United Christian Minority Welfare Society Mirik

United Christian Minority Welfare Society Mirik Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from United Christian Minority Welfare Society Mirik, Religious organisation, Mirik.

आज ३ वर्षे कार्यकाल पूरा गर्दै १८ फेब्रुअरी २०२३ मा चयन भएको समितिको औपचारिक विघटन भएको छ।यी तीन वर्षको यात्रामा हजुरहरू...
12/03/2026

आज ३ वर्षे कार्यकाल पूरा गर्दै १८ फेब्रुअरी २०२३ मा चयन भएको समितिको औपचारिक विघटन भएको छ।

यी तीन वर्षको यात्रामा हजुरहरूबाट प्राप्त भएको हौसला, सहयोग र सक्रिय सहभागिताको निम्ति हामी हृदयदेखि नै सहृदयी धन्यवाद व्यक्त गर्न चाहन्छौं।

हामीले एकसाथ मिलेर गरेका प्रयासहरू, संगतिहरू र प्रभुको महिमाको निम्ति गरिएका कामहरू सधैं सम्झनामा रहनेछन्।

यस यात्रामा साथ दिनुहुने सबैलाई फेरि पनि हार्दिक धन्यवाद।

UCMWSM Core Team
2023-2026

आज दिनाङ्क २१ फेब्रुअरी, २०२६ शनिबारको दिन UCMWSM द्वारा सोसाइटीका कोर कमिटी सदस्यहरूको उपस्थितिमा, कोषाध्यक्ष श्रीमान ड...
21/02/2026

आज दिनाङ्क २१ फेब्रुअरी, २०२६ शनिबारको दिन UCMWSM द्वारा सोसाइटीका कोर कमिटी सदस्यहरूको उपस्थितिमा, कोषाध्यक्ष श्रीमान डी. बी. सरको निवासस्थानमा, अगापे फ्री विल ब्याप्टिस्ट चर्चका सदस्य श्रीमान दिपेन राई (हाल बिरामी अवस्थामा दिल्लीमा उपचाराधीन) को उपचारको लागि सहयोग रकम पास्टर आशिष राईलाई हस्तान्तरण गरियो।

आजको कार्यक्रममा निम्न व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो:

अध्यक्ष: पास्टर केवल लामा
महासचिव: पास्टर सागर कार्कीडोलि
कार्यकारी सदस्यह: पास्टर सन्तोष गुरुङ
क्षेत्रीय संयोजक: पास्टर उमेश राई (बिसेकर)
प्रवक्ता: पास्टर लाडुप लेप्चा

यस अवसरमा उपचारको लागि सहयोग अनुदान रु. ३७,३५०/- (सैतीस हजार तीन सय पचास रुपैयाँ मात्र) पास्टर आशिष राईमार्फत हस्तान्तरण गरिएको छ। साथै बिरामी श्रीमान दिपेन राईको शीघ्र स्वास्थ्य लाभको निम्ति सोसाइटीका अध्यक्ष पास्टर केवल लामा ज्यूको अगुवाइमा सबै मिलेर प्रार्थना समेत गरियो।

ज्ञात रहोस्, सोसाइटीले यस्ता सहयोग तथा कल्याणमूलक कार्यहरू निरन्तर रूपमा गर्दै आएको छ र आगामी दिनहरूमा पनि आवश्यक परेमा साथ, सहयोग र प्रार्थनामा निरन्तर उभिरहने प्रतिबद्धता व्यक्त गर्दछ।

सहयोग रकम प्रदान गरेको सुँची:

१) २४ मार्च २०२३ मा रेभ. जोशुवा शर्माको मण्डलीका सदस्य श्रीमान बुद्ध तामाङलाई रु. १९,६५०/- प्रदान गरिएको थियो।

२) साल २०२३ मा नै पास्टर एस्तर तामाङको मण्डलीका एक सदस्यको लागि रु. २८,०००/- सहयोग गरिएको थियो।

