Kali Mandir Tarku Tanak South sikim

Kali Mandir  Tarku Tanak South sikim प्रसिद्ध काली मन्दिर तार्कु तनक दक्षिण सिक्किम

20/03/2026

2082सालको चैत्र महिनाको नवरात्रकाे निमन्त्रणा
2082 सालको चैत्र नवरात्रिको विस्तार सबै हिन्दू बान्धवहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। यो पवित्र नवरात्रिले विक्रम संवत् 2083 को नववर्षको शुभारम्भ गर्दै माता दुर्गाको कृपाले जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्यको वर्षा गरून्।नवरात्रिका तिथिहरू र महत्वचैत्र नवरात्रि 2026 मार्च 20 (शुक्रबार) बाट मार्च 27 (शुक्रबार) सम्म 8 दिनसम्म चल्नेछ। यो रौद्र नाम संवत्सरको सुरुवात हो जसलाई सनातन युगको नववर्षको रूपमा मनाइन्छ।
प्रत्येक दिन माता दुर्गाका नौ रूपहरूको पूजा गरिन्छ: शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री।
चैत्र शुक्ल प्रतिपदा देखि सुरु हुने यो महान् पर्वमा घर-घरमा कलश स्थापना गरी माता दुर्गाको पूजा-पाठ गरिन्छ। मन्त्र जप, व्रत, कथा श्रवण र दुर्गा सप्तशती पाठले आदि शक्तिको आशीर्वाद प्राप्त गरिन्छ। यो नवरात्रि सबैको जीवनबाट दुख नाश गरी सकारात्मक ऊर्जा प्रदान होस् भनि सबैमा हार्दिक निमन्त्रणा गरिन्छ🙏 साथै सबैजना सहभागी यस यज्ञको आनन्द उठाउन हार्दिक अनुरोध गर्दछौं 🙏
दैनिक पूजा: बिहान 8 बजे देखि पूजा पाठ 4 बजे सम्म
यस यज्ञमा तार्कु तनकका सबै समाजहरुको सेवा पूजा गर्ने तालिका ।
20/3/2026( शुक्रबार )प्रकास समिति लोवर तार्कु
21/3/2026 (शनिबार )सदभावना समाज मिडिल तार्कु
22/3/2026( रविवार) स्वर्ण ज्योति परिवार अप्पर तार्कु
23/3/2026 (सोमवार) जन एकता परिवार लोवर तनक
24/3/2026 (मंगलबार) शान्ति कल्याण समाज अप्पर तनक
25/3/2026(बुधबार) प्रगति समाज/ कञ्चनजंगा समाज कमर गाउँ
26/3/2026 (बिहीवार) अप्पर तार्कु समाज
27/3/2026 (शुक्रबार ) सम्पूर्ण भक्तजन

Address

Namchi

Website

Alerts

Be the first to know and let us send you an email when Kali Mandir Tarku Tanak South sikim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category