Krishna mandir - mirik

Directions Contact the place of worship

Krishna mandir - mirik Diving deep into the realms of spirituality, where the mind meets the soul.✨💗
मम सतैव नाम राधा नाम परम प्रियं ❣️

🌸🙏 श्री राधाष्टमीको हार्दिक शुभकामना 🙏🌸भगवान श्रीकृष्णकी अनन्त प्रिय श्रीराधाजीको पावन जन्मोत्सवको अवसरमा सम्पूर्ण भक्तज...
19/09/2026

🌸🙏 श्री राधाष्टमीको हार्दिक शुभकामना 🙏🌸
भगवान श्रीकृष्णकी अनन्त प्रिय श्रीराधाजीको पावन जन्मोत्सवको अवसरमा सम्पूर्ण भक्तजनहरूमा सुख, शान्ति, समृद्धि एवं भक्तिभावले परिपूर्ण जीवनको हार्दिक मंगलमय शुभकामना।
राधे राधे 💛🌸

— कृष्णमन्दिर सञ्चालन समिति
🛕 कृष्णमन्दिर, मिरिक

05/09/2026

🦚✨ श्रीकृष्ण जन्माष्टमी — समापन ✨🦚

भक्ति, प्रेम र श्रद्धाले भरिएको यस वर्षको श्रीकृष्ण जन्माष्टमी महोत्सव आज सफलतापूर्वक सम्पन्न भएको छ। 🙏💙

भगवान श्रीकृष्णको कृपा र आशीर्वाद सधैं हामी सबैमाथि रहिरहोस्, हाम्रो मनमा प्रेम, शान्ति र सद्भाव कायम रहोस्। 🪷

यस पावन उत्सवलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण भक्तजन, सहयोगी, स्वयंसेवक तथा शुभेच्छुकहरूप्रति हृदयदेखि नै धन्यवाद एवं कृतज्ञता। 🙏

राधे राधे 💙
जय श्रीकृष्ण 🦚🙏

— Krishna Mandir Committee, Mirik

🙏✨ भक्ति, ज्ञान र आनन्दको पावन संगम ✨🙏भोली आयोजना हुने भक्ति संध्या तथा विविध धार्मिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरूमा य...
03/09/2026

🙏✨ भक्ति, ज्ञान र आनन्दको पावन संगम ✨🙏

भोली आयोजना हुने भक्ति संध्या तथा विविध धार्मिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरूमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा। 🌸🦚

🎤 Quiz Competition (Boys & Girls)
🕉️ Shri Krishna Janma Katha — Sudevi Dasi
📿 Breathless Radhe Radhe
🐚 Shankh Competition
🎶 Antakshari
🥁 Kirtan — Bindesh & Group
✨ तथा अन्य विविध कार्यक्रमहरू

आउनुहोस्, परिवार तथा साथीभाइसँग सहभागी भई भक्ति, ज्ञान र आनन्दको यस पावन अवसरलाई विशेष बनाऔँ।

📍 स्थान: कृष्ण मन्दिर परिसर

🙏 आयोजक: कृष्ण मन्दिर समिति
हरे कृष्ण 🙏🦚

01/09/2026

🕉️ श्रीकृष्ण मन्दिर समिति 🕉️

भोलिदेखि प्रारम्भ हुने श्रीमद्भागवत पाठ तथा अन्य धार्मिक कार्यक्रमहरूको समयतालिका यस भिडियोमा उल्लेख गरिएको छ। 📿🙏

नेपालमा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै १०८ दीप प्रज्वलन गरिनेछ। 🪔

साथै, आगामी दिनहरूमा यस्ता दुःखद् प्राकृतिक विपत्तिहरू नआऊन्, सम्पूर्ण मानवजाति सुरक्षित र सुखी रहोस् भन्ने प्रार्थनासहित भगवान् श्रीकृष्णको चरणमा दीप अर्पण गरिनेछ। 🙏

यस पवित्र कार्यमा सम्पूर्ण भक्तजनहरूलाई उपस्थित भई सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ।

🌸 ॐ शान्तिः शान्तिः शान्तिः 🌸
🙏 जय श्रीकृष्ण 🙏

आयोजक: श्रीकृष्ण मन्दिर समिति

28/08/2026

🦚🪈 भक्तिको रंग, प्रेमको संग र कान्हाको नाम… 💙

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण भक्तजनमा हार्दिक निमन्त्रणा। 🙏✨
आउनुहोस्, श्रद्धा, भक्ति र उल्लासका साथ भगवान श्रीकृष्णको जन्मोत्सव मनाऔँ।
जय श्रीकृष्ण 🦚🪈🙏

कृष्ण मन्दिर सञ्चालन समिति
कृष्णनगर, मिरिक

🦚 श्रीकृष्ण जन्माष्टमीको हार्दिक निमन्त्रणा 🪷सम्पूर्ण भक्तजनहरूमा हार्दिक जय श्रीकृष्ण 🙏भगवान् श्रीकृष्णको जन्मोत्सवको प...
21/08/2026

🦚 श्रीकृष्ण जन्माष्टमीको हार्दिक निमन्त्रणा 🪷

सम्पूर्ण भक्तजनहरूमा हार्दिक जय श्रीकृष्ण 🙏

भगवान् श्रीकृष्णको जन्मोत्सवको पावन अवसरमा कृष्ण मन्दिर, कृष्णनगर, मिरिकमा आयोजना हुने श्रीमद्भागवत महापुराण पाठ–पारायण तथा श्रीकृष्ण जन्मोत्सव कार्यक्रममा सम्पूर्ण भक्तजनहरूलाई सपरिवार उपस्थित भई पुण्यलाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ।

श्रीकृष्णको दिव्य कृपा र आशीर्वाद सबैमा रहोस्। 🙏🦚

🌸 जय श्रीकृष्ण 🌸

12/08/2026

Har Har mahadev 🔱🚩

Address

Mirik , Krishnanagar
Mirik
734214

Website

Alerts

Be the first to know and let us send you an email when Krishna mandir - mirik posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Krishna mandir - mirik:

Shortcuts

Share