३) २० मे २०२४ मा एल्डर बिजय राईकी श्रीमती श्रीमती सन्तोषी राईको उपचारका लागि रु. ५२,६००/- सहयोग रकम हस्तान्तरण गरिएको थियो।

४) १८ अगस्ट २०२४ मा पास्टर केवल लामाको मण्डलीका सदस्य श्रीमान प्रविन राईको लागि रु. २५,८५०/- सहयोग रकम प्रदान गरिएको थियो।

५) २१ फेब्रुअरी, २०२६ मा पास्टर आशिष राईको मण्डलीको सदस्य श्रीमान दिपेन राईको निम्ति रु.३७,३५०/- सहयोग रकम प्रदान गरिएको थियो।

जम्मा गरेर अहिलेसम्म सोसाइटी बाट यस्तो कल्याणमुलक कार्यको निम्ति १ लाख, ७० हजार, ३ सय ५० रुपियाँ दि सकेका छौ।

यस सहयोगमार्फत हामी बिरामीको शीघ्र स्वास्थ्य लाभको लागि निरन्तर प्रार्थना गर्नेछौँ।

महासचिव
पास्टर सागर कार्कीडोलि
UCMWSM

युनाइटेड ख्रिष्टियन माइनाेरिटी वेलफेयर सोसाइटी, मिरिकका पदाधिकारीहरूले मंगलबार २३ डिसेम्बर २०२५ को दिन मिरिक क्षेत्रका व...
23/12/2025

युनाइटेड ख्रिष्टियन माइनाेरिटी वेलफेयर सोसाइटी, मिरिकका पदाधिकारीहरूले मंगलबार २३ डिसेम्बर २०२५ को दिन मिरिक क्षेत्रका विभिन्न सरकारी निकायका अधिकारीहरूसँग शिष्टाचार भेट गर्दै क्रिसमस पर्व २०२५ तथा नयाँ वर्ष २०२६ को शुभकामना आदान–प्रदान गरेका छन्।

सो अवसरमा सोसाइटीका अध्यक्ष पास्टर केवल लामा, महासचिव पास्टर सागर कार्कीडोली, प्रमुख सल्लाहकार रेभरेन्ड उमेश सेवा, कोषाध्यक्ष डी.बी. एन्ड्रु राई, प्रवक्ता पास्टर लाडुप लेप्चा तथा क्षेत्रीय संयोजक पास्टर उमेश राई बिसेकरको उपस्थिति रहेको थियो। टोलीले मिरिक महकुमा अधिकारी, मिरिक खण्ड विकास अधिकारी, मिरिक नगरपालिका अध्यक्ष लगायत विभिन्न प्रशासनिक तथा विभागीय अधिकारीहरूसँग भेट गरी क्रिसमस पर्वको शुभकामना व्यक्त गरेको छ।

भेटघाटका क्रममा मिरिक खण्ड विकास अधिकारी (BDO), मिरिक उप–महकुमा अधिकारी (SDO), मिरिक उप–महकुमा प्रहरी अधिकारी (SDPO), सभासद, बैंक प्रबन्धक, भूमिसुधार तथा अभिलेख अधिकारी (BLRO), मिरिक थाना इन्चार्ज, मिरिक नगरपालिका अध्यक्ष, मिरिक महकुमा म्याजिस्ट्रेट, मिरिक नगरपालिका अस्पतालका चिकित्सक, तथा छब्बिसे थाना प्रभारीलाई क्रिसमस केक र क्यालेन्डर उपहार स्वरुप प्रदान गरिएको थियो।

युनाइटेड ख्रिष्टियन माइनाेरिटी वेलफेयर सोसाइटी, मिरिकले प्रत्येक वर्ष क्रिसमस पर्वको अवसरमा क्षेत्रका विभागीय अधिकारीहरूसँग भेट गरी शुभकामना व्यक्त गर्ने कामलाई निरन्तरता दिँदै आएको छ। सोही अनुसार यस वर्ष पनि उक्त कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

