Shri Krishna Pranami Dharma Seva Samiti - Central pendam

Shri Krishna Pranami Dharma Seva Samiti - Central pendam � Shree Krishnaya Namah �

🌼✨ हार्दिक धन्यवाद ज्ञापन ✨🌼“तुम सेवा से पाओगे पार” — महाति प्राणनाथजीको वाणी तथा गुरुदेव १०८ मंगल दास महाराजको अनमोल उप...
23/08/2025

🌼✨ हार्दिक धन्यवाद ज्ञापन ✨🌼

“तुम सेवा से पाओगे पार” — महाति प्राणनाथजीको वाणी तथा गुरुदेव १०८ मंगल दास महाराजको अनमोल उपदेशलाई आत्मसात गर्दै,
“वसुधैव कुटुम्बकम्” भन्ने सार्वभौमिक सत्यलाई जीवन्त बनाउँदै,

श्रीकृष्ण प्रणामी धर्मका वरिष्ठ सुन्दर साथ, सिक्किम राज्य श्रीकृष्ण प्रणामी धर्म सभाका पूर्व महासचिव, धर्मप्रेमी तथा समाजसेवी आदरणीय श्रीमान् आर० एस० भण्डारीज्यू स्वयं उपस्थित भई सेन्ट्रल पाण्डाम प्रार्थना भवनको निरिक्षण–अवलोकन गरी, अमूल्य सल्लाह–सुझाव दिनुभयो साथै रु. ११,००० (एगार हजार रुपैयाँ) पवित्र सेवा अर्पण गर्नुभएको छ।

यो सहयोग केवल आर्थिक अर्पण मात्र होइन,
यो त प्रेम, भक्ति र सेवाको अमर गाथा हो।
यसले भक्तिमार्गलाई अझ उज्यालो, प्रेरणादायी र जीवन्त बनाएको छ।

आदरणीय भण्डारीज्यूको
निःस्वार्थ सेवा, अटूट समर्पण र अटल भक्तिभाव
हाम्रो सम्पूर्ण सुन्दर साथ परिवारको हृदयमा
अमर स्मारकझैँ सदा–सर्वदा अंकित रहनेछ।

हामी सबैको हार्दिक प्रार्थना —
पूर्णब्रह्म परमात्मा श्रीराजजीको अपार कृपा र
गुरुदेव १०८ मंगल दास महाराजको दिव्य आशीर्वाद
सदैव साथ रहोस्।
भक्तिमार्गमा दृढ अटुट शक्ति, आत्मिक आनन्द र
समाज–सेवामा निरन्तर प्रेरणा प्राप्त होस्। 🌸✨

🙏 प्रणाम 🙏

✍️ श्रीकृष्ण प्रणामी धर्म सभा समिति
सेन्ट्रल पाण्डाम

प्रेस विज्ञप्तिपश्चिम पाण्डाम, भाद्र ३, २०८२ (१९ अगस्ट २०२५, मंगलबार)*आज सेन्ट्रल पाण्डामस्थित श्रीकृष्ण प्रणामी प्रार्थ...
19/08/2025

प्रेस विज्ञप्ति

पश्चिम पाण्डाम, भाद्र ३, २०८२ (१९ अगस्ट २०२५, मंगलबार)*

आज सेन्ट्रल पाण्डामस्थित श्रीकृष्ण प्रणामी प्रार्थना भवनमा सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्रीका सल्लाहकार पूज्य सन्त रोहित राज महाराज,श्रीकृष्ण प्रणामी केन्द्रीय मन्दिर सिङ्गतामका सचालक पूज्य सन्त तुलसी स्वरुप महाराज, पूर्व अध्यक्ष श्रीमान दावा शेर्पा लगायत विशिष्ट अतिथिहरूको पावन उपस्थितिमा भवन अबलोकन कार्यक्रम सम्पन्न भयो।

यस अवसरमा वरिष्ठ सुन्दर साथ श्रीमान के० बी० क्षेत्री, श्रीमान पि० बी० गिरी, महासचिव श्रीमान रविन गुरुङ, पूर्व जिल्ला अध्यक्ष श्रीमान गणेश क्षेत्री, समितिका उपाध्यक्ष श्री रोहिणी दगाल, भुरुङ्ग वार्डकी माननीय पञ्चायत श्रीमती लक्ष्मी दगाल, भवन निर्माणकार्यका अध्यक्ष श्रीमान एम० एल० खतिवडा, लगायत पदाधिकारी तथा सुन्दर साथहरूको उपस्थिति उल्लेखनीय रह्यो।
कार्यक्रममा सहभागी महानुभावहरूले प्रार्थना भवनलाई भव्य, सुन्दर र दिव्य बनाउन तन–मन–धनले सेवा गर्ने संकल्प व्यक्त गर्नुभयो। साथै, पूज्य सन्त सोमनाथ महाराजको पनि पावन उपस्थिति रह्यो र उहाँले समेत सेवा गर्ने दृढ वाचा गर्नुभयो।
श्रीराज श्यामजीको असीम कृपा र गुरुज्यूहरूको आशीर्वादमा प्रार्थना भवन निर्माणकार्य शीघ्र सम्पन्न होस् भन्ने सामूहिक मंगलकामना व्यक्त गरिएको छ।

