श्री गुप्तेश्वर शिवालय धाम लिङ्गी

  • Home
  • India
  • Namchi
  • श्री गुप्तेश्वर शिवालय धाम लिङ्गी

श्री गुप्तेश्वर शिवालय धाम लिङ्गी हाम्रो अती प्राचीन मन्दिर श्रीगुप्तेश्वरशिवालय धाम लिङ्गी

शिवरात्रि पूजा
17/02/2026

शिवरात्रि पूजा

ॐ   या देवी सर्वभूतेषु विद्या रूपेण संस्थिता।नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।   सरस्वती पूजा,वसन्त पञ्चमी, श्रीपञ...
23/01/2026


या देवी सर्वभूतेषु विद्या रूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

सरस्वती पूजा,वसन्त पञ्चमी, श्रीपञ्चमी,

आज माघ शुक्ल पक्ष पञ्चमी तिथी,
माघ ९ गते, शुक्रबार ,
पूर्वभाद्रपद नक्षत्र,
पश्चिम दिशामा कुम्भ राशका काला चन्द्रमा
शरण/पञ्चक।

माघ शुक्ल पञ्चमी तिथीलाई श्री पञ्चमी, वसन्त पञ्चमी ,सरस्वती पूजा भनेर परा-पूर्वकाल देखि मानेर/मनाएर ल्याएको एक अतिप्राचीन पर्व हो। कला-गला एवं विद्याकी देवी माता सरस्वतीको आराधना गरेर यस दिन देखि साना नानीहरूलाई अक्षर/विद्या आरम्भ/शुरू गराउनु भन्ने शास्त्रीय विधान या सोलह संस्कार मध्ये विद्या आरम्भ संस्कार विद्याप्रवेशको नियम छ। यसो गर्नाले गुरू, कूल-पितृ एवं माता सरस्वतीको कृपाले शिशु तीव्र बुद्धि, ज्ञानवान र सबै कलामा दक्ष/निपुण हुदछ भनिन्छ।
आज को दिन नाग पूजा र श्री (लक्ष्मी)को पनि पूजा गरिन्छ।

लोक चलनमा अब गर्मीका दिन शुरू हुने अनुमानित विश्वास संगै यस दिनलाई शुभ साहित मानेर वर्षाको निम्ति बाली-नाली, तुलफूल,रोपन-रापन पनि शुरू गर्ने चलन छ।

"विद्या धनम् सर्व धनम् प्रधानम्"

सद्विद्या-ज्ञान सबैलाई कल्याणकारी बनोस,
शुभकामना।

श्री  नारद महापुराण, गुप्तेश्वर धाम लिंगी‌। Dheeraj Neopaney 🙏
09/12/2025

श्री नारद महापुराण, गुप्तेश्वर धाम लिंगी‌।
Dheeraj Neopaney 🙏

09/12/2025

श्री नारद महापुराण, गुप्तेश्वर धाम लिंगी‌।
Dheeraj Neopaney 🙏

19/11/2025

ॐ नमः शिवाय
बाला चतुर्दशी पूजा सम्पन्न

पुराणको तयारी हुदैछ,सबैले तन-मन र धनले सहयोग गरेर   पुण्य कर्म सफल पारौँ।
09/11/2025

पुराणको तयारी हुदैछ,
सबैले तन-मन र धनले सहयोग गरेर
पुण्य कर्म सफल पारौँ।

05/11/2025

ॐ नमो भगवते वासुदेवाय

आज कार्तिक शुक्ल पक्ष पूर्णिमा तिथी,व्रत,
१९ गते, बुधबार,
अश्विनी नक्षत्र, पूर्व दिशामा राता वर्णका चन्द्रमा,
गुरू नानक जयन्ती,
कार्तिक स्नान, चतुर्मास व्रत समापन,
देवताहरूको दीपावली (देव दीपावली)।
"सर्वे भद्राणि पश्यन्तु"

सुप्रभातम्/नमो नम:

Address

Lingee Payong South
Namchi
737134

Website

Alerts

Be the first to know and let us send you an email when श्री गुप्तेश्वर शिवालय धाम लिङ्गी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share