हाल सोसाइटीअन्तर्गत मिरिक क्षेत्रका ३२ भन्दा बढी चर्चहरूमा क्रिसमस पर्व श्रद्धा र उल्लासका साथ मनाइँरहेको छ। यस अवसरमा सोसाइटीले सम्पूर्ण समुदायलाई क्रिसमस पर्वको हार्दिक शुभकामना व्यक्त गरेको छ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाउँदै भेटघाटमा सहभागी सरकारी अधिकारीहरूले यस्तो पहलले समुदाय र प्रशासनबीचको आपसी सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। सोसाइटीले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सद्भावमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

18/12/2025

युनाइटेड ख्रीष्टियन माइनोरिटी वेलफेयर सोसाइटी मिरिक द्वारा आयोजित Pre-christmas Rally, १३ दिसेम्बर, २०२५

हामी युनाइटेड ख्रीष्टियन माइनोरिटी वेलफेयर सोसाइटी, मिरिकको तर्फबाट, सँधैझैँ यस वर्ष पनि मिरिकका विभिन्न क्षेत्रहरू—ओकेट...
18/12/2025

हामी युनाइटेड ख्रीष्टियन माइनोरिटी वेलफेयर सोसाइटी, मिरिकको तर्फबाट, सँधैझैँ यस वर्ष पनि मिरिकका विभिन्न क्षेत्रहरू—ओकेटी, मिरिक बजार, कृष्णनगर, सौरेनी तथा सिङबुली गरी जम्मा पाँच स्थानमा—ख्रीष्टमसको सुभकामना व्यक्त गर्दै ब्यानरहरू टासेका छौँ।

यी ब्यानरहरू मार्फत हामी मिरिक क्षेत्रका सम्पूर्ण बासिन्दाहरूलाई ख्रीष्टमस २०२५ तथा नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ।

युनाइटेड ख्रीष्टियन माइनोरिटी वेलफेयर सोसाइटीको तात्वधानमा ख्रीष्टमस र्याली सम्पन्नयुनाइटेड ख्रीष्टियन माइनोरिटी वेलफेयर...
13/12/2025

युनाइटेड ख्रीष्टियन माइनोरिटी वेलफेयर सोसाइटीको तात्वधानमा ख्रीष्टमस र्याली सम्पन्न

युनाइटेड ख्रीष्टियन माइनोरिटी वेलफेयर सोसाइटी, मिरिकको तात्वधानमा ख्रीष्टमसको सन्देश समाजमा फैलाउने उद्देश्यले आज एक भव्य ख्रीष्टमस र्याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त र्याली आज शनिबार १३ डिसेम्बर, २०२५ को दिन बिहान १०:०० बजे मिरिकको ५ माइलबाट सुरु भई अपरान्ह २:०० बजे मिरिक गार्डनमा समापन गरिएको थियो।

र्यालीको पहिलो चरणमा ५ माइलदेखि बाइपाससम्म गाडीमार्फत र्याली निकालिएको थियो। यस क्रममा गाडिबाटै ख्रीष्टमसको सन्देश प्रचार गरिनुका साथै क्यारोल गीतहरू प्रस्तुत गरिएको थियो। त्यसपछि बाइपासदेखि मिरिक गार्डनसम्म पैदल र्याली आयोजना गरियो, जहाँ सहभागीहरूले ख्रीष्टमसको सन्देश सुनाउँदै क्यारोल गीतहरू गाउँदै अगाडि बढेका थिए।

र्याली मिरिक गार्डनमा पुगेर ख्रीष्टमस सन्देश, प्रार्थना तथा गीत–संगीतसहितको छोटो समारोहमा परिणत भयो। कार्यक्रमको सञ्चालन पास्टर लाडुप लेप्चाले गर्नुभयो। आवहान प्रार्थना पास्टर निवास तामाङले गर्नुभयो भने क्यारोल गीतहरूको नेतृत्व श्रीमान दिपाङ्कर थापाले गर्नुभयो। ख्रीष्टमस सन्देश पास्टर केवल लामाले दिनुभयो। धन्यबाद ज्ञापन पास्टर सागर कार्कीडोलिले गर्नुभयो। अन्तिम प्रार्थना रेभ. उमेश सेवाले गर्नुभयो भने आशिषको प्रार्थना पास्टर निर्मल थापाले गर्नुभयो।

