25/03/2025
श्री त्रिवेणी संस्कृत वेद विद्यापीठ , श्री ओंकारेश्वर नागेश्वर शिवालयको २७ औं वार्षिकोत्सव श्रीमद्धदेवीभागवत कथा प्रवचन, शिव-शक्ति महायज्ञ , महेशमारी, मिलनमोड , चम्पासरी सिलगढी - ०३
यहि आउदो ३० मार्च २०२५ देखि ७ अप्रेल २०२५ सम्म २७ औं वार्षिकोत्सव श्रीमद्धदेवीभागवत एवं शिव-शक्ति महायज्ञ सु-सम्पन्न हुन गइरहेको छ । उक्त पावन पुनीत सुअवसरमा कथाममर्ज्ञ डा. देवर्षी शरणज्यूका मुखारवृन्दबाट संगीतमय कथा प्रवचन तथा पं. सोमनाथ भण्डारीज्यूबाट मूलपाठ पारायण एवं पं. हेमन्त अधिकारीज्यू र पं. श्री पुरन अधिकारीज्यूको आचार्यत्वमा शिव-शक्ति महायज्ञका साथै संगीतविद कलाकार सु-प्रसिद्ध भजन गायक श्री गोविन्द थपलियाजी एवं उनका समुहद्वारा प्रस्तुत गरिने छ । प्रतेक दिन आचार्यप्रवर एवं बाल- बटुकहरुद्वारा वेद , रुद्री, चण्डी , गीता , सुन्दरकाण्ड , रामचरितमानसादि विभिन्न धार्मिक ग्रन्थहरुको पाठ-पारायण एवं मन्त्रजपादिद्वारा शिव-शक्ति महायज्ञ सु-सप्पन्न हुने छ ।
अत: यस ९ दिने महान कार्यमा इष्टमित्रसहित सपरिवार उपस्थित भइ तन, मन धन, वचन र कर्मले सहयोग गरी यस महायज्ञलाई सफलतापुर्बक संचालन गर्न उत्साह , उमंग , उर्जा प्रदान गर्नुका साथै आत्मकल्याणको मार्गमा अग्रसर भई दिनुहुन भनि हार्दिक निमन्त्रणा गर्दछौ ।
कार्यक्रमहरु
३० मार्च २०२५ : प्रात ९ बजेदेखि कलशयात्रा , मण्डप पूजा , उद्घाटन , आशीर्वचन , कथा पारम्भ ।
३१ मार्च देखि ७ अप्रेल २०२५ सम्म : प्रात ७ बजे देखि ९ बजे सम्म नित्य पूजा , पाठ , जप अनुष्ठान , हवनादि र प्रतेक दिन प्रात : १०:३० देखि ३ बजेसम्म कथा प्रवचन तथा रात्री भजन-किर्तनका साथ ज्ञान मंचादि काॠ सप्पन्न हुने छ्न।
नोट : ७ अप्रेल २०२५ - बालबटुकहरुको उपन्यायन संस्कार/कन्या पूजन/ गुन्युचोली/सामुहिक विवाह गर्न इच्छुक महानुभावहरुले पूर्व नै वार्शिक उत्सव सञ्चालन समितिमा सम्पर्क गर्नु होला ।
अध्यक्ष : श्री टीका प्रसाद शर्मा ,श्री त्रिवेणी संस्कृत वेद
विद्यापिठ
सचिव : श्री राजेन शर्मा ( सुवेदी ) ,श्री त्रिवेणी संस्कृत वेद
विद्यापिठ
अध्यक्ष : श्रीमती वासुवी अधिकारी , पुराण आयोजक समिति
फोन नो. 8250929926
सचिव : श्री दिपेन्द्र घिमिरे , पुराण आयोजक समिति
निवेदक : पुराण आयोजक समिति , एवं ,श्री त्रिवेणी संस्कृत वेद विद्यापिठ
आउनोस्, यस दिव्य अवसरमा सहभागी भई धर्म, भक्ति र ज्ञानको गंगा प्रवाहमा डुबौं।
🕉️ जय श्री कृष्ण 🕉️
🙏 हर हर महादेव 🙏