्रा अभिभावक रेभ. डा. वि.डी. राई गुरुवा ९० बर्षको उमेरमा प्रभुको घरमा उठाईलगिनुभएको यो क्षणिक शारीरिक बिछोडको पिडाले हामी अत्यन्तै मर्माहत भएका छौं । हजुरको अतुलनीय योगदानलाई हामी कहिल्यै भुल्न सक्दैनौं ।
हजुरप्रति भावपुर्ण हार्दिक समवेदना प्रकट गर्दै सम्पुर्ण शोकाकुल परिवारलाई शान्तिका परमेश्वरले सान्त्वना दिउन् ।
"धर्मको बाटोमा हिँड्नेहरू शान्तिमा प्रवेश गर्छन्। तिनीहरू मृत्युमा सुतिरहँदा विश्राम पाउँछन् ।" - यशैया ५७:२