🌸🙏 *मंगल प्रेम प्रणाम*🙏🌸 हिजु,  २०८२ साल भदौ ०१ गते, आइतबार (१७ अगस्ट २०२५)सेन्ट्रल पाण्डाम श्रीकृष्ण प्रणामी प्रार्थना ...
18/08/2025

🌸🙏 *मंगल प्रेम प्रणाम*🙏🌸

हिजु, २०८२ साल भदौ ०१ गते, आइतबार (१७ अगस्ट २०२५)
सेन्ट्रल पाण्डाम श्रीकृष्ण प्रणामी प्रार्थना भवनमा
मंगल धाम नाम्फिङ्गका पूजनीय महन्त श्री १०८ प्रमोद सुधाकर महाराजजीको दिव्य आगमन भएको थियो।

महाराजजीसँगै धर्म प्रचारक टिका राज महाराज तथा अन्य सन्त–महात्माहरूको पावन उपस्थितिले वातावरण आलोकित भयो। साथै, सिक्किम राज्य श्रीकृष्ण प्रणामी धर्म सभा समितिका अध्यक्षज्यूको गरिमामय उपस्थिति तथा वरिष्ठ सुन्दर साथ श्रीमती देवकला शर्माजीको सहभागिताले कार्यक्रमलाई अझ धन्य बनायो।

महाराजश्रीहरूले निर्माणाधीन सेन्ट्रल पाण्डाम श्रीकृष्ण प्रणामी प्रार्थना भवनको अवलोकन गर्नु भयो। त्यसपछि, परमधामवासी दिनेश खनालजीको निवासमा पुगेर उहाँप्रति प्रार्थना, पुष्पाञ्जली तथा श्रद्धाञ्जली अर्पण गर्नुभयो।

यस मंगल अवसरमा, हामी सेन्ट्रल पाण्डाम श्रीकृष्ण प्रणामी धर्म सभा समिति तथा सम्पूर्ण सुन्दर साथ परिवारतर्फबाट, सम्पूर्ण गुरुजन एवं सुन्दर साथज्यूहरूमा हार्दिक मंगल प्रेम प्रणाम अर्पण गर्दछौँ। 🙏🌸🙏

🙏 श्रीकृष्णाय नमः 🙏मिति: १३ जुलाई २०२५, आइतबारस्थान: सेन्ट्रल पाण्डाम,श्रीकृष्ण प्रणामी धर्म सभा समितिआज आइतबारको दिन, स...
13/07/2025

🙏 श्रीकृष्णाय नमः 🙏

मिति: १३ जुलाई २०२५, आइतबार
स्थान: सेन्ट्रल पाण्डाम,
श्रीकृष्ण प्रणामी धर्म सभा समिति

आज आइतबारको दिन, सेन्ट्रल पाण्डाममा श्रीकृष्ण प्रणामी धर्म सभा समितिको बैठक सम्पन्न भयो।

प्रस्ताव नं. १:
सर्वप्रथम, सेन्ट्रल पाण्डामस्थित श्रीकृष्ण प्रणामी धर्म सभाको पुरानो समिति विधिवत रूपमा विघटन गरियो।

प्रस्ताव नं. २:
नयाँ समिति निम्नानुसार गठन गरियो:

सभापति: श्रीमती निर्मला ढकाल

उपसभापति: रोहिनी दंगाल

महासचिव: मनीता खतिवडा

उपमहासचिव: विकास खतिवडा

कोषाध्यक्ष: श्रीमती नन्दा देवी शर्मा

सह-कोषाध्यक्ष: रोशन खनाल

प्रचार सचिव: टंकनाथ बजगाईं

सह-प्रचार सचिव: गंगाराम खतिवडा

सोशल मिडिया शाखा:

दिवश खनाल

संस्कार खनाल

Address

Central Pendam
Pakyong
737132

Website

Alerts

Be the first to know and let us send you an email when Shri Krishna Pranami Dharma Seva Samiti - Central pendam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share