17/08/2026
अभिनन्दन तथा सम्मान पत्र
श्रीमती शीतल तामाङज्यू
हाम्रो सिक्किम हेपजिबा पेन्टेकोस्टल चर्च, श्यामपानीको तर्फबाट श्रीमती शीतल तामाङज्यूलाई राष्ट्रिय स्तरको प्रतिष्ठित अवार्ड प्राप्त गर्नुभएको यस गौरवमय अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
उहाँले आफ्नो प्रतिभा, मिहिनेत, समर्पण र निरन्तर प्रयासद्वारा राष्ट्रिय स्तरमा प्राप्त गर्नुभएको यस प्रतिष्ठित सम्मानले सम्पूर्ण चर्च परिवारलाई गौरवान्वित तुल्याएको छ।
यस ऐतिहासिक उपलब्धिको उपलक्ष्यमा सिक्किम हेपजिबा पेन्टेकोस्टल चर्च, श्यामपानीद्वारा उहाँलाई यो अभिनन्दन तथा सम्मान पत्र सम्मानपूर्वक टक्र्याउँदै, आगामी दिनहरूमा अझ उच्च सफलता, प्रगति र सम्मान प्राप्त गर्न सक्नुहोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौँ।
हार्दिक बधाई तथा शुभकामना!
सिक्किम हेपजिबा पेन्टेकोस्टल चर्च, श्यामपानी(S.H.P.C.SHYAMPANI)
पाठन श्रीमती मनिता राई(Martha Rai)