कार्यक्रम समापन पश्चात ख्रीष्टमसको सन्देश र शुभकामनासहित सहभागी सबैलाई प्याकेट लन्च प्रदान गरिएको थियो।

कार्यक्रममा सोसाइटीका अध्यक्ष पास्टर केवल लामा, महासचिव पास्टर सागर कार्कीडोलि, कोषाध्यक्ष श्रीमान डी. बी. एन्ड्रयू राई, सहसचिव श्रीमान साइमन तामाङ, मुल सल्लाहकार रेभ. उमेश सेवा, प्रवक्ता पास्टर लाडुप लेप्चा, क्षेत्रीय संयोजकहरू पास्टर उमेश राई बिशेकर र श्रीमान अर्जुन राई तथा कार्यकारी सदस्यहरू पास्टर आलोक हिङमाङ, पास्टर समिर राई, एल्डर नोएल खवास, पास्टर निवास तामाङ र पास्टर उमेश राईको उपस्थिति रहेको थियो।

यसका साथै सोसाइटीमा आबद्ध विभिन्न मण्डलीहरूबाट पास्टर निर्मल थापा, पास्टर सन्तोष गुरुङ, पास्टर जीतेन राई, पास्टर आशिष राई लगायतका पास्टरहरूको उल्लेखनीय सहभागिता र सक्रिय भूमिका रहेको थियो। मिरिक क्षेत्रमा रहेका सोसाइटीमा आबद्ध प्रायः सबै मण्डलीहरूको सहभागितासहित सम्पन्न उक्त र्यालीमा करिब १५० जनाको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ।

मिरिक क्षेत्रका पहिरो प्रभावित परिवारहरुप्रति सोसाइटीको भेट र सहयोग५ अक्टोबर २०२५ को बिहान, रातभरि परेको अबिरल वर्षाका क...
11/10/2025

मिरिक क्षेत्रका पहिरो प्रभावित परिवारहरुप्रति सोसाइटीको भेट र सहयोग

५ अक्टोबर २०२५ को बिहान, रातभरि परेको अबिरल वर्षाका कारण मिरिक क्षेत्रका धेरै ठाउँहरूमा पहिरो गएको थियो। यस प्राकृतिक विपद्मामा सोसाइटीभित्रका कतिपय सदस्यहरूको पनि घरपरिवार प्रभावित भएकाले, सोसाइटीको तर्फबाट केही पदाधिकारीहरू - पास्टर केवल लामा, पास्टर सागर कार्कीडोलि र पास्टर लाडुप लेप्चा, प्रभावित क्षेत्रहरूको अवलोकन तथा पीडित परिवारहरूसँग भेटघाट गर्न बिगत ५ अक्टोबर देखि नै गइरहेको थियो।

यस भ्रमणको मुख्य उद्देश्य क्षतिग्रस्त इलाकाको अवस्थाको प्रत्यक्ष अवलोकन गर्नु, प्रभावित परिवारहरूसँग प्रार्थनाको सहभाव बाँड्नु र तिनीहरूलाई आत्मिक रूपमा हौसला प्रदान गर्नु रहेको थियो।

अवलोकनपछि दुई परिवारहरू—
१) एल्डर बिजय राई (चमघुरा)
२) श्रीमान् राकेश खाती (प्रताप गाउँ)
—मा गम्भीर क्षति भएको देखिएकोले, सबैको सल्लाह र सहमतिपछि सोसाइटीको कोषबाट यी परिवारहरूलाई आर्थिक सहयोग प्रदान गरिएको छ।

यो सहयोग आज ११ अक्टोबर २०२५ को दिन निम्न पदाधिकारीहरू तथा मण्डलीका सदस्यहरूको उपस्थितिमा प्रदान गरिएको हो—

-पास्टर केवल लामा (अध्यक्ष)
-पास्टर सागर कार्कीडोलि (महासचिव)
-पास्टर निवास तामाङ (कार्यकारी सदस्य)
-पास्टर अमित सुब्बा
साथै अन्य मण्डलीका सदस्यहरूको सहभागिता पनि रहेको थियो।

हाम्रो प्रार्थना छ कि, यस्तो कठिन समयमा पनि परमेश्वरको अनुग्रह, कृपा, निगाह र सुरक्षा यी सबै प्रभावित परिवारहरूसँग रहोस्।

आज दिनाङ्क ३१ अगस्ट, २०२५ आइतबार को दिन UCMWSM द्वारा सोसाइटीका कोर कमिटीका सदस्यहरूको उपस्थितिमा, सोसाइटीको कोषाध्यक्ष ...
31/08/2025

आज दिनाङ्क ३१ अगस्ट, २०२५ आइतबार को दिन UCMWSM द्वारा सोसाइटीका कोर कमिटीका सदस्यहरूको उपस्थितिमा, सोसाइटीको कोषाध्यक्ष श्रीमान डी. बी. एन्ड्रू राईको निवासस्थानमा, पास्टर जीतेन राईका पापा श्रीमान टेक बहादुर राई (क्यान्सर पिडित बिरामी) को उपचारको लागि सहयोग रकम पास्टर जीतेन राईलाई हस्तान्तरण गरियो।

आजको कार्यक्रममा निम्न व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो:

अध्यक्ष: पास्टर केवल लामा
महासचिव: पास्टर सागर कार्कीडोलि
कोषाध्यक्ष: श्रीमान डी. बी. एन्ड्रू राई
क्षत्रिय संयोजकहरू: पास्टर उमेश राई, श्रीमान अर्जुन राई
प्रवक्ता: पास्टर लाडुप लेप्चा

यस अवसरमा उपचारको लागि सहयोग अनुदान रु. २६,६००/- (छब्बीस हजार छ सय रुपैयाँ मात्र) पास्टर जीतेन राईलाई हस्तान्तरण गरिएको छ। साथै पास्टर जीतेन राईको बिरामी पापाको निम्ति पनि सोसाइटीको अध्यक्ष पास्टर केवल लामा ज्यूको अगुवाइमा सबै मिलेर स्वस्थ लाभको निम्ति प्रार्थना गरियो ।

ज्ञात होस्, सोसाइटीले यस्ता सहयोग तथा कल्याणमुलक कार्यहरू शुरुदेखि नै निरन्तर गर्दै आएको छ। उदाहरण स्वरूप:

१) २४ मार्च २०२३ मा रेभ. जोशुवा शर्माको मण्डलीका सदस्य श्रीमान बुद्ध तामाङलाई रु. १९,६५०/- प्रदान गरिएको थियो।

२) साल २०२३ मा नै पास्टर एस्तर तामाङको मण्डलीका एक सदस्यको लागि रु. २८,०००/- सहयोग गरिएको थियो।

३) २० मे २०२४ मा एल्डर बिजय राईकी श्रीमती श्रीमती सन्तोषी राईको उपचारका लागि रु. ५२,६००/- सहयोग रकम हस्तान्तरण गरिएको थियो।

४) १८ अगस्ट २०२४ मा पास्टर केवल लामाको मण्डलीका सदस्य श्रीमान प्रविन राईको लागि रु. २५,८५०/- सहयोग रकम प्रदान गरिएको थियो।

जम्मा गरेर अहिलेसम्म सोसाइटी बाट यस्तो कल्याणमुलक कार्यको निम्ति १ लाख, ३३ हजार, पचास रुपियाँ दि सकेका छौ।

यस सहयोगमार्फत हामी बिरामीको शीघ्र स्वास्थ्य लाभको लागि निरन्तर प्रार्थना गर्नेछौँ।

महासचिव
पास्टर सागर कार्कीडोलि
केन्द्रीय समिति, UCMWSM

Address

Mirik

Alerts

Be the first to know and let us send you an email when United Christian Minority Welfare Society Mirik posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share